क्रान्ति सुब्बा

मे २६ तारीख बिहिवार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५१
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १११
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४०
.कुल संक्रमित संख्या : १,२११,०८७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७२

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १११ जनामध्ये ३० जना अस्पताल प्राधिकरणले, १० जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ७१ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।


.११६ केसको डिएनए विश्लेषण गरिएको थियो ।  डेल्टा भेरिएन्ट शुन्य  थियो । ९६ वटा ओमिक्रोन केस थियो ।भाइरल लोड न्यून रहेका कारण २० वटा केसको नश्ल खुट्याउन सकिएन।

.आयातित केस संख्या : ३६ जना
.एयरपोर्टमा पत्ता लागेको केस: २३
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १२
.आयातित २३ केसहरुमा थाइल्यान्डबाट  २ जना  , युके ३, अमेरिका १६ ,अष्ट्रेलिया ३, इन्डिया ३, युएई २, सिंगापुर ५,श्रीलंका १,मलेसिया १, आयरल्यान्ड १, ताइवानबाट २  र इटाली , इन्डिया , फिलिपिन्स , नर्वे ,युएई , इन्डोनेसिया , नेदरल्यान्डबाट एक एक जना आएका थिए ।

.सिंगापुरबाट मे १३ तारीख हङकङ आएको आठौं दिनमा पोजिटिभ पुष्टि भएका एक २३ वर्षका पुरुष थिए जसले तीन मात्रा खोप लगाएका थिए । उनी लक्षणहिन रिपोजिटिव केस हुन। मुल भुमि चीन जाने सिलसिलामा उनले मे २० तारीख पछि  टेस्ट गर्दा पोजेटिभ ठहरिएका थिए र उनको प्रवेश मुलभुमी चिनमा भैसकेको थियो ।

.पुर्ण रूपमा भएको  जिनोम सिकुएन्सको नतिजा अनुसार मे २२ का दिन अर्थात  बाह्रौं दिनमा  घोषणा भएका केस  थिए जसमा एक ४६ वर्षका सिंगापुरबाट आएका पुरुष थिए ।

.आज १९ वटा विद्यालयबाट ( ३ वटा किन्डरगार्टन, ८ वटा प्राइमरी स्कुल र ७ वटा हाइ स्कुल ) २० वटा संक्रमित नयाँ केस आएका थिए  जसमा १३ जना  विद्यार्थी र ७ जना शिक्षक परेका थिए ।
क्वुन तङ स्थित सेन्ट क्याथरिन इन्टरनेशनल किन्डरगार्टन एन्ड नर्सरीबाट  थप २ जना  विद्यार्थीले पोजेटिभ भएका थिए । ती दुई जना विद्यार्थी मध्ये एक जना २४ तारीख मंगलबार अन्तिम पटक स्कुल गएका थिए र २५ तारीख बुधबार संक्रमित भएका थिए । तेहि  कक्षामा बसेका अन्य २७ जना  विद्यार्थी र ५ शिक्षकको परीक्षण भने नेगेटिभ आएको थियो ।
अर्का संक्रमित विद्यार्थी भने बिहानको कक्षाबाट थिए जुन कक्षाबाट नै सबैभन्दा पहिले संक्रमणको शुरूवात भएको थियो । उनी अन्तिम चोटि मे २० तारीख शुक्रबार स्कुल गएका थिए र उनमा लक्षण २३ तारीख सोमबार देखापरेको थियो । उनको अन्य सबै पारिवारिक सदस्यको परिक्षण नतिजा नेगेटिभ आएको थियो । यो किन्डरगार्टन क्लस्टरबाट संक्रमित हुनेको संख्या ९ ( ८ जना विद्यार्थी र एकजना शिक्षक )  पुगेको छ।

.क्वारी बे, ताइकु सिङ स्थित सिटि प्लाजा फेज ३ मा रहेको म्याकडोनाल्ड क्लस्टरबाट ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित एउटा नयाँ केस थपिएको थियो  जसमा एक ९९ वर्षीया महिला परेकी थिइन। उनी म्याकडोनाल्डको त्यो ब्रान्चमा कहिल्यै गएकी थिइनन तर उनी एक ७६ वर्षकि संक्रमित महिला जो उक्त म्याकडोनाल्डमा गएकी थिइन – बस्ने बिल्डिङमा बस्छिन  ।
ती ९९ वर्षकि संक्रमित महिला घरेलुु कामदारको साथमा काउलुन बे स्थित रिचल्यान्ड गार्डनको ब्लक ६ मा बस्छिन । गत हप्ता मे १९ तारीख बिहीबारको लकडाउनमा उनको केसको पहिचान भएको हो। हालमा उनको नतिजा नेगेटिभ आइसकेको छ र निको हुने क्रममा छिन।
यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ।जसमा ९ जना ग्राहक , १ जना ग्राहकको साथी र ९९ वर्षकि महिला परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २
.मृत्यु हुनेमा एकजना ६७ वर्षका पुरुष  र एकजना ८७ वर्षकि महिला  परेका थिए ।
औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४४७
.क्रीटिकल केस संख्या : २
.क्रीटिकल  बिरामीको संख्या : ११
. सिरियस बिरामीको संख्या : ९
.आइसियुमा कृटिकल बिरामीको संख्या : ५
.निको भएको बिरामीको संख्या : ८५
.डिस्चार्ज भएको बिरामीको संख्या : ५९
.२०२० सालदेखि निको भएको कुल बिरामीको संख्या :६२,४०४

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: २
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: २

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,०६८
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,०२६

तपाईको प्रतिक्रिया