क्रान्ति सुब्बा

मे २७ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५०
.न्युक्लिक एसिड टेस्ट(पिसिआर) बाट पत्ता लागेको केस: १०५
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १४५
.कुल संक्रमित संख्या : १,२११,८५८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७६

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १०५ जनामध्ये २५ जना अस्पताल प्राधिकरणले, १८ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ६२ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : २९ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १३
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ११
.आयातित मध्ये एउटा केस रिपोजिटिभ पनि  परेको थियो जसमा अमेरिकाबाट आएकी एकजना २० वर्षकि महिला परेकी थिइन। हङकङ आएको आठौं दिनमा पोजिटिभ पुष्टि भएकी उनले दुबै मात्रा खोप लगाएकी थिइन।

.एक ४४ वर्षका कार्गो फ्लाइटका क्रीउ मेम्बर गत शनिबार र सोमबारका बीच कामको सिलसिलामा अमेरिका गएका थिए र हङकङ फर्किने क्रममा मे २६ तारीख बिहीबार पोजेटिभ पुष्टि भएका थिए ।

उनले बुस्टर खोप पाइसकेका छ्न र साई कुङमा बस्छन।  उनको केसको अनुसन्धान प्रक्रिया टुंगो नलागेका कारण तत्कालको लागि उनको केस आयातित केसको रूपमा सूचीबद्ध गरिएको थियो।

.सिंगापुरबाट आएका एक ३९ वर्षीय पुरुष (३ डोज खोप लगाएका ) र स्विडेनबाट आएका एक ३२ वर्षीय पुरुष ओमिक्रोन उप-भेरिएन्ट बिए.२.११.१ द्वारा पोजिटिभ पुष्टि भएका थिए । ३९ वर्षीय पुरुष शातिन कोर्टयार्ड म्यारियटको कोठा नम्बर २८३५ मा बसेका थिए र ३२ वर्षीय पुरुष भने पल्लो कोठामा बसेका थिए । उनलाई ३ डोज खोप लगाएका थिए  ।  ३२ वर्षीय पुरुषसँगै आएका अर्का एक यात्रु पनि पोजेटिभ भएका थिए ।

.विभिन्न १६ विद्यालय (७ वटा किन्डरगार्टेन, ७ वटा प्राइमरी स्कुल , ९ वटा हाइस्कुल) बाट १८ वटा केस आएका थिए । जसमा  १६ जना विद्यार्थी र दुई शिक्षक परेका थिए ।

डीएससी ( डेलिया स्कुल अफ क्यानाडा )  इन्टरनेशनल स्कुलमा एउटै कक्षाका दुई जना  विद्यार्थी र एक शिक्षक संक्रमित भएका थिए । त्यसै  कक्षाका अर्का एक विद्यार्थी बिहीबार पुष्टि भएको केस अन्तर्गत सूचीबद्ध गरिएका थिए । यसको अर्थ यो क्लस्टरबाट संक्रमित हुने केस संख्या चार पुगेको छ।

त्यस कक्षाका अन्य २० विद्यार्थीहरू सबैको परीक्षण नतिजा  नेगेटिभ आएको थियो  र स्वास्थ्य  केन्द्रले स्कूलको प्रभावित कक्षालाई अर्को सोमबारबाट स्थगित गर्न सिफारिस गरेको थियो ।

यसैबीच हङकङ कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टरमा एक ६३ वर्षीया महिला चौकीदार र एक  ५५ वर्षीया डिस वासर महिला  संक्रमित भएका थिए ।

बिहीबार रिपोर्ट गरिएको नयाँ सबभेरियन्ट बिए.२.१२.१ सँग सम्बन्धित चार नयाँ केसहरू मध्ये एक जना ती  ६३ वर्षीया महिला चौकिदार पनि थिइन।  उनी मुख्यतया भवनको तेस्रो तल्लामा काम गर्छिन र  सोमबार अन्तिम पटक  काममा गएकी थिइन ।  सोही दिन उनको परीक्षण पोजेटिभ आएको थियो ।
अर्कि ५५ वर्षकि संक्रमितको हकमा भने तिनले ती महिला चौकिदारलाई कहिले भेटेकी थिइनन तर मे २० र २३ तारीख बिहानको एउटै समयमा दुबै जना स्टाफ क्यान्टिनमा गएका थिए । ती ५५ वर्षकि महिला साइ यीङ पुनको वाटर स्ट्रीटमा बस्छिन।

स्वास्थ बिभागले हङकङ कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टरको क्लस्टरको सम्बन्ध ताइकु शिङको म्याकडोनाल्ड क्लस्टरसंग छ छैन तलास गरिरहेको छ।

. डिएनए विश्लेषण गरिएका केसमा  डेल्टा भेरिएन्ट शुन्य  थियो । १३८ वटा ओमिक्रोन केस थियो ।भाइरल लोड न्यून रहेका कारण ३६ वटा केसको नश्ल खुट्याउन सकिएन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
.मृत्यु हुनेमा एकजना दुई खोप लगाएका एक  ८२ वर्षका पुरुष परेका थिए । ऊनी अरु रोगबाट पनि पीडित भएकाले उनको मृत्यु कोभिडबाट नभएको हुनसक्ने अनुमान गरिएको थियो ।
औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४५१
.क्रीटिकल  बिरामीको संख्या : १
. सिरियस बिरामीको संख्या : १
.आइसियुमा कृटिकल बिरामीको संख्या : ७
.निको भएको बिरामीको संख्या : ५४
.डिस्चार्ज भएको बिरामीको संख्या : ३९
.२०२० सालदेखि निको भएको कुल बिरामीको संख्या :६२,४०४

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: २
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: २

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,२१६
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,१७२

तपाईको प्रतिक्रिया