क्रान्ति सुब्बा

मे १२ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १३१
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४९
.कुल संक्रमित संख्या : १,२०७,३७१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३५५
.आयातित केस संख्या : ४० जना
.आयातित केस मध्ये १८ वटा न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको थियो र २२ वटा रयापिड एन्टिजेन टेस्टबाट पत्ता लागेको थियो । ६ जना यात्रु हिजो र ६ जना यात्रु दुई दिन अघि आएका थिए ।
.  क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस संख्या : २३ जना ।
.४ वटा न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको आयातित केस अन्तर्गत एक जना ११ वर्षका वालक पनि परेका छ्न जो थाइल्यान्डबाट सिंगापुर हुदै २८ अप्रिलमा हङकङ आइपुगेका थिए । उनको पहिलो  संक्रमण ९ अप्रिलमा थाइल्यान्डमा पत्ता लागेको थियो र उनको सिटि माप उच्च थियो । अर्का आयातित संक्रमितमा एक २५ वर्षका पुरुष परेका छ्न जो अप्रिल २९ तारिख अष्ट्रेलियाबाट आएका थिए । उनको पहिलो संक्रमण मार्च २३ तारीख पत्ता लागेको थियो र उनको सिटि माप उच्च थियो । यी दुवै जना  पुन संक्रमित केस (रिपोजिटिव) अन्तर्गत रहेको शंका गरिएको छ।

अर्का आयातितमा एक ४६ वर्षकि इन्डोनेसियाबाट आएकी महिला परेकी छिन जसको सिटि भ्याल्लु ३६ थियोे । यिनलाई पनि रिपोजिटिभ केस अन्तर्गत राखिएको छ।
बाकी रहेका एक जना २० वर्षका पुरुष अमेरिकाबाट २९ अप्रिलमा आएका हुन। मे १० तारीख उनको सिटि भ्याल्लु २३ देखिएको थियो जसलाई स्थानीय केस भएको शंका गरिएको थियो । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङले उनी र अर्का एक जना संक्रमित हुङ हम सन मोङ स्नुकर सेन्टरमा स्नुकर खेल्न गएको शंका गरेकोछ। कम्तीमा थप अरु दुई जना संक्रमित उक्त स्थानमा गएको बताइएको छ। जसमा एकजना २३ वर्षका पुरुष जो ११ तारीख मे मा संक्रमित भएको पत्ता लागेको थियो र ४० वर्षका पुरुष जो १० तारीख मेमा संक्रमित भएको पत्ता लागेको थियो परेका छ्न। हालमा  कम्तीमा ४ जना संक्रमित भएका छ्न यो स्नुकर सेन्टरबाट । मे ९ तारीख अपरान्ह ५ बजे देखि राति १२ बजे सम्मको अवधिमा १५० जना भन्दा बढी मानिस उक्त स्थानमा गएका थिए ।

.हुङ हमको मा थाउ वाइमा रहेको हुङ हम सन मोङ स्नुकर सेन्टरमा कोरोना भाइरसको नयाँ क्लस्टर जन्मिएको शंका गरिएको छ। उक्त स्थानबाट ४ जना संक्रमित भएका छ्न र उनीहरु सो स्थानमा उपस्थित भएको बेला १५० भन्दा व्यक्ति त्यहाँ भेला भएका थिए र ती सबैले परिक्षण जानू पर्ने छ।
.साइ वान हो, केनेडी टाउनबाट पनि पाँच वटा केस आएको छ।

.नयाँगरि पुष्ठि भएका १३१ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २८
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : १८
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ८५
.५३ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ५२ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल भारको मापन न्यून रहेका कारण १ वटा केसको भेरिएन्ट छुट्याउन सकिएन ।

.जिनोम बिश्लेशणको क्रममा ४ वटा केसमा ओमिक्रोन बिए.२.१२.१ भेटिएको थियो । तिनीहरु मध्ये ३ वटा ३० अप्रिल देखि ७ मेको अवधिमा एयरपोर्टमा पत्ता लागेको थियो । एक जना नेदरल्यान्डसबाट र दुई जना अमेरिकाबाट आएका थिए । यो सब भेरिएन्टका जम्मा ११ वटा केस भेटिएका छन हङकङमा । ओमिक्रोन बिए.४ संलग्न केस पनि २ वटा पत्ता लागेको छ।

.  विभिन्न १३ वटा स्कुलबाट १४ वटा  पोजिटिभ केस आएका छ्न। जसमा १३ जना  विद्यार्थी र १ जना शिक्षक परेका छ्न।  स्कुलहरुबाट आएका जम्मा १४ वटा केस मध्ये १ जना किन्डरगार्टनबाट, ८ जना  प्राइमरी स्कुलबाट र ५ जना हाइ स्कुलबाट आएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
.औसत मृत्यु दर: ०.७६५%

मृत्यु विवरण
.२४ घन्टामा  बितेका मृतक संख्या : १ जना दुई खोप लगाएकी नर्सिङ होम निवासी  ९४ वर्षकि महिला

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ८२९
.क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : २

. निको भएका बिरामीको संख्या : १३८
.डिस्चार्ज भएका बिरामीको संख्या : १०८
.अस्पताल भर्नाको सिलसिलामा स्क्रीनिङ हुँदा कोहि पनि  पोजिटिभ भएका थिएनन।
. हस्पिटल अथोरिटीको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२२,७०२
.निको भएर काम फर्किएका कर्मचारीको संख्या: २२,५५८

तपाईको प्रतिक्रिया