क्रान्ति सुब्बा

जुन १४ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७५२
.पिसिआरबाट पत्ता लागेको केस: ३४८
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४०४ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

पिसिआर प्रक्रियाबाट पुष्टि भएका ३६४ केसहरु मध्ये ५३ वटा केस अस्पताल प्राधिकरणबाट ,३७ वटा केस स्वास्थ्य विभागको सार्वजनिक स्वास्थ्य ल्याबोरेटरी सेवाबाट र बाकी रहेका २७४ वटा केस प्राइभेट ल्याबोरेटरी र क्म्युनिटी टेस्टिङ सेन्टरहरुबाट आएका थिए ।
.आयातित केस संख्या : ९७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ४०
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३९
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १८
.कुल संक्रमित संख्या : १,२२०,५८१ (वर्ल्डोमिटरले देखाएको )

.कुल निको भएको संख्या : १,१९७,४२८
. कुल मृत्यु संख्या: ९,३९१ ( वर्ल्डोमिटर )

.नर्सिङ होमबाट आएको केस : १ जना कर्मचारी । संक्रमितको सम्पर्कमा रहेका २९ जना निवासी र ९ जना कर्मचारीलाई क्वारेन्टाइनमा लाने व्यवस्था गरिएको थियो ।
.११२ वटा स्कुलबाट १३४ जना विद्यार्थी संक्रमित भएका थिए जसमा १०३ जना विद्यार्थी र ३१ जना स्टाफ परेका थिए । एउटा डान्स स्कुलका ६ जना विद्यार्थी र एक जना शिक्षक संक्रमित भएका थिए ।

आइल्याण्ड वाल्डोर्फ स्कूल, साई कुङ सेन्ट्रल ली सिउ याम मेमोरियल स्कूल, युन लङ पब्लिक सेकेन्डरी स्कूल, क्यानन किन्डरगार्टेन (चार्मिङ जीडीएन), र एसकेएच सेन्ट पिटर चर्च किन्डरगार्टन (क्यासल पीक) सहित पाँचवटा विद्यालयमा  संक्रमणको ससाना प्रकोप देखापरेका थिए ।

लगभग १० वटा विद्यालयहरूमा हालसालै संक्रमणको चेन देखापरेका थिए फलस्वरूप  केही कक्षाहरू निलम्बनमा परेका थिए । मन्त्री सोफिया चानले बताए अनुसार  केही विद्यालयहरूले तीन दिनसम्म कक्षा स्थगित गर्न पहल गरेका थिए तर तत्कालीन अवस्थामा सरकारले  विद्यालय बन्द गर्ने  कुनै निर्णय गरेको छैन ।

.थप २५ जना ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित नयाँ  केस दर्ता भएका थिए जसमा १० केसको संक्रमण स्रोत खुलेको थिएन ।
.ओमिक्रोन उप भेरिएन्ट  बिए.४ र बिए.५ बाट संक्रमित एउटा  केस आएको थियो । ती संक्रमित बिरामी रिगाला स्काइसिटिमा काम गर्ने एक ३९ वर्षकि महिला क्लिनर थिइन।

.रयाक सिटि भन्ने बारबाट एउटा  नयाँ केस थपिएका थिए  । बार रहेकोे वतन हो  – दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रल। यो बारबाट  संक्रमित हुने केसको संख्या २२ पुगेको छ ।

स्यङङ वानको ६२ जेर्भोइस स्ट्रिटमा रहेको एफएलएम नामक एलजीबिटि बारबाट थप ४ वटा केस आएका थिए जसमा एक जना कर्मचारी र ३ जना कस्टमर परेका थिए । यो समलिङ्गी एफएलएम बारबाट  संक्रमित हुने कुल केसको संख्या २८ पुगेको छ जसमा २५ जना कस्टमर र ३ जना  स्टाफ परेका छ्न।

खाद्य र स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले हङकङमा कोभिड केसको संख्या बढदो अवस्थामा रहेको र यो महिनाको अन्त सम्ममा संक्रमित केसको संख्या फेरि चार अंकमा पुग्ने अनुमान गरेकी थीइन।

चानले कोभिड नियम खुकुलो पार्ने तेस्रो चरणको सामाजिक दूरी सम्बन्धि नियम पनि कम्तीमा एक महिना सम्म लागु नहुने जानकारी दिइन। उनले रेस्टुरेन्टका थुप्रै संचालक तथा ग्राहकहरूले महामारी विरोधी नियम पालना गर्न असफल भएको कुरा अधिकारीहरुले पत्ता लगाएको बताइन।

सामुदायिक परीक्षण केन्द्र र मोबाइल परीक्षण स्टेशनबाट यो हप्ता ०.५३ प्रतिशतको दरले पोजेटिभ  केसहरु आएका थिए जब कि गत हप्ता ०.२९ प्रतिशतको दरले पोजिटिभ केस आएका थिए । यो हप्ता गत हप्ताको तुलनामा  तुलनामा झन्डै दोब्बर केस आएको देखिन्छ ।

चानले शहरमा ओमिक्रोन भेरिएन्ट समेत संलग्न रहेका अनगिन्ती संक्रमण स्रोतहरु अज्ञात रहेको खुलासा गरिन। जसमा हङकङका बारहरु पुन संचालनमा आएपछि ६ वटा बारहरुमा संक्रमणको नयाँ क्लस्टरहरु जन्मिए जहाँबाट ३५० भन्दा बढी केस आएका थिए ।

जुन १६ देखि जुन २९ तारीखसम्मको अबधिका लागि सबै ग्राहकहरुले बार र नाइटक्लबमा प्रवेश गर्नु अघि २४  घण्टा भित्रको अबधिमा आफ्नो एन्टिजेन टेस्ट नेगेटिभ आएको नतिजा देखाउनु पर्ने नियम सरकारले राखिदिएको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना । मृत्यु हुनेमा एक ७९ वर्षका दुई खोप लगाएका पुरुष परेका थिए । उनी मुटुको समस्याबाट पीडित थिए ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ३९१
.क्रीटिकल  बिरामीको संख्या : १५
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.निको भएको बिरामीको संख्या : ५५ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४७  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ३ जना।

तपाईको प्रतिक्रिया