क्रान्ति सुब्बा

जुन २१ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,१९८
.स्थानीय केस संख्या : १,०७६
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४२९
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ६४७ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १२२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६९
.कुल संक्रमित संख्या : १,२३०,६५६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९७ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९९,६७२

.आर्टिस्टी ट्रेनिङ अलुम्नाइ एसोसिएसन केयर एन्ड एटेन्सन होम नामक नर्सिङ होमका एक कर्मचारी पोजिटिभ भएका थिए जसका कारण ६ जना निवासी क्वारेन्टाइनमा जानुपर्ने भएको थियो ।

.हङकङका १४४ वटा स्कुलबाट १७७ वटा नयाँ केस आएका थिए जसमा १४३ जना विद्यार्थी र ३४ जना शिक्षक परेका थिए । ९७ वटा केस मंगलबार बिहान रेकर्ड गरिएका हुन भने ८० वटा केस अघिल्लो समयमा  रेकर्ड गरिएका थिए । गत सात दिनको अवधिमा ४५ वटा स्कुल प्रत्येकबाट २ वा सोभन्दा बढी केस रिपोर्ट गरिएका थिए ।

स्वास्थ्य अधिकारीहरूले थप दुई वटा कक्षाहरू निलम्बन गर्न सिफारिस गरेका थिए । जस मध्ये  एउटा क्वुन तङ स्थित डिस्ट्रीक्ट बिजनेस वेल्फेयर एसोसिएसन स्कुल (FDBWA) सेटो हो माध्यमिक विद्यालयको कक्षा 2C थियो। ३४ जना विद्यार्थी भएको उक्त  कक्षाका  हालसम्म चार जना संक्रमित भएका छ्न।

यसैबीच चुन वानको सेन्ट फ्रान्सिस जेभियर्स कलेजको दुईवटा अतिरिक्त क्रियाकलाप समुहमा संक्रमणको प्रकोप बिस्तार भएको थियो । जसमा एउटा बास्केटबल टोली पनि परेको थियो । जुन टिमका १७ जना विद्यार्थीहरूले जुन १७ मा सम्पन्न प्रशिक्षणमा भाग लिएका थिए र सात जना पोजिटिभ पुष्टि भएका थिए ।

१४ जना विद्यार्थी भएको मोइ थाई बक्सिङ कक्षाका तीन जना  विद्यार्थी र एक शिक्षक पोजिटिभ पुष्टि भएका थिए ।

सेन्ट स्टीफन्स कलेजको कक्षा 5Y बाट  हिजो तीनवटा केस आएको थियो र आज थप चार केस थपिएका थिए । जसमा एउटै कक्षाका दुई जना विद्यार्थी, एक शिक्षक र अघिल्लो केसको एक रूममेट समावेश थिए ।

स्वास्थ्य अधिकारी चुआङले पोजेटिभ पुष्टि केसहरूको संख्या बिस्तारै अझै बढने अपेक्षा गरिएको बताइन। र अधिकारीहरूले प्रकोपको प्रवृत्तिलाई नजिकबाट अनुगमन गरिरहेका छन उनले भनिन। 

.ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट थप १४ जना स्थानीय संक्रमित भएका थिए र संक्रमित जनमा प्रोटिन स्ट्रेन L452Q भएको शंका गरिएको थियो। ती मध्ये एउटा केस सिसिसी( C.C.C) केई वान प्राइमरी स्कूल (एल्ड्रिच बे) बाट हिजो रिपोर्ट भएको थियो र यस केससंग संबंधित अन्य चार  केस पनि उप भेरिएन्ट BA.2.12.1 बाट संक्रमित भएको हुन सक्ने शंका गरिएको थियो ।
हङकङमा बिए.२.१२.१ बाट  संक्रमित आयातित  केस संख्या २०० पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५०९
.क्रीटिकल  बिरामीको संख्या : १४
. सिरियस बिरामीको संख्या : ११
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.निको भएको बिरामीको संख्या : ५४ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ५० “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,९१९
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,७८०

तपाईको प्रतिक्रिया