क्रान्ति सुब्बा

मे २८ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७०
.पिसिआरबाट पत्ता लागेको केस: ११६
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १५४
.कुल संक्रमित संख्या : १,२१२,०९५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७६

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका ११६ जनामध्ये १५ जना अस्पताल प्राधिकरणले, २४  जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ७७ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ३१ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १६
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १२

ती मध्ये फिलिपिन्सबाट फर्किएको १५ दिन पछि  समुदायमा रिपोजिटिभ हुन पुगेका १ जना पुरुष पनि परेका छ्न। ३० वर्षीय ती पुरुषले ३ वटा खोप लगाइसकेका थिए। 
आयातित केसमध्ये अमेरिकाबाट ९, सिंगापुरबाट ३, नेदरल्यान्ड्सबाट ३, जर्मनीबाट २, बेलायतबाट २, अष्ट्रेलियाबाट २, थाइल्याण्डबाट २ जना आएका थिए ।  अन्य आयातितमा क्रमश भियतनाम, फ्रान्स, इन्डोनेसिया, ताइवान, फिलिपिन्स, पाकिस्तान, इटाली र भारतबाट आएका थिए ।

. यसअघि भारतबाट फर्किएका ३६ वर्षीय स्थानीय कार्गो चालक दलका सदस्यलाई स्थानीय ओमिक्रोन उप-भेरिएन्ट बिए.२.२ धारी बिरामीको रूपमा पुष्टि गरिएको थियो । आयातितमा ओमिक्रोन उप-भेरिएन्ट बिए.४ बाट संक्रमित थप दुई वटा नयाँ केस पनि थिए । हङकङमा यो भेरिएन्टबाट संक्रमित कुल केस १४ पुगेकोछ।

.ओमिक्रोन उप भेरिएन्ट बिए.५ बाट संक्रमित ८ वटा  आयातित केस  हिजो अर्थात मे २७ तारीख पत्ता लागेको थियो ।  हालसम्म हङकङमा ओमिक्रोन उप-भेरिएन्ट बाट संक्रमित कुल केस संख्या ११ पुगेको छ।
ओमिक्रोन उप-भेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित थप ९ वटा आयातित केसहरू हिजो रेकर्ड भएको थियो ।
ओमिक्रोन उप-भेरिएन्ट बिए.२.१२.१ संग संबंधित केसको कुल संख्या हङकङमा ७२ पुगेको छ। साथै हिजोको आयातितमा ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२ संबंधी २ वटा केस थपिएको थियो ।

.हङकङ आइल्यान्डको एउटा बारमा संक्रमणको अर्को क्लस्टर जन्मिएको छ। प्रकोपको यो क्लस्टर जन्मिएको स्थान हो – जेन्ट्रल क्लब, ४-५फ्लोर , क्यालिफोर्निया टावर,३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने कुल केस ११ रहेको थियो। संक्रमित हुने बिरामीहरूमा १७ देखि २९ वर्ष बीचका ६ पुरुष र ५ महिला थिए। उनीहरूले २१ मे बेलुका ११ बजेदेखि २२ मे बिहान ५ बजेसम्म क्लबमा रहेका थिए ।  तीमध्ये ९ जनाले  २ मात्रा  खोप लगाएका थिए भने २ जनाले ३ मात्रा  खोप लगाएका थिए । 
ती मध्ये १ जना पोक ओइ अस्पताल ताङ पुई किंग .मेमोरियल कलेजका एक २३ वर्षीय पार्टटाइम  बास्केटबल प्रशिक्षक थिए। उनले तालिम दिने  कक्षाका ६ जना विद्यार्थी पोजेटिभ भएका थिए । ती संक्रमित विद्यार्थीका नजिकको सम्पर्कमा २४ जना भन्दा बढी रहेका  थिए।

.इलेक्ट्रीकल एन्ड मेकानिकल सर्भिस डिपार्टमेन्टका कर्मचारीले शातिन स्थित कोर्टयार्ड म्यारियट होटेलको एउटा खाली  कोठा(कोठा नम्बर २८३५) बाट निस्केको दुषित हावा २८ औं तल्लाको करिडोरमा प्रशारण भएपछि अर्को कोठामा बसेका ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो  ।

. अपाङ्गता गृहमा काम गर्ने एक कर्मचारी संक्रमित भएका थिए र उनको संपर्कमा आएका २४ जनालाई क्लोज कन्ट्याक्टको सुचीमा राखिएको थियो ।

.डीएससी ( डेलिया स्कुल अफ क्यानाडा )  इन्टरनेशनल स्कुलबाट  एक संक्रमित केस थपिएको थियो । यो क्लस्टरबाट संक्रमित हुने केस संख्या ५ पुगेको छ जसमा एक टिचर र ४ जना विद्यार्थी परेका छ्न।
. हङकङ कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टर स्टाफ क्यान्टिनबाट संकलित पर्यावरणीय नमुनाको परिक्षण नतिजा नेगेटिभ आएको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
.मृत्यु हुनेमा एकजना दुई खोप लगाएका एक ७७ वर्षका पुरुष व्यक्ति परेका थिए ।
औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४३२
.क्रीटिकल  बिरामीको संख्या : २
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : ०
.निको भएको बिरामीको संख्या : ६१
.डिस्चार्ज भएको बिरामीको संख्या : ४२

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: २
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: ०

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,२१९
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,१८३

तपाईको प्रतिक्रिया