क्रान्ति सुब्बा

जुन १३ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७३७
.पिसिआरबाट पत्ता लागेको केस: ३०५
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४३२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

पिसिआर प्रक्रियाबाट पुष्टि भएका ३०५ केसहरु मध्ये ४४ वटा केस अस्पताल प्राधिकरणबाट ,२० वटा केस स्वास्थ्य विभागको सार्वजनिक स्वास्थ्य ल्याबोरेटरी सेवाबाट र बाकी रहेका २४१ वटा केस प्राइभेट ल्याबोरेटरी र क्म्युनिटी टेस्टिङ सेन्टरहरुबाट आएका थिए ।
.आयातित केस संख्या : १०४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५४
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४१
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : ९
.कुल संक्रमित संख्या : १,२२०,५८१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९१( वर्ल्डोमिटर )

.एबर्डिनमा रहेको युत क्वान होम अपांग गृहबाट  आएको केस संख्या : ५ जना। जस मध्ये ३ जना एउटै कोठामा बस्थे भने २ जना भिन्नभिन्न कोठामा बस्थे । समुदायमा भएको क्रियाकलापमा पाँच जनाले नै सहभागिता जनाएका कारण  यो क्लस्टरको संक्रमण स्रोत स्थानीय समुदाय रहेकोे भनिएको छ  । यस गृहका ३६ जना निवासीलाई क्वारेन्टाइनमा लगिएको छ।
.१९३ वटा स्कुलबाट २७५ जना विद्यार्थी संक्रमित भएका थिए जसमा २१६ जना विद्यार्थी र ५९ जना स्टाफ परेका थिए । ४ वटा स्कुलमा संक्रमणको नयाँ क्लस्टर जन्मिएका थिए । ती स्कुल हुन   १. चाङ मुइ मिलेनियम स्कुल , स्यङ सुइ २.इन्टरनेसनल कलेज हङकङ, नर्थ डिस्ट्रीक्ट ३.डेबोरा एङलो चाइनिज किन्डरगार्टन (साइट २ वाम्पोआ गार्डन), हुङ हाम ४. किन साङ व्याप्टिस्ट चर्च ब्राडबरी प्री स्कुल, चुन मुन।

यसैबीच पो ल्यङ कुक लाम मान चान इङलिस प्राइमरी स्कुलको कक्षा ४बीमा एकजना विद्यार्थी पोजिटिभ  भएका थिए भने कक्षा ६ए बाट  पनि थप एक जना संक्रमित थपिएका थिए । जोइफुल वर्ल्ड किन्डरगार्टन(चुन किङ) बाट  २ वटा केस र मा थाउ वाइको पूई तो प्राइमरी स्कूलबाट  दुई वटा केस आएका थिए ।

.थप २१ जना ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित नयाँ  केस दर्ता भएका थिए । जसमा दुई जना  आयातितबाट र बाकी सबै स्थानीय रूपमा संक्रमित केस परेका थिए । तीन जना स्थानीय  संक्रमित भने हो मान तीन कन्स्ट्रक्सन साइटबाट आएका थिए ।

.ओमिक्रोन उप भेरिएन्ट  बिए.४ र बिए.५ बाट संक्रमित ६ वटा केस आएका थिए  जसमा ४ वटा केस  आयातितबाट परेको थिए ।

.रयाक सिटि भन्ने बारबाट तीन वटा नयाँ केस थपिएका थिए जसमा कस्टमर पनि  परेका थिए । बार रहेकोे वतन हो  – दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रल। यो बारबाट  संक्रमित हुने केसको संख्या २१ पुगेको छ ।

स्यङङ वानको ६२ जेर्भोइस स्ट्रिटमा रहेको एफएलएम नामक एलजीबिटि बारबाट थप ७ वटा केस आएका थिए जसमा एक जना कर्मचारी र ६ जना कस्टमर परेका थिए । यो समलिङ्गी एफएलएम बारबाट  संक्रमित हुने कुल केसको संख्या २४ पुगेको छ जसमा २२ जना कस्टमर र २ जना  स्टाफ परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३७१
.क्रीटिकल  बिरामीको संख्या : १५
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ३२ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : २७  “

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,६७७
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,६०१

तपाईको प्रतिक्रिया