क्रान्ति सुब्बा

जुन १५ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०४७
.स्थानीय केस संख्या : ९७१
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४७७
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४९४ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : ७६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३५
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३१
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १०
.कुल संक्रमित संख्या : १,२२१,८०८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९७,७००

. २ वटा नर्सिङ होम र २ वटा अपांग आश्रमबाट आएको केस संख्या  : ४ जना (कर्मचारी सहित) ।
.१२७ वटा स्कुलबाट १४७ जना विद्यार्थी संक्रमित भएका थिए जसमा १३५ जना विद्यार्थी र १२ जना शिक्षक  परेका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका मेडिकल तथा हेल्थ अफिसर अल्बर्ट आउले अहिले हङकङमा जुन रफ्तारले केस संख्यामा वृद्धि आएको छ त्यो अनपेक्षित थिएन  भनेका छ्न । कोभिड नियम खुकुलो तुल्याएपछि समुदायमा संक्रमण बढनु स्वाभाविक हो उनले भने।

तत्काल केस संख्यामा अति वृद्धि आउने कुनै ठोस आधार नभएको दाबी गर्दै  महामारीसंग जुध्ने आवश्यक प्रतिरोध क्षमता पनि समुदायले संचय गरिसकेको उनले बताए । केस संख्या बढे पनि क्रीटिकल केस र मृत्यु संख्याको अनुपात नर्मल रेन्जमा नै रहेको उनले उल्लेख गरे।

.थप २३ जना ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित नयाँ  केस दर्ता भएका थिए जसमा १ जना सिंगापुरबाट आएका पनि परेका थिए । ५ वटा केसको स्रोत खुल्न सकेको थिएन । ती अज्ञात स्रोतधारी केसहरु प्रीन्स एडवार्ड , वाम्पोआ, सातिनको हिन केङ स्टेट र चाइ वानको हेङ फा च्युन एरियाबाट आएका थिए ।
एउटा केसमा हो मान तीन स्थित पुइ चिङ मिडल स्कुलबाट आएकी एक १७ वर्षीया सेकेन्डरी पाँच कक्षाकि  विद्यार्थी परेकी थिइन। उनी एक पटक ६० जना सहपाठी र पाँच शिक्षकहरूसँगै पीस एभिन्यूको गउरमेट हटपट रेस्टुरेन्टमा भेला भएर खाना खाएकी थिइन।

जुन १० तारीखको उक्त जमघटमा भेला भएका अन्य पाँच विद्यार्थीहरूलाई  पनि कोभिडले समातेका थियो । ती मध्ये  तीन जना ती १७ वर्षीया विद्यार्थीसंगै एउटै टेबलमा बसेका थिए।  अन्य दुई जना भने फरक टेबलमा बसेका थिए । यो  क्लस्टरबाट ६ वटा संक्रमण केस आएका छ्न।

संक्रमित विद्यार्थीहरूको छेउमा बसेर खाना खाने अन्य दस सहपाठीहरूलाई क्लोज कन्ट्याक्ट सुचीमा राखिएको थियो । र तत स्कूलको पढाइलाई   आगामी आइतवार (जुन १९) सम्मका लागि स्थगित गर्नुपर्ने आदेश जारी भएको थियो । करिब ६० जना विद्यार्थीको पढाइमा अवरोध आएको छ।

.रयाक सिटि भन्ने बारबाट एउटा संक्रमित कस्टमर  थपिएका थिए  । बार रहेकोे वतन हो  – दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रल। यो बारबाट  संक्रमित हुने केसको संख्या २३ पुगेको छ ।

.स्यङङ वानको ६२ जेर्भोइस स्ट्रिटमा रहेको एफएलएम नामक एलजीबिटि बारबाट थप ५ वटा केस आएका थिए।  यो समलिङ्गी एफएलएम बारबाट  संक्रमित हुने कुल केसको संख्या ३३ पुगेको छ जसमा ३० जना कस्टमर र ३ जना  स्टाफ परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना । मृत्यु हुने एक ८३ वर्षकि खोप नलगाएकि महिला हुन ।उनी मुटुकलेजोको  समस्याबाट पीडित थिइन ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४१२
.क्रीटिकल  बिरामीको संख्या : १६
. सिरियस बिरामीको संख्या : ६
.आइसियुमा कृटिकल बिरामीको संख्या : ४
.निको भएको बिरामीको संख्या : ४८ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४३  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।

.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,८०९
. निको भएर काममा फर्किएका कर्मचारीको संख्या : २३,७१६

तपाईको प्रतिक्रिया