क्रान्ति सुब्बा

जुन १२ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८१४
.पिसिआरबाट पत्ता लागेको केस: ३६४
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४५० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

पिसिआर प्रक्रियाबाट पुष्टि भएका ३६४ केसहरु मध्ये ५३ वटा केस अस्पताल प्राधिकरणबाट ,३७ वटा केस स्वास्थ्य विभागको सार्वजनिक स्वास्थ्य ल्याबोरेटरी सेवाबाट र बाकी रहेका २७४ वटा केस प्राइभेट ल्याबोरेटरी र क्म्युनिटी टेस्टिङ सेन्टरहरुबाट आएका थिए ।
.आयातित केस संख्या : १०६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६४
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३४
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : ८
.कुल संक्रमित संख्या : १,२१९,१७५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर )
१३

.हङकङमा थप दुई  वटा नयाँ बारमा कोविड संक्रमणको प्रकोप देखा परेको थियो । ती  दुई बार मध्ये एउटा हो – दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रलमा रहेको र्याक्स सिटी । यो र्याक्स सिटी बारबाट २१ देखि ३५ वर्षका नौ पुरुष र नौ महिला सहित १८ जना संक्रमित भएको रिपोर्ट हिजो आएको थियो  तर आज भने कुनै संक्रमित थपिएन। यो बारबाट संकलित १९ थान वातावरणीय नमुना १८ वटाको नतिजा नेगेटिभ आएको थियो तर स्विमिङ पुलको टेबुलबाट लिइएको एउटा नमुनाको नतिजा भने निस्चय भएको थिएन ।

स्यङङ वानको ६२ जेर्भोइस स्ट्रिटमा रहेको एफएलएम नामक एलजीबिटि बारबाट थप ४ वटा केस आएका थिए जसमा एक जना कर्मचारी र ३ जना कस्टमर परेका थिए । यो समलिङ्गी एफएलएम बारबाट २२ देखि ५७ वर्ष बीचका १६ जना पुरुष र एक महिला  गरेर जम्मा १७ जना संक्रमित भएका थिए  ।
.बितेका २ देखि ३ दिनको बीचमा मा थाउ वाइ स्थित पुइ तो प्राइमरी स्कुलको कक्षा २सीबाट ६ जना विद्यार्थी संक्रमित भएका थिए भने साम सोइ पो स्थित पो ल्यङ कुक चोइ काइ याउ स्कुलको ४इ कक्षाबाट ४ जना संक्रमित भएका थिए । उल्लेखित क्रमशः २९ र २८ जना विद्यार्थी भएका कक्षाहरु जुन १३ तारीख देखि लागू हुने गरि एक हप्ताको लागी निलम्बनमा परेको थियो ।

. हङकङमा आज आइतबार  थप १६ जना ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट शंकास्पद संक्रमित केस दर्ता भएका थिए जसमा एकजना चाहिँ पहिला नै संक्रमित केस भएको परिवारबाट आएका हुन जो घरमै क्वारेन्टाइन बसेका थिए ।
अन्यमा ताइकु सिङको लु सान मेन्सनको दुइटा युनिटबाट  ५ जना  र बाकी केसहरु वान चाइ, हो मान तिन,आँप लेइ चाउ,ताइ कोक चुइ,मङकोक,युन लङ,मा ओन सान र चुन मुनबाट  आएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३६१
.क्रीटिकल  बिरामीको संख्या : १५
. सिरियस बिरामीको संख्या : ७
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ४७ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ३५  “

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,६६०
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,५७०

तपाईको प्रतिक्रिया