क्रान्ति सुब्बा

जुन १७ तारीख शुक्रबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,१४५
.स्थानीय केस संख्या : १,०१४
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ३७९
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ६३५ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १३१ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६७
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ५४
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १०
.कुल संक्रमित संख्या : १,२२४,१३२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९३ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९८,२७३

. ४ वटा नर्सिङ होम संक्रमित भएका थिए। प्रत्येक होमबाट  एक जना स्टाफ संक्रमित थिए । ती हुन : १. फेथ होम फर एज्ड , स्यङ सुइ २.पो चुङ चुन यीङ होम फर एल्डर्ली , फेन लिङ ३.फुङ ताक लुथरन होम फर एल्डर्ली , डाइमन्ड हिल ४.लोक वाह एडल्ट ट्रेनिङ सेन्टर , ङाउ थाउ कोक।
.हो मान तीन कन्स्ट्रक्सन साइटबाट आएको केस : ३

.१२६ वटा स्कुलबाट १४५ संक्रमित केस आएका थिए जसमा १०२ जना विद्यार्थी र ४३ जना शिक्षक  परेका थिए ।
.नर्थ पोइन्ट स्थित सिसिसी क्वेइ वाह सान कलेजको 5W कक्षाबाट  चार वटा केस आएका थिए । एचकेएफवाइजि  ली शाउ कि कलेजको  सेकन्डरी एकको एउटा अंग्रेजी कक्षाबाट २ जना विद्यार्थी र एक जना टिचर संक्रमित भएका थिए भने मङ कोकको चार्मिङ गार्डेनमा रहेको कनान किन्डरगार्टेनको पिएन ग्रीन क्लासबाट एक केस आएको थियो ।

.जिनोम सिकुएन्सले प्रदान गरेको नतिजा अनुसार रयाक सिटि र एफएलएम बारका केसबाट आएको भाइरसको नमुना पहिल्यै संक्रमण भएको बार क्लस्टर सप्फल क्लब,आइरन फेरिज र लिन्क क्लबबाट आएका केसहरुसंग मेल खाएको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका मेडिकल तथा हेल्थ अफिसर अल्बर्ट आउले अहिले हङकङको दैनिक केस संख्या १,००० भन्दा बढी आउने गरेको भएता पनि अस्पताल भर्ना हुनेको रोगीको संख्या बढेको छैन र धेरै जस्तो बिरामीमा हल्का मात्र लक्षण भएको बताए ।

.थप १९ जना ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित नयाँ  केस दर्ता भएका थिए जसमा एक जना आयातित र १८ जना लोकल केस थिए  । ५ जना स्थानीय  संक्रमित अज्ञात स्रोतबाट आएका थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८०
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १
.मृत्यु हुनेमा एक ५८ वर्षकि खोप नलाएकी क्यान्सर रोगी महिला परेकी थिइन।

तपाईको प्रतिक्रिया