क्रान्ति सुब्बा

मे १४ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २८४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६८
.कुल संक्रमित संख्या : १,२०८,२४७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३६०
.आयातित केस संख्या : ३३ जना
.आयातित केस मध्ये १० वटा केस एयरपोर्टमा हिजो शुक्रबार पत्ता लागेको थियो। जसमा फ्लाइट नम्बर CX288 बाट ३ जना ,CX495 बाट २ जना CX170, TR980, KL819, TK070, र EK384 बाट एकेक जना आएका थिए ।  अन्य २२ जना तोकिएका क्वारेन्टाइन होटेलहरूमा फेला परेका थिए, ती सबै ३ र ६ दिनको बीचमा पत्ता लागेका थिए। अर्को केस हङकङ आइपुगेको १२ औं दिनमा पुष्टि भएको थियो।  यसमा मे १ मा थाइल्याण्डबाट सिंगापुर हुँदै हङकङ आएका ३१ वर्षीय पुरुष थिए र मे १२ मा पोजेटिभ पुष्टि भएका थिए ।

अधिकारीहरुले जीनोम विश्लेषण गर्ने क्रममा थप एउटा ओमिक्रोन बिए.४ केस फेला पारे। उक्त  बिरामी ६० वर्षीया महिला थिइन जो मे ९ मा संयुक्त राज्य अमेरिकाबाट स्वीटजरल्याण्ड हुँदै हङकङ आइपुगेकी थिइन । आगमनको दिन उनको घाँटी दुखेको थियो र एयरपोर्टमा उनको केस पत्ता लागेको  थियो। यो केस समेत गरेर हङकङमा  जम्मा  ३ वटा ओमिक्रोन बिए.४ केसहरू पुगेका छन।

.स्यङ वानको स्काई कुजिन क्लस्टरबाट ११ वटा संक्रमित केस थपिएका छ्न।  खाना खान गएका संक्रमित ग्राहकको संख्या ३९ पुगेको छ। संक्रमित जनमा  ७ वर्ष देखि ९० वर्ष बीचका २१ जना पुरुष र १८ जना महिला रहेका छ्न। यस क्लस्टरमा १५ परिवारको संलग्नता रहेको छ। साथै  २ जना  स्टाफ पनि संक्रमित हुनेमा परेका छ्न।
एकजना संक्रमित स्टाफ साइ वान एस्टेटको वेस्ट टेरेसमा बस्छन। साइ वान स्टेटमा केही समय अगाडि लकडाउन भएको थियो । स्वास्थ्य अधिकारीले अहिले साइ वान  क्लस्टर र स्काइ कुजिन क्लस्टर बीच कुनै लिङक छ छैन अध्ययन गरिरहेछ्न।

.हुङ हमको सन मोङ स्नुकर  क्लब क्लस्टरबाट थप ६ केस आएका छ्न। आज आएका ६ वटा केस मध्ये दुई जना स्टाफ मेम्बर परेका छ्न जसको काम खाना तयार पार्ने रहेको थियो र उनिहरु बारमा काम गर्दथे ।
एक जना स्टाफ अन्तिम पटक काम गर्न मे ९ तारीख सोमबार काममा गएका थिए र त्यसको २ दिन पश्चात संक्रमित भएका थिए । त्यसबेला अन्य ४ जना ग्राहकहरु भने स्नुकर खेलिरहेका थिए ।  यो क्लस्टरबाट संक्रमित हुनेको संख्या १० जना ग्राहक र २ जना स्टाफ गरि  जम्मा १२ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ७५५

. निको भएका बिरामीको संख्या : १०६
.डिस्चार्ज भएका बिरामीको संख्या : ८०

तपाईको प्रतिक्रिया