युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (UKROA- United Kirat Rai Organization America) को आयोजनामा गत जुन २७ तारीख किरात समुदायको मुख्य चाड साकेला उभौली भव्यताका साथ समापन गरिएको छ। आफ्नो देश भुगोल भन्दा टाढा रहेर पनि आफ्नो पुर्खाको ईतिहास, माटोको सुगन्ध र जातीय पहिचानलाई जोगाई राख्ने माध्यमको रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आइएकोछ। साकेला उभौलीमा आफ्नो पितृ पुर्खालाई मनाउदै प्रकृतिको पुजा गरि विभिन्न चराचुरुङ्गी तथा मानव सभ्यताको नक्कल गर्दै साकेला सिली मार्फत प्रस्तुत गर्ने चाडको रुपमा रहेको छ ।
<span;>यस्तै <span;>युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका न्युयोर्क च्याप्टर (<span;>UKROA. United Kirat Rai Organization of America, New York chapter) का कार्यवाहक सभापति वसन्ती राईको अध्यक्षतामा किरात राईहरुको मुख्य चाड साकेला (साकेवा) मैझारोको रुपमा सम्पन्न भएको छ। अध्यक्ष राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै उभौली साकेला मैझारोको रुपमा सम्पन्न भएको जानकारी गराउनु भयो।
<span;>कार्यक्रमको प्रमुख अतिथी नेपाल महावाणिज्यदूत न्युयोर्क (Consulate General of Nepal to New York) का दधिराम भण्डारी हुनुहुन्थ्यो । उहाँले साकेला जस्तो चाडले नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गरि विदेशी पर्यटन भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा दुईमत छैन भन्दै शुभकामना दिनु भयो।
<span;>कार्यक्रमका विशेष अतिथी सामाजिक अभियन्ता राधाकृष्ण देउजाले हाम्रो देश हिमाल, पहाड, तराई मिलेर बनेको छ, अझ यस्तो सांस्कृतिक चाडहरुले हामी नेपालीहरुबीच आपसी एकता र भातृत्वलाई थप प्रगाढ र बलियो बनाउदै जानेछ भन्दै साकेलाको शुभकामना व्यक्त गर्नु भयो।
<span;>एनआरएनए अमेरिकाको उपसभापति आङछिरिङ शेर्पाले उभौली वैशाख पुर्णिमा यो समयमा अन्नवाली लगाउने र बालीनाली राम्रो होस भन्दै किरात राईहरुले प्रकृतिको पुजा गर्ने समय हो भन्दै सबैलाई शुभकामना दिनु भयो।
<span;>यसैगरी जनजाती महासंघ अमेरिका (FIPNA ) का अध्यक्ष विशेष अतिथि एपि लामाले संस्कार, संस्कृति सम्पदा हराए पहिचान हराउछ, पहिचान हराए अस्तित्व हराउछ ,त्यसैले गर्दा किरात राईहरुले गरेको कार्यक्रम अमुल्य छ भन्दै गहन अभिव्यक्ति दिनु भयो।
<span;> <span;>एनआरएनए (<span;>NRNA) न्युयोर्क च्याप्टर<span;>का सभापति बासु लामिछानेले <span;> प्रकृति र संस्कृतिको सम्बन्ध मानव सभ्यतासंगै जोडिएले हामी यस्ता विषयबाट अलग्गिन सक्दैनौं र न्यूयोर्कको मुटु ज्याक्सन हाइटसमा यस्तो कार्यक्रम गर्न सफल हुनुभयो भन्दै आगामी दिनमा आयोजना हुने यस्ता खालका सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्न व्यक्तिगत र संस्थागत तर्फबाट सदैव प्रतिबद्ध रहेको जनाउदै उभौली साकेलाको शुभकामना दिनु भयो।
<span;>यसै गरी नेपालबाट पाल्नु हुने सामाजिक अभियन्ता किवाहाङ राईले साकेलाको शुभकामना सबैलाई दिनु भयो। हेल्लो अमेरिका अनलाइन टिभी (Hello America online TV) का प्रस्तोता , जनजाती महासंघ अमेरिका (<span;>FIPNA)<span;> का महासचिव, किरात याक्थुङ चुम्लुङ अमेरिकाको भुपु सभापति सुमन थाम्सुहाङ लिम्बूले हामी प्रकृति पुजक भएकोले प्रकृतिलाई पुजा गर्ने समय हो यो भन्दै कार्यक्रम सभ्य र भव्य भएको भन्दै शुभकामना दिनु भयो।

<span;>हामी नेपाली ग्लोबल अमेरिका न्युयोर्क (Hami Nepali Global America New York Chapter) का सभापति अदिप तामाङले यो उभौली साकेला चाड भौगोलिक रुपमा हामी टाढा रहेर कर्म भुमिमा यसरी आफ्नो भेष भुषा, भाषा, धर्म, संस्कार, संस्कृति र पहिचानको अस्तित्वलाई कायम राख्नु आफैमा महत्त्वपूर्ण कुरा हो साथै यस्ता क्रियाकलापले नयाँ पिढीलाई पनि पुर्खाले मनाउदै आएको चाडलाई निरन्तरता दिनु पर्दछ भन्ने सन्देश दिदछ भन्दै सभ्य र भव्य रुपमा कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिनु भयो।
<span;>युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (<span;>UKROA. United Kirat Rai Organization of America) की केन्द्रिय महासचिव तथा न्युयोर्क च्याप्टरकी निवर्तमान अध्यक्ष तथा फिप्ना (FIPNA) की निवर्तमान उपसभापति ममता खालिङले आफ्नो मातृभूमि नेपालमा जस्तै यस ठाउँमा नेपाली समुदाय बीच साकेला प्रस्तुती गर्नु पाउदा खुशी लागेको कुरा व्यक्त गर्दै केन्द्रिय समितिको तर्फबाट शुभकामना पनि दिनुभयो । यसैगरी किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टर (KRSA . Kirat Rai Society of America New York Chapter) को सभापती सम्भु राईले यो चाड केवल राई समुदायमा मात्र सिमित नरही अन्य नेपाली समुदाय र गैर नेपाली समुदाय माझ पनि नेपाली संस्कृतिको पहिचान, माया र सद्भाव जगाउने विशेष चाडको रुपमा रहेको भन्दै यसले हाम्रो मौलिक संस्कार संस्कृतिलाई जीवित राख्न ठुलो भुमिका खेल्दछ भन्ने अभिव्यक्ति सहित शुभकामना व्यक्त गर्नु भयो।
<span;>न्युयोर्क च्याप्टरकि महासचिव सिर्जना राईले कार्यक्रम संचालन गर्ने क्रममा पहिचान सकिन्छ त अस्तित्व मेटिन्छ भन्दै यस उभौली साकेला चाडमा खेतिपाती ,बोटबिरुवा, वातावरण सवै राम्रो होस भन्दै प्रकृतिको पुजा गरिने कुरा व्यक्त गर्नु भयो ।





