क्रान्ति सुब्बा

मे २५ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १०४
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४७
.कुल संक्रमित संख्या : १,२११,०८७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७२

.आयातित केस संख्या : २८ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १०
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १८
.क्वारेन्टाइन बसेको दोस्रो र नवौं दिनका बीचमा सबै केस पत्ता लागेका थिए र जसमा  थाइल्यान्डबाट  ३ जना  , युके ३, अमेरिका ८ ,अष्ट्रेलिया ३, इन्डिया ३, युएई २, सिंगापुर १,श्रीलंका १,मलेसिया १, आयरल्यान्ड १ र ताइवानबाट  १ जना आएका थिए ।
.हङकङ भित्रीएका करिब १,००० आयातित केसमा धेरैजसो एयरपोर्टमा पत्ता लागेको थियो । करिब ४० प्रतिशत केस क्वारेन्टाइन अवधि समाप्त भएपछि पत्ता लागेको थियो ।

.तीन वटा आयातित केस अन्तर्गत एक जना तीन खोप लगाइसकेका ४१ वर्षका पुरुष परेका थिए जो मे १९ मा हङकङ आएका थिए  र यीनको नमुना मे २१ तारीख पोजेटिभ आएको थियो । अर्को केस अन्तर्गत परेका थिए – एक ३३ वर्षका तीन खोप लगाएका पुरुष जो मे १४ तारिख अमेरिकाबाट हङकङ आएका थिए र पाँचौ दिनमा उनी पोजिटिभ भएका थिए । तेस्रो केस अन्तर्गत एक १४ वर्षका दुई  खोप लाएका किशोर परेका थिए जो मे १४ तारीख हङकङ मेक्सिकोबाट आएका थिए ।

.क्यानाडाबाट मे १९ मा आएका एक जोडी ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.२ बाट संक्रमित थिए । दुबै जनाले तीन मात्रा खोप लगाइसकेका थिए र मे १९ मे २१ मा क्रमशः उनीहरुमा लक्षण देखापरेको थियो । हङकङमा बिए. २.१२.२ बाट संक्रमित केस संख्या १३ वटा पुगेको छ। अमेरिकाबाट ४, क्यानाडाबाट ५, अस्ट्रेलियाबाट २, इन्डियाबाट १ र जर्मनीबाट १ ।

. जिनोम अनुक्रम विश्लेषण गर्दा ५ जना ओमिक्रोन उप संस्करण बिए.२.१२.१ बाट संक्रमित भएको भेटियो । जसमा ३ जना आयातित र २ जना क्वारी बेको म्याक्डोनाल्ड क्लस्टरसंग संबंधित थिए ।  ओमिक्रोनको यो सब भेरिएन्टबाट संक्रमित हुनेको संख्या हङकङमा ६९ जना भैसकेका छ्न। जसमा ६३ जना आयातित र ६ जना तिनै आयातितबाट सरेका स्थानीय केस रहेका छ्न।

आज १९ वटा विद्यालय (७ वटा किन्डरगार्टन, ८ वटा प्राइमरी स्कुल र ४ वटा हाइ स्कुल ) बाट १९ वटा संक्रमित नयाँ केस आएका थिए  जसमा १५ जना  विद्यार्थी र ४ जना शिक्षक परेका थिए । सेन्ट क्याथरिन इन्टरनेशनल किन्डरगार्टन एन्ड नर्सरीबाट  थप १ जना  विद्यार्थीले पोजेटिभ भएका थिए । आज संक्रमित विद्यार्थी हिजो रिपोर्ट गरिएको क्लस्टर प्रकोपसँग संबंधित थिएनन । ती संक्रमित विद्यार्थी बसेको कक्षामा रहेका २८ विद्यार्थी र ५ शिक्षकको परीक्षण भने नेगेटिभ आएको थियो ।

.सिटि प्लाजा फेज ३ मा रहेको म्याकडोनाल्ड क्लस्टरबाट एउटा नयाँ केस थपिएको थियो  जसमा एक ६६ वर्षीया महिला परेकी थिइन। उनको ठेगाना हो- ब्लक ९,नाम फङ सान चुन । उनले खोपको दुई मात्रा पहिल्यै लिएकी थिइन।
उनी उक्त म्याकडोनाल्डमा २ जना आफन्तका साथमा मे १३ तारिखका दिन बिहान ११:३० बजे देखि दिउँसो १२:३० बजेको समयावधिमा गएकी थिइन र मे १७ तारीख उनलाई पोजेटिभ भएको थियो । ऊनीसंग भएका आफन्तको परिक्षण नतिजा भने नेगेटिभ आएको थियो ।
यो क्लस्टरबाट जम्मा ६ वटा टेबुलमा बस्ने ९ जना कस्टमर संक्रमित भएका थिए  । यो क्लस्टर अन्तर्गत संक्रमित हुने २ जनामा ओमिक्रोनको उपगोत्र बिए.२.१२.१ भेटिएको छ। जसमा एकजना ६७ वर्षका पुरुष र एकजना ७६ वर्षकि महिला परेका छ्न।
यो म्याकडोनाल्डको टेबुल , एयर प्युरिफायर आदिबाट  संकलन गरिएको सबै नमुनाको नतिजा नेगेटिभ आएको थियो ।

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १०४ जनामध्ये २३ जना अस्पताल प्राधिकरणले, १५ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ६६ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.६२ केसको डिएनए विश्लेषण गरिएको थियो । ५८ वटामा  डेल्टा भेरिएन्ट नेगेटिभ  थियो । भाइरल लोड न्यून रहेका कारण ४ वटा केसको नश्ल खुट्याउन सकिएन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१५९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २
.मृत्यु हुनेमा एकजना ७८ वर्ष  र एकजना ९० वर्षका खोपहिन पुरुष परेका थिए ।
औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४८४
.६७ जना नयाँ बिरामी भर्ना भएका थिए ।
.क्रीटिकल बिरामीको संख्या : ११
.सिरियस बिरामीको संख्या : १०
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.निको भएको बिरामीको संख्या : ६०
.डिस्चार्ज भएको बिरामीको संख्या : ४४
.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: ३
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट:५

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,०५९
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,००६

तपाईको प्रतिक्रिया