क्रान्ति सुब्बा

जुन २० तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,३२७
.स्थानीय केस संख्या : १,१८६
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४३५
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ७५१( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १४१ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७२
.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४६
.७ दिने क्वारेन्टाइन सकिएपछि पत्ता लागेको केस : २७
.कुल संक्रमित संख्या : १,२२८,०११ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९६ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,१९९,१११

.सेन्टर फर हेल्थ प्रोटेक्सन संक्रामक रोग शाखाकि प्रमुख चुवाङ सुक क्वानले हङकङमा यस पटक संक्रमण संख्याको वृद्धि पाचौं लहरको शुरूवातमा जस्तो ह्वात्तै नबढेको टिप्पणी गरिन। संक्रमित केसको संख्या दोब्बर हुन झन्डै १० देखि १४ दिन लाग्यो जसको अर्थ हो अधिकांस नागरिकमा रोग प्रतिरोध शक्ति स्थापित भैसकेको छ कि त धेरैले खोप लगाइसकेका छ्न उनले बताइन। तथापि अहिले बढदो क्रममा रहेकोे केस संख्या बढन  कहिले रोकिने हो अनुमान गर्न कठिन रहेको उल्लेख गरिन।

. ४ वटा नर्सिङ होम संक्रमित भएका थिए । जसमा पाँच वटा केस काउलुन स्थित लन्जिभिटी प्यालेस- रेन्बो भिल्ला लिमिटेडबाट आएका थिए र पाँचै जना उक्त नर्सिङ होमका निवासी थिए ।

.हङकङका २८९ वटा स्कुलबाट ४०८ वटा नयाँ केस आएका थिए जसमा ३३५ जना विद्यार्थी र ७३ जना शिक्षक परेका थिए । १०८ वटा केस सोमबार बिहान रेकर्ड गरिएका हुन भने १२५ वटा केस आइतबार रेकर्ड गरिएका थिए । शनिबारको दिन १०८ र शुक्रबारको दिन ६७ वटा केस रेकर्ड भएका थिए । संक्रमणको प्रकोपमा परेका ६ वटा स्कुलका विभिन्न कक्षाहरु निलम्बनमा परेका थिए । कुल १३० वटा स्कुलमा गएको सात दिनमा २ जना भन्दा बढी संक्रमित देखिएका थिए ।

विद्यालयहरु आपसमा क्रस इन्फेक्सन नहोस भनेर निलम्बनमा परेका छ वटा विद्यालयका कक्षाहरू हुन –  चाइ वान कोक क्याथोलिक प्राथमिक विद्यालयको कक्षा 3D र 5C ,  सेन्ट स्टीफन कलेजको कक्षा 5Y; वाइकोम्ब एबे स्कुल हङकङको कक्षा 7B; सि.सि.सि. केई वान प्राथमिक विद्यालय (एल्ड्रिच बे) को कक्षा SC;  एस.के.एच. सेन्ट बेनेडिक्ट स्कूलको कक्षा 3A;  र एचके एफवाइजी ली शाउ की कलेजको कक्षा १ बी।

विद्यालयमा भएको संक्रमणको प्रसारणले अझै सम्पूर्ण विद्यालयलाई असर गरेको छैन चुवाङले भनिन।  उनले हरेक दिन सात लाख भन्दा बढी विद्यार्थी र एक लाख भन्दा बढी शिक्षकहरूको कोभिड परिक्षण भैरहेको  जानकारी दिइन।

.थप ४ जना  ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट  संक्रमित भएका थिए। ती मध्ये ६ जना अज्ञात स्रोतबाट आएका थिए ।
हङकङमा बिए.२.१२.१ बाट  संक्रमित केस संख्या २११ पुगेको छ।

. ओमिक्रोन सबभेरिएन्ट बिए.४ बाट संक्रमित केस संख्या हङकङमा ३४ पुगेको छ भने  बिए.५ बाट संक्रमितको संख्या हङकङमा ६२ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना ५३ वर्षका पुरुष जसले कोभिडको दुई खोप लाएका थिए । जुन १८ तारीख उनको मुटुको ढुकढुकी बन्द भएपछि कृत्रिम स्वास दिइएको थियो र जुन १९ तारीख उनले प्राण त्यागेका थिए । मृतक ठुलो आन्द्राको क्यान्सरबाट पीडित थिए ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ४८६
.क्रीटिकल  बिरामीको संख्या : १६
. सिरियस बिरामीको संख्या : ९
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ४१ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ३२ “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,८८२
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,७६३

तपाईको प्रतिक्रिया