क्रान्ति सुब्बा

मे २२ तारीख आइतबार   कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २३७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ९४
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४३
.कुल संक्रमित संख्या : १,२१०,३९६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७०

.आयातित केस संख्या : २५ जना
.एयरपोर्टमा पत्ता लागेको केस:१३
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस :१०
आयातित केसहरू अमेरिका, सिंगापुर ,क्यानाडा, इन्डिया ,जर्मनबाट आएका थिए ।


.स्वास्थ्य अधिकारी डाक्टर अल्बर्ट आउले निकट भविष्यमा हङकङमा छैटौं लहर आउने सुनिश्चित भएको बताए। समयक्रममा रोग प्रतिरोधात्मक शक्तिमा ह्रास आउने र भाइरस पनि निरन्तर म्युटेट हुदै जाने भएकोले खोप लाउन योग्यले लगाइहाल्न उनले अनुरोध पनि  गरे।

अधिकारीहरुले अहिले ओमिक्रोनको उप भेरिएन्ट बिए.२.१२.१ को प्रवेश कम्युनिटीमा भैहाल्यो कि भन्ने कुरा अनुसन्धान गर्ने सिलसिलामा यसो भनेका हुन। किनकि यो उपभेरिएन्ट बोकेकी एक ६४ वर्षीया महिला जुन समयमा क्वारी बे ताइकु सिङ स्थित सिटि प्लाजाको म्याक्डोनाल्डमा गएकी थिइन तेहि समयमा त्यहाँ गएका एउटै परिवारका ३ जना गत हप्ता अर्थात मे १८ तारीखका दिन संक्रमित भएका थिए । उक्त परिवारको वतन हो -ब्लक- सी,माउन्ट पार्कर लज , क्वारी बे। परिवारका ती तीन जना अन्तर्गत पर्नेमा रहेकाथिए  – एकजना ४१ वर्षकी महिला ,एकजना ८ वर्षका र एकजना ९ वर्षका बालक।
सेन्टर फर हेल्थ प्रोटेक्सनले ती क्वारी बे निवासी  तीन जनाको ओमिक्रोनको उपभेरिएन्ट जांचबाट आउने जिनोम विश्लेषणको नतिजा पर्खिरहेको थियो ।
“उनीहरुको भ्रमणमा १० मिनेट भन्दा बढीको अंतर थियो ।त्यसैले  अहिलेको अवस्थामा ती तीन जनाको संक्रमणको सम्बन्ध ती ६४ वर्षीया महिलासंग छ छैन हामीलाई थाहा छैन।” आउले भने ।

ती ६४ वर्षीया महिला अमेरिकाबाट हङकङ आएकी हुन र आफ्नो क्वारेन्टाइन अबधि पुरा गरेर कम्युनिटी टेस्टिङ सेन्टरमा उनी पोजिटिभ पुष्टि भएकी थिइन। उनी मे १३ तारीख राति १० बजे उक्त म्याक्डोनाल्डमा गएकी थिइन।

.स्वास्थ्य अधिकारीले सिंगापुरबाट हङकङ आएको १२ दिन पछि कम्युनिटी सेन्टरमा पोजिटिभ पुष्टि भएका एक पुरुषको केसलाई पनि  छानबिन गरिरहेका छ्न।
तीन मात्रा खोप लगाइसकेका ती ४६ वर्षका व्यक्तिको भाइरल लोड तुलनात्मक रूपमा उच्च रहेकोले उनी हङकङमा या त बिदेशमा संक्रमित भएका हुन पत्ता लगाउन डिएनए विश्लेषण हुदै गरेको जानकारी दिइएको थियो ।

.काउ यु फङ मा रहेको लान क्वाइ फङ होटलसंग संबंधित २ वटा केस कम्युनिटी टेस्टिङ सेन्टरबाट पोजिटिभ पुष्टि भएका थिए ।

. बेन्चमार्क ट्रेनिङ सेन्टरबाट थप ३ वटा केस आएका  थिए । जसमा २ जना विद्यार्थी र एकजना स्टाफ परेका थिए ।  संक्रमित मध्ये एक जना विद्यार्थी  मे १३ तारीख दिउँसो ४ बजेतिर स्यङ वानमा रहेको तामजाइ सामगोर मिक्सिएन रेस्टुरेन्ट गएका थिए । तर ती संक्रमित ४६ वर्षका पुरुष  स्टाफको उठबस माथि जनित विद्यार्थीसंग भएको थिएन तर यो भन्दा अगाडि संक्रमित दुइजना स्टाफ मेम्बरसंग भने उनले काम गरेका थिए । यो ट्रेनिङ  सेन्टर क्लस्टरबाट संक्रमित केसको संख्या जम्मा २४ जना पुगेको छ। जसमा २२ जना विद्यार्थी र २ जना शिक्षक परेका थिए । उक्त स्कुलको ठेगाना हो- १३ /तल्ला ,वेस्ट एकचेन्ज टावर , ३२२ डेस भक्स रोड, सेन्ट्रल , स्यङ वान (13/F, West Exchange Tower, 322 Des Voeux Rd Central, Sheung Wan) ।

. सेन्ट्रलको क्विन्स रोडमा रहेको तामजाइ सामगोर मिक्सिएन रेस्टुरेन्ट क्लस्टरबाट संक्रमित हुनेको संख्या ९ जना पुगेको छ जसमा ८ जना बेन्चमार्क ट्रेनिङ सेन्टरका विद्यार्थी परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर : ०.७६५%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५१२
.क्रीटिकल बिरामीको संख्या : ९
.सिरियस बिरामीको संख्या : ९
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ५६
.डिस्चार्ज भएको बिरामीको संख्या : ४७

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,०१८
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,८८७

तपाईको प्रतिक्रिया