क्रान्ति सुब्बा

जुन १८ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,२७६
.स्थानीय केस संख्या : १,१६०
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४३६
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ७२४ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : ११६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५६
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४४
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : १६
.कुल संक्रमित संख्या : १,२२६,६८४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९८,५७०

.प्रहरी अपरेसन डिपार्टमेन्टको एन्टि टेरोरिजम युनिटमा संक्रमणको प्रकोप सर्वप्रथम जुन १२ तारीख आइतबार देखा परेको थियो । यो प्रहरी क्लसटरबाट संक्रमित केसको संख्या २२ पुगेको छ। प्रहरी जन ओमिक्रोन सबभेरिएन्ट बिए.२.२ बाट संक्रमित थिए जुन भेरिएन्टबाट पाँचौ लहरको उत्कर्षमा धेरै मानिस संक्रमित भएका थिए ।हाल सम्ममा १३० देखि १४० जना प्रहरीले परिक्षण गरिसकेका छ्न र सबैको नतिजा नेगेटिभ आएको छ।

. यस पटकको संक्रमण जवान उमेर समुहमा बढी केन्द्रित भएको छ। वयोवृद्धहरु कम मात्रामा संक्रमित भएको अधिकारीले जनाए ।

. २ वटा नर्सिङ होम संक्रमित भएका थिए। फेङ लिङ स्थित  फङ वङ वुन तेइ होम फर एल्डर्ली भन्ने एक नर्सिङ होमबाट एक जना कर्मचारी संक्रमित भएका थिए । त्यस नर्सिङ होमका ३३ जना वासिन्दा र ५ जना कर्मचारी क्लोज कन्ट्याक्ट सुचीमा परेका थिए । अर्को नर्सिङ होम हो लेइ मुक शु एस्टेट स्थित युन युन नर्सिङ होम कम डे केयर सेन्टर फर एल्डर्ली  । यस नर्सिङ होमवासी एक जना संक्रमित भएका थिए जुन १७ तारीखका दिन। त्यसपछि ५ जना निवासी र ४ जना कर्मचारी क्लोज कन्ट्याक्टको सुचीमा परेका थिए ।

.आज स्कुलहरुबाट कुनै केस आएन। यद्यपि गत २४ घन्टाभित्र स्कुलबाट थप आठ वटा केस आएका थिए । गत सात दिनमा विभिन्न स्कुलबाट ७९७ वटा केस आएका थिए ।

.थप १३ जना (२ वटा आयातित, ११ वटा ) ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित नयाँ  केस दर्ता भएका थिए। ती मध्ये दुई जना स्थानीय केस अज्ञात स्रोतबाट आएका थिए । ५ वटा केसको सम्बन्ध दुई वटा   अज्ञात स्रोतबाट संक्रमित केससंग रहेको थियो ।

.शंकास्पद ओमिक्रोन सबभेरिएन्ट बिए.४ वा बिए.५ संग संबंधित एउटा नयाँ केस आयात भएको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८०
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ० .अस्पतालमा भर्नारत बिरामीको संख्या : ४३३
.क्रीटिकल  बिरामीको संख्या : १७
. सिरियस बिरामीको संख्या : ८
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ५१ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४२  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।

तपाईको प्रतिक्रिया