क्रान्ति सुब्बा

मे २४ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५०
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ८९
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६१
.कुल संक्रमित संख्या : १,२१०,८३६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७०

.आयातित केस संख्या : ३४ जना
.एयरपोर्टमा पत्ता लागेको केस:२४
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ६
.आयातित केसहरु थाइल्यान्ड ,युके, अमेरिका ,क्यानाडा ,ताइवान,फ्रान्स ,सिंगापुर ,जर्मनी ,टर्की ,ग्रीन,अष्ट्रेलिया ,मलेसिया र डेनमार्कबाट आएका थिए ।
.तीन खोप ग्रहण गरिसकेका एक जना स्थानीय कार्गो क्रीउ मेम्बर पनि केहि समय अघि पोजेटिभ पुष्टि भएका थिए । भारतबाट फर्केर क्लोज लुप व्यवस्थापनमा काम गरेको अवधिमा उनलाई पोजिटिभ भएको थियो ।
.आयातितमा २ वटा रिपोजिटिभ केस परेको थियो । जसमा एकजना  २५ र अर्का ४४ वर्षका पुरुष परेका थिए । दुबै जना हङकङ आएको आठौं दिनमा पोजिटिभ पुष्टि भएका हुन।

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका ८९ जनामध्ये १२ जना अस्पताल प्राधिकरणले, १२ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ६५ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.९५ केसको डिएनए विश्लेषण गरिएको थियो जसबाट डेल्टा भेरिएन्ट केस शुन्य र  ९२ वटा ओमिक्रोन भेरिएन्ट केस पत्ता लागेको थियो । भाइरल लोड न्यून रहेका कारण ३ वटा केसको नश्ल खुट्याउन सकिएन।

. जिनोम अनुक्रम विश्लेषण गर्दा ८ जना ओमिक्रोन उप संस्करण बिए.२.१२.१ बाट संक्रमित भएको भेटियो । जसमा ४ जना आयातित ( जसमा दुई जना अमेरिकाबाट आएका एउटै परिवार भित्रका थिए )  र ४ जना लोकल केस थिए ।  लोकल संक्रमित क्वारी बेको म्याक्डोनाल्ड क्लस्टर र पहिल्यै संक्रमित केससंग संबंधित थिए । संक्रमित मध्ये ४ जनाले खोपको तीन मात्रा लगाइसकेका थिए । ओमिक्रोनको यो सब भेरिएन्टबाट संक्रमित हुनेको संख्या हङकङमा ६४ जना भैसकेका छ्न।

.खोपको तीन खुराक ग्रहण गरिसकेका १८ वर्षका अमेरिकाबाट फर्किएका एक पुरुष ओमिक्रोन सब भेरिएन्ट  बिए.२.१२ बाट संक्रमित भएका थिए । ओमिक्रोनको नातेदार यो सब भेरिएन्टबाट संक्रमित हुनेको केस संख्या ११ जना पुगेको छ।

.स्विजरल्यान्डबाट आएकी एक २१ वर्षकि महिला ओमिक्रोन सब भेरिएन्ट बिए.४ संक्रमित भएकी थिइन। यो उप भेरिएन्टबाट संक्रमित केस संख्या हङकङमा १२ पुगेको छ।

. एकजना अर्का अमेरिकाबाट आएका ४६ वर्षका पुरुष ओमिक्रोन सब भेरिएन्ट बिए.५ बाट संक्रमित भएका थिए । ओमिक्रोनको यो उपगोत्रबाट संक्रमित केस संख्या हङकङमा ३ पुगेको छ।

.केहि समय अगाडि कम्युनिटी टेस्टिङ सेन्टरमा पोजेटिभ भेटिएका दुइटा केस काउ यु फङमा रहेको लान क्वाइ फङ होटलसंग संबंधित रहेको तसल्ली भएको थियो । यी दुइ केससंग संबंधित एउटा नयाँ केस थपिएकोछ। त्यो नयाँ केस अन्तर्गत चाइ वान पुलिस म्यारिड क्वाटरमा बस्ने एक प्रहरी अधिकारी रहेका छ्न। यी अधिकारीले पहिल्यै संक्रमित भएका एक ६५ वर्षका पुरुषलाई भेटेका थिए । उनी सेन्ट्रल लाइब्रेरी र आफू काम गर्ने स्थानमा पनि गएका थिए ।

.सिटि प्लाजा फेज ३ मा रहेको म्याकडोनाल्ड क्लस्टरबाट पहिला संक्रमित भएको परिवारबाट नै थप ३ वटा नयाँ केस थपिएको थियो  जसमा एक ३३ महिनाको बच्चा सहित एक घरेलुु कामदार पनि परेका थिए । ती नावालकमा मे १५ तारीख ज्वरो र खोकीको लक्षण देखिएको थियो र मे १६ तारीख पोजेटिभ पुष्टि भएको थियो । उनलाई मे १७ तारीख पामेला योदे नेदर्सोल इस्टर्न अस्पताल लगिएको थियो। त्यहाको टेस्टमा पनि उनलाई पोजिटिभ देखिएको थियो । खोकी र ज्वरो हराएपछी मे १८ तारीख उनलाई डिस्चार्ज गरिएको थियो । ती नानीको आमा नानीसंग अस्पताल गएकी थिइन  मे १७ तारीख र तेहि दिन संक्रमित भएकी थिइन तर उनी म्याकडोनाल्ड गएकी थिइनन ।
उक्त परिवारकि डोमेस्टिक हेल्पर भने मे १३ तारीख म्यक्डोनाल्ड गएकी थिइन।
यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ८ पुगेको छ ती संक्रमितहरु पाँच वटा विभिन्न टेबुलमा बसेका थिए । घरमै बसेर संक्रमित हुनेमा ती ३३ महिने बालकको आमा रहेकी थिइन ।

उक्त म्याक्डोनाल्डमा स्वास्थ्य बिभागका अधिकारी हिजो अर्थात मे २३ तारीख गएर २१ थान पर्यावरणीय नमुना संकलन गरेका थिए जसको नतिजा आउन बाकी नै थियो ।
क्वारी बेको माउन्ट पार्कर लज निवासी एउटा अर्को  परिवार पनि उक्त म्याकडोनाल्डमा एउटै समयमा गएका थिए र उनीहरु पनि संक्रमित भएका थिए । उनीहरुको पुर्ण जेनेटिक बिश्लेषणले उनीहरुमा ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ भएको साबित भएको थियो । त्यसैले उक्त म्याक्डोनाल्डमा प्रकोपको नयाँ मुल फुटेको विश्वास गरिएको थियो ।

.विभिन्न १३ वटा  विद्यालयहरूबाट १८ वटा नयाँ  केसहरू रिपोर्ट गरिएको थियो, जसमा १६ जना  विद्यार्थी र दुई शिक्षक परेका थिए। ४ जना विद्यार्थी सेन्ट क्याथरिन इन्टरनेसनल किन्डरगार्टेन एन्ड नर्सरीबाट संक्रमित भएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर : ०.७६५%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४८४
.क्रीटिकल बिरामीको संख्या : १ (तीन डोज खोप लगाएका)
.सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : ०
.निको भएको बिरामीको संख्या : ६३
.डिस्चार्ज भएको बिरामीको संख्या : ४२

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,०३३
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २२,९७८

तपाईको प्रतिक्रिया