अदिती श्रेष्ठ

काठमाडौ । आरोहण गुरुकुलको  कुञ्ज नाटकघरमा विजय मल्लले ६ दशक  अगाडि लेख्नु भएको ‘ कोही किन बर्बाद होस ? ‘ नाटक मञ्चन भइरहेको छ। यो नाटक निर्देशन तथा  परिकल्पना चे शंकरले गर्नु भएको हो ।
शिक्षा व्यवसाय मात्र होइन यसले हरेक बच्चालाई देख्न, सुन्न, हेर्न र के सही के गलत भन्ने कुरा अनुभव गर्न पनि सिकाउछ आदि जस्ता कुराहरु यस नाटक मार्फत दर्साउन खोजिएको छ ।


यस नाटकमा वरिष्ठ कलाकार सुनिल पोखरेल , केनिपा सिंह पहरी, निर्भिक भट्टराई, नवीन चन्द्र अर्याल, सुबाश तिमल्सिना, कृति गजुरेल, महन राई, मारुति सापकोटा, प्रनेश गौतम , सुशान्त घिमिरे लगायतका कलाकारहरुले  अभिनय गर्नु भएको छ। प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्व बुझाउने यो नाटक कुञ्ज नाटक घर थापागाउँमा  जेठ ७ देखी जेठ २१ गते सम्म मञ्चन भइरहेको छ।

नाटक :`कोही किन बर्बाद होस´
नाटककार : विजय मल्ल
परिकल्पना/निर्देशन : चे शंकर
स्थान : कुञ्ज नाटकघर, थापागाउँ
मिति : जेठ २१ गतेसम्म (सोमबार बाहेक)
समय : साँझ ५ः३० बजे (शनिबार १:३० बजे पनि)
बुकिङका लागि : ०१–५२४४५७५

नाटकका केहि दृष्यहरु

तपाईको प्रतिक्रिया