क्रान्ति सुब्बा

मे २१ तारीख शनिबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २२८
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १०३
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १२५
.कुल संक्रमित संख्या : १,२१०,१५९ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७०

.आयातित केस संख्या : १६ जना
आयातित केसमध्ये ५ जना विमानस्थलमा पत्ता लागेका  थिए । १७ जना डिजाइनेटेड क्वारेन्टाइन होटलमा पत्ता लागेका थिए ।
तिनीहरू अमेरिका, सिंगापुर ,थाइल्यान्ड ,भिएतनाम,इन्डोनेसिया,पानामा, फ्रान्स,युएई,स्पेन र रशियाबाट आएका थिए ।

. जिनोम सिकुएन्सिङको क्रममा थप १० जना यात्रुमा ओमिक्रोनको उपगोत्र बिए.२.१२.१ भेटिएको थियो जसमा २२ देखि ४४ वर्ष बीचका ५ जना पुरुष र ५ जना महिला परेका थिए । यो उप संस्करणबाट संक्रमित हुनेको संख्या हङकङमा ५६ पुगेकोछ। यो संस्करणद्वारा संक्रमित ५६ केस मध्ये ३७ वटा केस अमेरिकाबाट, ५ वटा केस नेदरल्यान्डबाट र बाकी केस युके,सिंगापुर र क्यानाडाबाट  आएका थिए ।
.ओमिक्रोन सबभेरिएन्ट बिए.४ बाट संक्रमित २ वटा केस पनि भित्रिएका थिए जसमा ३ डोज खोप लगाएका ५४ वर्षीय  एक पुरुष जो मेक्सिकोबाट आएका र अर्का २ डोज खोप लगाएका युकेबाट आएका एक २२ वर्षीय पुरुष परेका थिए । ओमिक्रोन उपभेरिएन्ट बिए.४ बाट  संक्रमित जम्मा ११ वटा केस हङकङमा भेला भएको छ। ती केसहरु युके , साउथ अफ्रिका, अमेरिकाबाट  आएका हुन।
.ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२ बाट  संक्रमित थप ३ वटा केस थपिएको थियो । ती ३ जनाले खोपको तीन डोज भ्याक्सिन लगाएका थिए । यो उपसंस्करणबाट  संक्रमित जम्मा १० वटा केस हङकङमा रेकर्ड भएकोछ।

.नयाँगरि पुष्टि  भएका १०३ केस मध्ये हस्पिटल अथोरिटिले पुष्टि गरेको केस संख्या : २३
.स्वास्थ्य बिभागको पब्लिक हेल्थ ल्याबबाट पुष्ठि भएको केस संख्या : १६
.प्राइभेट ल्याब र टेस्टिङ सेन्टरबाट पुष्टि भएको केस संख्या : ६४
.१०८ केसको जिनोम बिश्लेषण गरिएको थियो जसमा डेल्टा भेरिएन्टको उपस्थिति शुन्य र १०४ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटिएको थियो । भाइरल लोड न्यून रहेका कारण ४ वटा केसको नश्ल छुट्टीन सकेन।

.काउ यु फङ मा रहेको लान क्वाइ फङ होटलबाट  संकलित १५ थान पर्यावरणीय नमुना मध्येमा एउटा नमुना संक्रमण पुष्टि भएको थियो । उक्त नमुना रुम नम्बर ३३०४ मा रहेको एक्सहस्ट पंखाबाट लिइएको थियो । तर उक्त रुमको एयर फिल्टर भने संक्रमित भए नभएको खुट्याउन सकिएन। पुर्व सजगताको लागि होटेलका सबै कर्मचारी र गेस्टहरुलाइ अनिवार्य न्युक्लिक टेस्टमा जाने आदेश जारी गरिएको थियो ।

बेन्चमार्क ट्रेनिङ  स्कुलको क्लासमा उपस्थित थप ४ विद्यार्थी  संक्रमित भएका थिए । ती मध्येमा ३ जना विद्यार्थी स्यङ वान स्थित ताम्जाइ सामगोर मिक्सिएन रेस्टुरेन्ट गएका थिए । यो स्कुल क्लसटरबाट संक्रमित केसको संख्या जम्मा २१ जना पुगेको छ। जसमा १९ जना विद्यार्थी र २ जना शिक्षक परेका थिए । उक्त स्कुलको ठेगाना हो- १३ /तल्ला ,वेस्ट एकचेन्ज टावर , ३२२ डेस भक्स रोड, सेन्ट्रल , स्यङ वान (13/F, West Exchange Tower, 322 Des Voeux Rd Central, Sheung Wan) । यो स्कुलबाट संकलन भएका २० थान पर्यावरणीय नमुना मध्ये एउटामा पोजिटिभ देखिएको थियो ।
. तामजाइ सामगोर मिक्सिएन रेस्टुरेन्ट क्लस्टरबाट संक्रमित हुनेको संख्या ८ जना पुगेको छ जसमा ७ जना बेन्चमार्क ट्रेनिङ स्कुलका विद्यार्थी परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर : ०.७६५%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५३३
.क्रीटिकल बिरामीको संख्या : १०
.सिरियस बिरामीको संख्या : १०
.आइसियुमा कृटिकल बिरामीको संख्या : ०
.निको भएको बिरामीको संख्या : ८४
.डिस्चार्ज भएको बिरामीको संख्या : ६८

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :;२३,०१७
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,८८६

तपाईको प्रतिक्रिया