क्रान्ति सुब्बा

जुन १९ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,२७६
.स्थानीय केस संख्या : १,१६१
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४१६
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ७४५ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : ११५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५४
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४६
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १५
.कुल संक्रमित संख्या : १,२२६,६८४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९८,५७०

.प्रहरी अपरेसन डिपार्टमेन्टको एन्टि टेरोरिजम युनिटमा संक्रमणको प्रकोप सर्वप्रथम जुन १२ तारीख आइतबार देखा परेको थियो । यो प्रहरी क्लसटरबाट थप एउटा केस थपिएको थियोे र कुल संक्रमित केसको संख्या   २३ पुगेको छ। संक्रमित अधिकारीहरु उमेर १७ देखि ५० वर्ष बीचको रहेको छ।  यो युनिटमा जम्मा १३९ जना  प्रहरी रहेका छ्न जो तीन समुहमा विभक्त छ्न।संक्रमितहरु जम्मै एउटै समुहबाट थिए । अरु दुइटा समुहका ११६ जना अधिकारीहरुको एन्टिजेन र पिसिआर परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको थियो ।
अनुसन्धानले बताए अनुसार संक्रमितहरुले खाना खादा मास्क खोलेका थिए । काममा गएको बेला गाडीमा बसेर खाना खाएका थिए । खुल्ला ठाउँमा मास्क नलाइ व्यायाम गर्ने तथा चेन्जिङ रुममा नुहाउने काम पनि गरेका थिए ।

. आइतबार ३ वटा नर्सिङ होम संक्रमित भएका थिए जसमा एचके चाइनिज वमेन्स क्लब मेमोरियल केयर एन्ड एटेन्सन सेन्टर र हिउँ क्वङ नर्सिङ सेन्टर कम्पनी पनि परेका थिए । यी दुबै नर्सिङ होमका एकेक जना केयरगिवर संक्रमित भएका थिए । यसका साथै सातिन स्थित जोक्की क्लब होम फर हस्पाइसका एक निवासी पार्ट टाइम फिजिकल थेरापिस्ट संक्रमित भएका थिए ।

.थप १४ जना ( एक जना आयातित ) ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित भएका थिए। ती मध्ये ६ जना अज्ञात स्रोतबाट आएका थिए । २ वटा अज्ञात स्रोतवाला केसको सम्बन्ध अज्ञात स्रोतबाट संक्रमित केससंग रहेको थियो ।
हङकङमा बिए.२.१२.१ बाट संक्रमित हुने केसको संख्या २५० पुगेको छ। अमेरिकाबाट आएको एक दम्पतीबाट यो संक्रमण शुरु भएको थियो । कुल संक्रमित मध्ये ८० जनामा संक्रमण कताबाट भयो पत्ता लागेको छैन । संक्रमणको सबैभन्दा ठुलो क्लस्टर हो क्वारी बेको म्याक्डोनाल्ड जहाँबाट ४१ केस आएका थिए ।

.शंकास्पद ओमिक्रोन सबभेरिएन्ट बिए.४ वा बिए.५ संग संबंधित थप ७ वटा नयाँ केस आएका थिए जसमा चार वटा केस आयातित थिए भने ३ जना रिगाला स्काईसिटि होटलका एक संक्रमित स्टाफका परिवारका सदस्य थिए ।
हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २ जना पुरुष वर्ष ५२ र ८६ का।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४६१
.क्रीटिकल  बिरामीको संख्या : १५
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.निको भएको बिरामीको संख्या : ३८ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ३२ “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ८ जना।

तपाईको प्रतिक्रिया