क्रान्ति सुब्बा

मे २९ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २३७
.पिसिआरबाट पत्ता लागेको केस: १०८
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १२९
.कुल संक्रमित संख्या : १,२१२,०९५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७६

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १०८ जनामध्ये २१ जना अस्पताल प्राधिकरणले, १९  जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ६८ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ३७ जना
.एयरपोर्टमा पत्ता लागेको केस: १९
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १६

आयातित मध्ये २ वटा केस हङकङ भित्रिएको १२ दिनपछि समुदायमा पोजिटिभ पुष्टि भएका थिए र दुबै जनाले भ्याक्सिनको तेस्रो खुराक पनि प्राप्त गरेका थिए। ती दुबै जना क्रमशः थाइल्यान्ड र क्यानाडाबाट आएका थिए । 
आयातित केसमध्ये अमेरिकाबाट ७, सिंगापुरबाट ४, नेदरल्यान्ड्सबाट २,  बेलायतबाट ३, अष्ट्रेलियाबाट ४, क्यानाडाबाट ३,  फिलिपिन्सबाट २  भारतबाट २ जना  आएका थिए ।

.गत एक हप्ताको अवधिमा हङकङका विभिन्न स्कुलबाट जम्मा ८४ जना विद्यार्थी र २० जना शिक्षक संक्रमित भएका थिए ।

.हङकङको एउटा अर्को बारमा संक्रमणको नयाँ क्लस्टर जन्मिएको छ। आइरन फेरिज एन्ड जे. बोरोस्की नामक उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो बारबाट जम्मा ११ वटा केस आएका थिए । संक्रमित हुनेमा २४ देखि ३९ वर्ष बीचका १ पुरुष र १० जना महिला परेका थिए । जस मध्ये ५ जनाले दुई मात्रा खोप र ६ जनाले ३ मात्रा खोप लगाएका थिए । उनीहरु मे २१ तारीख बेलुकी ९ बजे देखि बिहान २ बजेसम्म बारमा बसेका थिए । तिनीहरु मध्ये ९ जनामा लक्षण देखिएको थियो । सबैजना स्थानीय समुदायमा बिद्यमान रहेको ओमिक्रोनबाट संक्रमित थिए ।

आइरन फेरिज बार, सेन्ट्रल हङकङ

.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप चारवटा केस थपिएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर,३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने कुल केस संख्या १५ पुगेको छ जसमा १० पुरुष र ५ महिला परेका छ्न । उनीहरूले २१ मे बेलुका ११ बजेदेखि २२ मे बिहान ५ बजेसम्म क्लबमा रहेका थिए ।  संक्रमित मध्ये १ जना बारको प्रवेश द्वारमा लाइन लागेर बसेको बेला भाइरसले भेटेको थियो । १४ जना संक्रमितमा हल्का मात्र लक्षण देखिएको थियो । संक्रमित मध्ये ३ जनाको परिवारका सदस्यहरु पनि रयापिड एन्टिजेन मार्फत पोजिटिभ पुष्टि भएका छ्न।
उक्त बारबाट २५ वटा वातावरणीय नमुना संकलन गरिएको थियो जसमा एउटा शौचालयको नमुना अनिश्चित रहेको थियो र बाकी नमुना सबैको नतिजा नेगेटिभ आएको थियो ।
शुरुमा संक्रमित हुनेमा १ जना पोक ओइ अस्पताल ताङ पुई किंग मेमोरियल कलेजका एक २३ वर्षीय पार्टटाइम  बास्केटबल प्रशिक्षक पनि परेका  थिए। उनले तालिम दिने  कक्षाका अरु एक जना भर्खरै संक्रमित भएका थिए । हालसम्ममा संक्रमित हुने विद्यार्थीको संख्या ७ जना पुगेको छ। ती संक्रमित विद्यार्थीका नजिकको सम्पर्कमा २४ जना भन्दा बढी रहेका  थिए।

जेन्ट्रल र आइरन फेरिज बारमा भेटिएका केसहरु अहिलेसम्म एकापसमा संबंधित भएका छैनन। दुइटै बार गएको कुनै केस फेला परेको छैन । यी दुई प्रकोपलाई एउटै समयमा दुई फरक स्थानमा जन्मिएका क्लस्टर भएको विश्वास गरिएको थियो ।

.अमेरिकाबाट आएका लोग्नेस्वास्नीबाट शुरु भएको सिटि प्लाजा क्वारी बे म्याकडोनाल्ड क्लस्टरबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ। जसमा चार वटा आयातित केस पनि  परेका छ्न । ती आयातितमा एक जना नेपाली पुरुष र उनको छोरा पनि परेका छ्न। सिटि प्लाजा म्याकडोनाल्डका आठ जना ग्राहक , डेलिया स्कुल  अफ क्यानाडाका ४ जना विद्यार्थी र एक जना शिक्षक र वान चाइमा काम गर्ने तीन जना व्यक्ति यस क्लस्टर अन्तर्गत परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
औसत मृत्यु दर : ०.७६४%

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४२७
.क्रीटिकल  बिरामीको संख्या : १३
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : ४
.निको भएको बिरामीको संख्या : ४५
.डिस्चार्ज भएको बिरामीको संख्या : ३५

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: २
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: ०

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,२२२
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,१८३

.चुन मुन अस्पतालको अर्थोपेडिक एन्ड ट्राउमाटोलोजी डिपार्टमेन्टका २ जना नर्स पनि पोजिटिभ पुष्टि भएका थिए ।

तपाईको प्रतिक्रिया