क्रान्ति सुब्बा

मे ३० तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७५
.पिसिआरबाट पत्ता लागेको केस: १२५
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १५०
.कुल संक्रमित संख्या : १,२१२,३७० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३७८

.आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १२५ जनामध्ये २३ जना अस्पताल प्राधिकरणले, १३  जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ८९ जना निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष ढंगले पुष्टि भएका थिए  ।

.आयातित केस संख्या : ४८ जना
.एयरपोर्टमा पत्ता लागेको केस: ३७
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : १०

आयातित मध्ये १ जना १९ वर्षका किशोर  हङकङ भित्रिएको ८ दिन पछि समुदायमा पोजिटिभ पुष्टि भएका थिए । ती युवक यो भन्दा अगाडि अमेरिकामा छ्दा पनि पोजिटिभ भएकाले उनको केस रिपोजिटिभ भएको आशंका गरिएको थियो ।
आयातित केसमध्ये अमेरिकाबाट ९, सिंगापुरबाट ४,फ्रान्सबाट ३,  बेलायतबाट ८, अष्ट्रेलियाबाट ४, क्यानाडाबाट २,  ताइवानबाट २, इन्डोनेसियाबाट २, स्पेनबाट २, पोल्यान्डबाट २, फिलिपिन्सबाट २ जना  आएका थिए ।

. नर्सिङ होमबाट आएको केस संख्या : १
.अपांग गृहबाट आएको केस संख्या : १

.हङकङका विभिन्न ३४ वटा स्कुलबाट  जम्मा ४५ वटा नयाँ केस आएको थियो जसमा ३७ जना विद्यार्थी र ७ जना शिक्षक संक्रमित भएका थिए ।
.डेलिया स्कुल  अफ क्यानाडा र ताङ पुई किंग मेमोरियल कलेजबाट ६ वटा नयाँ केस आएका थिए ।

.हङकङको सेन्ट्रलमा पछिल्लो पटक जन्मिएको  संक्रमणको नयाँ क्लस्टर  आइरन फेरिज एन्ड जे. बोरोस्की नामक बारबाट थप ११ वटा केस आएका थिए । उक्त बार रहेको ठेगाना हो – लोअर ग्राउन्ड , चाइनाचेम हलिवुड सेन्टर ,१ हलिवुड रोड, सेन्ट्रल। यो बारबाट सुरुमा आएका ११ वटा केस समेत गरेर कुल केस संख्या २२ पुगेको छ जसमा १६ देखि ४८ वर्ष बीचका ६ जना पुरुष र १६ जना महिला परेका छ्न। नयाँ केस अन्तर्गत आएका २ जना संक्रमितहरू जेन्ट्रल क्लबमा पनि गएको पत्ता लागेको छ। फेरिज बारबाट संकलित ३१ वटा पर्यावरणीय नमुनाको परिक्षण नतिजा नेगेटिभ आएको थियो ।

.हङकङको सेन्ट्रलमा रहेको जेन्ट्रल क्लस्टरबाट थप ८ वटा केस थपिएका थिए । जेन्ट्रल क्लबको ठेगाना हो- ४-५फ्लोर , क्यालिफोर्निया टावर,३२ डिएगुइलर स्ट्रीट, सेन्ट्रल । यो क्लस्टरबाट संक्रमित हुने कुल केस संख्या २३ पुगेको छ जसमा १७ देखि ३० वर्ष बीचका १३ पुरुष र १० महिला परेका छ्न ।

शुरुमा संक्रमित हुनेमा १ जना पोक ओइ अस्पताल ताङ पुई किंग मेमोरियल कलेजका एक २३ वर्षीय पार्टटाइम  बास्केटबल प्रशिक्षक पनि परेका  थिए। उनले तालिम दिने  कक्षाका अरु एक जना भर्खरै संक्रमित भएका थिए । हालसम्ममा संक्रमित हुने विद्यार्थीको संख्या ८ जना पुगेको छ।

.सेन्टर फर हेल्थ प्रोटेक्सनले ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित थप ४ वटा केस पत्ता लगाएको थियो । जस अन्तर्गत रहेका ३ जना मध्ये  एकजना ३५ वर्षीया महिला र एकजना ५ वर्षकि बालिका एउटै परिवारका सदस्य थिए र उनीहरु सिटिप्लाजाको  म्याकडोनाल्ड क्लस्टरसंग संबंधित थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१६५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २
औसत मृत्यु दर : ०.७६४%
.हिजो मृत्यु हुनेमा २ जना  क्रमशः ६५ र ८४ वर्षका महिला परेका थिए । दुबै जनाले खोपका दुबै मात्रा लगाएका थिए । ८४ वर्षकि मृतक नर्सिङ होम निवासी थिइन जसलाई स्ट्रोक भएको थियो ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४३०
.निको भएको बिरामीको संख्या : ३६
.डिस्चार्ज भएको बिरामीको संख्या : २३

.अस्पतालमा भर्ना हुने क्रममा पुष्टि केस: १
.अस्पताल भर्ना हुँदा पुष्टि भएका केसको क्लोज कन्ट्याक्ट: १

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,२३०
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,१९०

तपाईको प्रतिक्रिया