क्रान्ति सुब्बा

जुन ११ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८५१
.पिसिआरबाट पत्ता लागेको केस: ४९१
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३६० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

हङकङमा थप दुई  वटा नयाँ बारमा कोविड संक्रमणको प्रकोप देखा परेको छ। ती  बार हुन-(१) दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रलमा रहेको र्याक्स सिटी र (२) स्यङङ वानको ६२ जेर्भोइस स्ट्रिटमा रहेको एफएलएम नामक  एलजीबिटि (समलिङ्गी ) बार।

समलिङ्गी बार एफएलएमको दृष्य

र्याक्स सिटी बारबाट २१ देखि ३५ वर्षका नौ पुरुष र नौ महिला सहित १८ जना संक्रमित भएका थिए । केहि बिरामीहरूमा  सोमबार (जुन ६ तारीख ) लक्षणहरू देखा परेको थिए।

एफएलएम समलिङ्गी बारबाट २२ देखि ४४ वर्षका १२ पुरुष र एक महिला कोभिडबाट संक्रमित भएका थिए ।  बिरामीहरू मध्ये एक जना मे २७ तारीख  लिङक ( LINQ ) बार  गएका थिए र पोजिटिभ पुष्टि हुनु पुर्व जुन ४ तारीख उनी  एफएलएम बार  गएका थिए । स्वास्थ्य अधिकारीहरुले  यी दुई बार बीचको सम्बन्धलाई नियाली रहेछ्न।

लान क्वाइ फङको सप्फल बारबाट थप पाँच केस आएका थिए । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ११२ पुगेको छ।

.कुल संक्रमित संख्या : १,२१८,३६१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर )
.आयातित केस संख्या : ७४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३०
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३१
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १३

.तो क्वा वानको पो ल्यङ कुक लाम मान चान इङलिस प्राइमरी स्कूल, कक्षा ४ बीबाट  थप एक जना विद्यार्थीहरू संक्रमित भएका थिए । कक्षा ४ बीबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ।
यसै बिद्यालय कक्षा ६ए प्रकोप क्लस्टरका एक शिक्षकले प्राइमरी पाँचको गणित विषयको कक्षामा पढाएको पत्ता लागेको थियो र त्यो गणित कक्षाका दुइजना विद्यार्थी संक्रमित भएका थिए । संक्रमित विद्यार्थीसंग बसेर लन्च खाएका एक तेस्रो विद्यार्थी क्लोज कन्ट्याक्ट सुचीमा परेका थिए । यस  स्कुलबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ।

.आज हङकङमा  ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट २ संक्रमित केस दर्ता भएका थिए जसमा एक जना ५७ वर्षकी महिला परेकी थिइन जो क्वङ फुक रोड ताइ पो निवासी हुन । उनि एयरपोर्टमा रहेको क्याथे प्यासिफिक लन्जको किचनमा काम गर्छिन। अर्कि संक्रमित हुन एक ६१ वर्षकि वो चे स्टेट निवासी महिला ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३७३
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ५५ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ५०  “

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,६५१
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,५६९

तपाईको प्रतिक्रिया