क्रान्ति सुब्बा

मे १९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११६
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७५
.कुल संक्रमित संख्या : १,२०९,६८८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३६६
.आयातित केस संख्या : ३८ जना

आयातित केसमध्ये २२ जना विमानस्थलमा पत्ता लागेका  थिए । १४ जना डिजाइनेटेड क्वारेन्टाइन होटलमा पत्ता लागेका थिए ।
तिनीहरू अमेरिका (१४ केस), ताइवान (६ केस), थाइल्याण्ड (४ केस), थाइल्याण्ड (४ केस), क्यानडा (३ केस), यूके (२ केस) बाट आएका थिए।  यात्रुहरु क्रमशः मेक्सिको, इजरायल, नर्वे, स्विडेन, युएई, मलेसिया र भारतबाट पनि आएका थिए ।

जीनोम अनुक्रमण प्रक्रियाबाट आयातित केस अन्तर्गतको थप एउटा केसमा ओमिक्रोन उप भेरिएन्ट बिए.४ पत्ता लागेको थियो । ती उप संस्करणधारी ३ डोज लगाएकी २७ वर्षीया महिला युकेबाट मे १५ तारीख साउथ अफ्रिका र सिंगापुर हुदै हङकङ आएकि थिइन ।मे १५ तारीख मै उनमा लक्षण देखिएको थियो ।  हङकङमा ओमिक्रोन बिए.४ अन्तर्गत संक्रमित हुनेको संख्या ९ पुगेको छ र सबै केस आयातित हुन। जिनोम सिकुएन्सिङको क्रममा थप ११ जना यात्रुमा ओमिक्रोनको उपगोत्र बिए.२.१२.१ भेटिएको थियो । जसमा ५ पुरुष ६ महिला परेका थिए । यो उपगोत्रबाट संक्रमित हुनेको संख्या हङकङमा ३२ पुगेको छ।

.नयाँगरि पुष्टि  भएका ११६ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २२
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : २८
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ६६
.९१ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो । ८२ वटा केसमा ओमिक्रोन भेटिएको थियो । भाइरल भारको मापन न्यून रहेका कारण ९ वटा केसको भेरिएन्ट छुट्याउन सकिएन ।

.हङकङका विभिन्न १६ वटा स्कुलबाट १७ वटा केस आएकाछ्न । संक्रमित हुनेमा १५ जना विद्यार्थी र २ जना स्टाफ परेका छ्न।

नयाँ क्लस्टरको जन्म

क्वीन्स रोड सेन्ट्रलको ३३६-३३८ मा रहेको तामजाइ सामगोर मिक्सिएन (TamJai SamGor Mixian) रेस्टुरेन्टमा प्रकोपको एउटा थप एउटा नयाँ क्लस्टर प्रकोप फेला परेको थियो। यस क्लस्टरबाट ५ जना पुर्ण मात्रा खोप ( बुस्टर समेत ) लगाएका ग्राहक रहेका थिए । जसमा वर्ष २६ देखि ५८ वर्ष बीचका ३ पुरुष र २  महिला परेका थिए । ती ग्राहकहरु मे १३ तारीख साँझ ४.२८ बजे देखि ६.३० बजे सम्मको समयावधिमा रेस्टुरेन्ट गएका थिए।  तिनीहरूमध्ये ४ जना बेन्चमार्क ट्रेनिङ भन्ने एउटै स्कुलमा बिहान ११ बजेदेखि राति ११ बजेसम्म मे ११ र १५ तारीखका दिन संगै रहेका थिए । उक्त स्कुलको ठेगाना हो- १३ /तल्ला ,वेस्ट एकचेन्ज टावर , ३२२ डेस भक्स रोड, सेन्ट्रल , स्यङ वान (13/F, West Exchange Tower, 322 Des Voeux Rd Central, Sheung Wan) । त्यसबेला एउटै कक्षामा ४० जना सम्मेलित थिए । सो दिन संक्रमित ५ जना खाना खानको लागि ५ वटा फरक फरक टेबुलमा कोहि एक्लै कोहि साथीहरू संग बसेका थिए । एउटै कक्षामा उपस्थित भएता पनि संक्रमित ५ जना मध्ये ४ जनाले एकाअर्कालाई चिन्दैन थिए । स्वास्थ्य बिभागले रेस्टुरेन्ट र विद्यालयमा उपस्थित हुनेहरूलाई अनिवार्य परीक्षण सूचना जारी गर्ने भएको छ।

.क्वुन तङको १९-२१ सिङ यीप स्ट्रीट, किङ वीन फ्याक्ट्री बिल्डिङ, पहिलो तल्लामा रहेको इम्पेरियल किचन  क्लस्टरबाट थप ३ वटा केस आएका छ्न। यी नयाँ केसहरु मे १७ र १८ तारीख न्युक्लिक एसिड टेस्ट मार्फत पत्ता लागेको थियो । क्लस्टरबाट संक्रमित हुनेको संख्या २९ जना पुगेकोछ।

.स्यङ वानको स्काइ कुजिन रेस्टुरेन्टबाट थप ३ जना – संक्रमित थपिएका  छ्न । यो क्लस्टरबाट संक्रमित हुनेको कुल संख्या ७३ पुगेको छ। 

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
.१ जना ९१ वर्षकि खोपहिन नर्सिङ होम निवासी महिलाको मे १८ तारीख  मृत्यु भएको थियो ।
औसत मृत्यु दर: ०.७६५%

.अस्पताल भर्नारत भएका बिरामीको संख्या : ६०१
.अस्पतालमा भर्ना भएका नयाँ बिरामीको संख्या : ६९
.क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : ३
.आइसियुमा कृटिकल बिरामीको संख्या : ०
.निको भएको बिरामीको संख्या : १०५
.डिस्चार्ज भएको बिरामीको संख्या : ७४
.अस्पताल भर्ना हुँदा पत्ता लागेको केस : १  र क्लोज कन्ट्याक्टमा परेको व्यक्तिको संख्या : १

. अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या : २२,९७९
.निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,८५१

तपाईको प्रतिक्रिया