क्रान्ति सुब्बा

जुन १६ तारीख बिहीबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,१७९
.स्थानीय केस संख्या : १,०८५
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४२३
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ६६२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : ९४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३८
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४३
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १३
.कुल संक्रमित संख्या : १,२२२,९८७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९७,९७९

. नर्सिङ होम र अपांग आश्रमबाट आएको केस संख्या: ०
.१०३ वटा स्कुलबाट ११३  संक्रमित केस आएका थिए जसमा ८३ जना विद्यार्थी र ३० जना शिक्षक  परेका थिए ।
कनान किन्डरगार्टेन (चार्मिङ जिडिएन) को क्लास K1NA बाट यो भन्दा अगाडि संक्रमित केस आएका थिए  । बिहीबार पनि अरु ३ वटा केस आएका थिए ।
स्वास्थ्य निकायले जुन २३ तारीख सम्मको लागि कक्षा निलम्बन गर्न सिफारिस गरेको थियो । यो स्कुलको दुइटा कक्षा यो भन्दा पहिले निलम्बनमा परेका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका मेडिकल तथा हेल्थ अफिसर अल्बर्ट आउले अहिले हङकङमा  केस संख्यामा वृद्धि हुनु स्वाभाविक थियो  भने। उनले थपे कोभिड नियम खुकुलो पारेर जनजीवनलाई सामान्य तुल्याउने क्रममा यस्तो भएको हो र हालमा आइरहेको केस संख्या नै अझै केहि समय यथावत रहने छ ।

तत्काल केस संख्यामा अति उच्च वृद्धि संभावना नरहे पनि  मास्क निरन्तर लाउने र संचो नहुने साथ टेस्ट गरिहाल्न आउले अनुरोध गरे।

.थप १९ जना ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित नयाँ  केस दर्ता भएका थिए । ७ जना संक्रमित अज्ञात स्रोतबाट आएका थिए  भने ८ वटा केस अज्ञात स्रोतबाट संक्रमित केससंग संबंधित थिए ।
.शंकास्पद ओमिक्रोन सबभेरिएन्ट बिए.४ र बिए.५ संग संबंधित ५ वटा नयाँ केस आयात भएका थिए ।

.रयाक सिटि भन्ने बारबाट एउटा संक्रमित कस्टमर  थपिएका थिए  । बार रहेकोे वतन हो  – दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रल। यो बारबाट  संक्रमित हुने केसको संख्या २४ पुगेको छ ।

.स्यङङ वानको ६२ जेर्भोइस स्ट्रिटमा रहेको एफएलएम नामक एलजीबिटि बारबाट थप एउटा केस आएका थिए।  यो समलिङ्गी एफएलएम बारबाट  संक्रमित हुने कुल केसको संख्या ३४ पुगेको छ जसमा ३१ जना कस्टमर र ३ जना  स्टाफ परेका छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१७९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०

.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४२२
.क्रीटिकल  बिरामीको संख्या : ७
. सिरियस बिरामीको संख्या : ९
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ५३ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४६  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।

तपाईको प्रतिक्रिया