क्रान्ति सुब्बा

मे २३ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १९०
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ९४
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ९६
.कुल संक्रमित संख्या : १,२१०,८३६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७०

.आयातित केस संख्या : २८ जना
.एयरपोर्टमा पत्ता लागेको केस:१९
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ९ । यी ९ वटा केस हङकङ आएको तेस्रो र सातौ दिनमा पत्ता लागेको थियो ।
.१०८ केसको डिएनए विश्लेषण गरिएको थियो जसबाट डेल्टा भेरिएन्ट केस शुन्य र  १०४ वटा ओमिक्रोन भेरिएन्ट केस पत्ता लागेको थियो । भाइरल लोड न्यून रहेका कारण ४ वटा केसको नश्ल खुट्याउन सकिएन।

.सिटीप्लाजा फेज ३ मा रहेको क्वारी बे म्याकडोनाल्डमा थप दुई जनामा संक्रमण देखिएको छ ।  तिनीहरूमा एक ७६ वर्षीया महिला पनि थिए जो काउलुन बेको रिचल्याण्ड गार्डनको ब्लक ६ मा बस्थिन।

उनलाई मे १७ मा खोकी लाग्न थालेको थियो । उनी पनि अनिवार्य परीक्षणको सुची परेकी थिइन र परिक्षणले मे १९ तारीख पोजेटिभ देखाएपछि उनलाई नर्थ लान्टाउ अस्पतालमा भर्ना गरिएको थियो । उनले भ्रमण गरेका चारवटा स्थानलाई अनिवार्य परिक्षणको सुचीमा राखिएको थियो ती स्थान हुन-  कजवे बेको यी वो स्ट्रिटमा रहेको म्याकडोनाल्ड, वान चाइको कजवे सेन्टरमा रहेको  फेयरवुड, तो क्वा वानमा रहेको मलाक्का कुजिन र मङ कोकको ताओ ह्यङ टी हाउस ।

अर्को केस अन्तर्गत  क्वारी बेको पो याङ म्यान्शनको ब्लक ६ मा बस्ने ६७ वर्षीय व्यक्ति परेका थिए । उनी मे १३ तारीखका दिन लगभग ११ बजे तिर उक्त म्याकडोनाल्ड गएका थिए । उनी ढोका नजिकैको गोल टेबुलमा बसेका थिए  र संक्रमण घटेको अवधिमा खाना खाएका थिएनन।

डाक्टर चुआङले म्याकडोनाल्ड रेष्टुरेन्टभित्र भाइरस फैलिएकोमा सरकार चिन्तित रहेको र अनुसन्धानका लागि त्यहाँ पुगेको बताइन।

चुआङले बताए अनुसार नयाँ केसहरू र पहिले पुष्टि भएका एउटै परिवारका तीन जना सबै एउटै  गोल टेबलमा बसेका थिए । तर यसअघि बिए.२.१२.१ (BA.2.12.1) संस्करण बोकेकी महिला बिरामी भने लामो टेबुल सहितको माथिल्लो बेन्चमा बसेकी थिइन।

तिनीहरू बीच कायम सही दूरी कति थियो भन्नेबारे अधिकारीहरूले अझै अनुसन्धान गर्न बाँकी थियो । र संक्रमित परिवार बिए.२.१२.१ बाट संक्रमित हुन वा होइनन भन्ने कुरा पत्ता लगाउन गरिएको  पूर्ण आनुवंशिक विश्लेषणको नतिजा आउनै बाँकी थियो।
यो म्याकडोनाल्ड क्लस्टरबाट संक्रमित हुनेको संख्या  ५ पुगेकोछ।

.विभिन्न २० वटा  विद्यालयहरूबाट २१ वटा नयाँ  केसहरू रिपोर्ट गरिएको थियो, जसमा १९ जना  विद्यार्थी र दुई शिक्षक परेका थिए।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर : ०.७६५%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५१४
.क्रीटिकल बिरामीको संख्या : १०
.सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ४३
.डिस्चार्ज भएको बिरामीको संख्या : २७

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,०२२
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,८९२

.सेन्ट्रलको काउ यू फंगमा रहेको लाङ क्वाई फंग होटलमा ओमिक्रोन सब भेरिएन्ट क्रस ट्रान्समिसन भएको शंका मे २३ तारीखको एक रेडियो कार्यक्रममा एक विशेषज्ञले बताए। यो होटलका विभिन्न कोठाहरूमा बस्ने पाहुनाहरु भटाभट  ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ ( BA.2.12.1 ) बाट संक्रमित हुन थालेपछि यस्तो अभिव्यक्ति आएको हो।

हङकङ युनिभर्सिटीको सेन्टर फर इन्फेक्सन एण्ड इन्फेक्सियस डिजिजका निर्देशक हो पाक-ल्यङले मे २३ तारिख बिहान रेडियो कार्यक्रममा क्वारेन्टाइन होटलहरूमा विगतका वर्षमा पनि संक्रमण घटेको कुरा  बताए। यस्तो किसिमको संक्रमणलाई पूर्ण रूपमा हटाउन गाह्रो हुने   उनले बताए।
हुन त हङकङमा पाँचौ लहरको शुरुआत  पनि क्वारेन्टाइन सकिएर घर गएकाहरुबाट नै   भएको थियो ।त्यसैले कोभिड–१९ को अर्को सङक्रमण समुदायमा देखा पर्न पनि सक्छ जसको लागि मानसिक रूपमा तयार रहन सर्वसाधारणलाई उनले  आग्रह गरे । 

तपाईको प्रतिक्रिया