क्रान्ति सुब्बा

मे १५ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५९
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६८
.कुल संक्रमित संख्या : १,२०८,५०६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३६१
.आयातित केस संख्या : ३३ जना

आयातित केसमध्ये १७ जना विमानस्थलमा पत्ता लागेका  थिए । जसमध्ये १४ जना हिजो (१४ तारीख ) हङकङ आइपुगेका थिए, जसमा उडान नं.  5J272 मा २ जना यात्रु , उडान नं.  SQ882 मा १ जना ,  उडान नं.  SQ884 मा ३ जना , उडान नं.  AI314 मा ४ जना, उडान नं.  QR818 मा १ जना  र उडान नं.  TK07 मा १ जना यात्रु आएका थिए । थप ३ जना संक्रमित हङकङमा   मे १२ तारीख  आइपुगेका थिए। जसमा उडान नं.  KL819 मा २ जना र उडान नं.  CX704 मा १ जना आएका थिए ।  अन्य १३ केसहरू तोकिएका क्वारेन्टाइन होटलहरूमा फेला परेका थिए, जसमध्ये सबै क्वारेन्टाइनको तेस्रोदेखि पाँचौं दिनको अवधिमा पोजिटिभ पुष्टि भएका थिए।

.क्वुन तङको १९-२१ सिङ यीप स्ट्रीट, किङ वीन फ्याक्ट्री बिल्डिङ, पहिलो तल्लामा रहेको  इम्पेरियल प्राइभेट किचन नामको भान्सा कोठामा संक्रमणको नयाँ क्लस्टर जन्मिएको छ।  ९ तारीख सोमबार साँझ ५ बजेपछि खाना खान गएका ९ जना ग्राहक संक्रमित भएका छ्न।
.स्यङ वानको स्काइ कुजिन रेस्टुरेन्टबाट थप ११ जना संक्रमित भएका छ्न जसमा ७ जना ग्राहक र ४ जना स्टाफ परेका छ्न। यो क्लस्टरबाट कस्टमर ४६ जना र स्टाफ ६ जना  गरेर जम्मा ५२ जना संक्रमित भएका छ्न । संक्रमित हुनेमा २० परिवारको संलग्नता रहेकोे छ।

.हुङ हमको सन मोङ स्नुकर  क्लब क्लस्टरबाट थप १ केस आएको छ।   यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ११ जना ग्राहक र २ जना स्टाफ गरि  जम्मा १३ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१४८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना ८२ वर्षकि महिला जसको मृत्यु शनिबार भएको थियो र खोपको दुई मात्रा लगाएकी थिइन।

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ७२२
.क्रीटिकल बिरामीको संख्या : ०
.सिरियस बिरामीको संख्या : ०
.आइसियुमा कृटिकल बिरामीको संख्या : १

तपाईको प्रतिक्रिया