क्रान्ति सुब्बा

मे २० तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २४३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १०१
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४२
.कुल संक्रमित संख्या : १,२०९,९३१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७०

.आयातित केस संख्या : २६ जना
आयातित केसमध्ये १७ जना विमानस्थलमा पत्ता लागेका  थिए । ८ जना डिजाइनेटेड क्वारेन्टाइन होटलमा पत्ता लागेका थिए ।
तिनीहरू अमेरिका, ताइवान, क्यानडा,सिंगापुर ,इन्डिया,फ्रान्स,युएई,स्पेन र अष्ट्रेलियाबाट आएका थिए ।

जिनोम सिकुएन्सिङको क्रममा थप ११ जना (१९-६५ वर्षका ६ जना पुरुष , ५ जना महिला ) यात्रुमा ओमिक्रोनको उपगोत्र बिए.२.१२.१ भेटिएको थियो । उपगोत्रबाट संक्रमितमा ६ जनाको केस एयरपोर्टमा पत्ता लागेको थियो र ३ जनाको केस क्वारेन्टाइन होटेलमा हङकङ आएको तेस्रो दिनमा पत्ता लागेको थियो । ११ जना संक्रमितमा ८ जना अमेरिकाबाट आएका थिए । अन्य तीन जना टर्की ,नेदरल्यान्ड र नेपालबाट आएका परेका थिए । यो उपगोत्रबाट संक्रमित हुनेको संख्या हङकङमा ४६ पुगेको छ।

यस उपगोत्रबाट संक्रमण हुनेमा एउटा जोडी पनि परेका थिए जो सन फ्रान्सिस्कोबाट आएर काउ यु फोङ स्थित लान क्वाइ फोङ होटेलमा बसेका थिए । यी जोडी मे ३ तारीख फ्लाइट नम्बर CX851 मार्फत हङकङ आएका हुन। हङकङ आएको १२ औं दिनमा अर्थात मे १४ तारीख कम्युनिटी टेस्टिङ सेन्टरमा उनीहरुको संक्रमण पुष्टि भएको थियो । दुवै जनाले बुस्टर डोज लगाएका थिए । ६४ वर्षकि श्रीमतीमा ज्वरो , टाउको दुख्ने, खोकी चल्ने लक्षण देखिएका थिए भने ६५ वर्षका श्रीमानमा कुनै लक्षण देखिएको थिएन ।

यी जोडी बसेको होटेलमा क्रस इन्फेक्सन भैसकेको हुनसक्ने आशंका स्वास्थ्य निकायले गरेको छ र क्वारेन्टाइन रुम निरीक्षणको लागि सरकारी सल्लाहकार युन क्वक युङलाई खटाइएको थियो ।

.नयाँगरि पुष्टि  भएका १०१ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : १५
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : १८
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ६८
.७० केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य थियो ।

.हङकङका विभिन्न १७ वटा स्कुलबाट १८ वटा केस आएका थिए  । संक्रमित हुनेमा १३ जना विद्यार्थी र ५ जना स्टाफ परेका थिए । संक्रमित हुनेमा किन्डरगार्टेनबाट ५ जना ,प्राइमरी स्कुलबाट ५ जना र हाइ स्कुलबाट ७ जना परेका थिए ।

स्यङ वानको ताम जाइ मिक्सिएन रेस्टुरेन्टबाट एउटा पनि नयाँ केस आएन। बेन्चमार्क ट्रेनिङ  स्कुलसंग संबंधित संक्रमित केसको संख्या १७ जना पुगेका छ्न। जसमा १५ जना विद्यार्थी र २ जना शिक्षक परेका थिए । उक्त स्कुलको ठेगाना हो- १३ /तल्ला ,वेस्ट एकचेन्ज टावर , ३२२ डेस भक्स रोड, सेन्ट्रल , स्यङ वान (13/F, West Exchange Tower, 322 Des Voeux Rd Central, Sheung Wan) ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४
.४ जना मृतक अन्तर्गत ६४ देखि ९५ वर्ष बीचका एक पुरुष र ३ जना महिला रहेका थिए । जस मध्ये ३ जनाको उमेर ६५ वर्ष कटेको थियो र ३ जनाले भ्याक्सिन लगाएका थिएनन र एक जनाले ३ डोज खोप लगाएका थिए ।

औसत मृत्यु दर : ०.७६५%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५५३
.क्रीटिकल बिरामीको संख्या : १
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : ०
.निको भएको बिरामीको संख्या : ९१
.डिस्चार्ज भएको बिरामीको संख्या : ६९

तपाईको प्रतिक्रिया