क्रान्ति सुब्बा

मे १३ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७२
.कुल संक्रमित संख्या : १,२०७,९६३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३५९
.आयातित केस संख्या : २१ जना
.आयातित केस मध्ये ६ वटा केस एयरपोर्टमा  पत्ता लागेको थियो। १४ वटा केस तेस्रो र सातौं दिनमा क्वारेन्टाइन होटलमा पत्ता लागेको थियो । १ जनाको संक्रमण हङकङ आएको १२ औं दिनमा पत्ता लागेको थियो ।
.स्यङ वानको स्काई कुजिन रेस्टुरेन्टमा संक्रमणको नयाँ क्लस्टर देखापरेको छ जहाँ खाना खान गएका २९ जना ग्राहक एक जना  स्टाफ संक्रमित भएका छ्न। खाना खान जाने ग्राहकमा ८ वर्ष देखि ११७ वर्ष बीचका १२ जना महिला र १७ जना पुरुष परेका छ्न।
उनीहरु मे ७ तारीख शनिबार बेलुकी ६ बजेदेखि १० बजे बीचको समयमा रेस्टुरेन्टमा हाजिर भएका थिए । तिनीहरु सबै प्रायःजसो तेस्रो तल्लामा र केहि भने दोस्रो तलामा बसेका थिए । स्वास्थ्य बिभागले रेस्टुरेन्टमा सामेल करिब २०० जना ग्राहक र ५० जना कर्मचारीलाई अनिवार्य परिक्षणमा जानुपर्ने आदेश जारी गरेको छ।

.हुङ हमको सन मोङ स्नुकर  क्लब क्लस्टरबाट थप दुइ केस आएका छ्न। यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ६ जना पुगेको छ।
.संबंधित अथिरिटिले क्लबबाट २८ थान पर्यावरणीय नमुना संकलन गरेका थिए जसमध्ये अमेरिकन पुल टेबुलमा भाइरस भेटिएको थियो । अधिकारीहरुले स्नुकर क्लब संचालन नगर्न अनुरोध गरेको छ र सो स्थानलाई किटाणु शोधन ( डिसइन्फेक ) मा लान भनेको छ।

.बिहीवारको लकडाउनबाट अधिकारीले साइ वान स्टेटमा २२ वटा केस फेला पारेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३

मृत्यु विवरण
.२४ घन्टामा  बितेका मृतक संख्या : ३ जना । ८० र ८४ वर्षका दुई जना पुरुष र ८६ वर्षकि एक महिला।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ७९९

तपाईको प्रतिक्रिया