क्रान्ति सुब्बा

जुन २२ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,४४७
.स्थानीय केस संख्या : १,३२३
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ५८३
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ७४० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १२४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७४

.कुल संक्रमित संख्या : १,२३२,३०६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२००,०००

.२ वटा नर्सिङ होम र ३ वटा अपांग गृहबाट आएको केस संख्या : ५ । क्लोज कन्ट्याक्ट सुचीमा परेर क्वारेन्टाइन जानुपर्ने व्यक्ति : ६ जना निवासी ।


कोभिड परिक्षण गर्ने ठेक्का लिएका टेस्टिङ कन्ट्रयाक्टर कम्पनी  सनराइज डायग्नोस्टिक सेन्टरले हिजो हङकङ जुहाइ मकाउ ब्रीज( HZMB ) पोर्टको बोर्डर कन्ट्रोल पोइन्टमा हङकङ बाहिर जाने क्रममा रहेका १३६ जना यात्रुको नतिजा पोजेटिभ वा अनिश्चित रहेको रिपोर्ट गरेको थियो । फलस्वरूप उनीहरुलाई हाल जारी नियम अनुसार  शहर छोडने अनुमति दिइएको थिएन।

नेगेटिभ नआएका ति १३६ वटा नमूना पुन परिक्षणको लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । केन्द्रले थप परिक्षण गर्दा  केवल तीन वटा मात्रै पोजेटिभ र नौ वटा अनिश्चित नतिजा  आएको थियो  ।

केन्द्रिय प्रयोगशालाले उक्त  बन्दरगाहमा रहेको प्रयोगशाला दूषित भएको हुनसक्ने आशंका गरेको थियो र जसले गर्दा परीक्षणको नतिजा असामान्य हो भनेको थियो ।

स्वास्थ्य अधिकारीहरूले प्रयोगशाला र सम्बन्धित उपकरणहरू तुरुन्तै कीटाणुरहित गरि  प्रयोगशाला सामान्य सञ्चालन गर्न केन्द्रलाई निर्देशन दिएको चुआङले बताइन।

यस विषयमा  गहिरो छानबिन गरी यो साताभित्र जतिसक्दो चाँडो पूर्ण प्रतिवेदन बुझाउन परिक्षण सेवा प्रदायक केन्द्रलाई भनिएको थियो ।

.हङकङका १६५ वटा स्कुलबाट १९० वटा नयाँ केस आएका थिए जसमा १५९ जना विद्यार्थी र ३१ जना शिक्षक परेका थिए ।

क्रिस्चियन एण्ड मिसनरी एलायन्स (C&MA) सन केई प्राइमरी स्कूल (पिंग शेक) को कक्षा 4D बाट तीनवटा केस आएका थिए । २४ जना विद्यार्थी भएको उक्त  कक्षा स्थगित गर्न सिफारिस गरिएको थियो ।

सेन्ट स्टीफन्स कलेजबाट तीन वटा नयाँ केस आएका थिए । एउटै छात्रावासको फरक कोठाहरूबाट यी केस आएका थिए । ६१ विद्यार्थी भएका छात्रवासको उक्त तल्लाबाट कुल ९ वटा केसहरू रेकर्ड भएका छ्न।

यसैबीच क्वुन तङ स्थित डिस्ट्रीक्ट बिजनेस वेल्फेयर एसोसिएसन स्कुल (FDBWA) सेटो हो माध्यमिक विद्यालयको कक्षा 2C बाट दुई वटा नयाँ केस थपिए  र सेन्ट फ्रान्सिस जेभियर कलेज बास्केटबल टोलीबाट  तीन वटा केस आएका थिए ।

.ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट थप ७ जना संक्रमित थपिएका थिए जसमा ५ संक्रमित केसको स्रोत खुलेको थिएन ।
.एयरपोर्टको फेडेक्स एक्प्रेसमा काम गर्ने एक जना स्थानीय कर्मचारी ओमिक्रोन सब भेरिएन्ट बिए.४ अथवा  बिए.५ बाट संक्रमित भएको शंका गरिएको थियो । दैनिक रयापिड टेस्ट गर्ने क्रममा जुन १८ तारिख उनी पोजिटिभ भएका हुन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना ६४ वर्षीया फोक्सोको क्यान्सरबाट पीडित दुई खोप लगाएकी  महिला थिइन।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५०९
.क्रीटिकल  बिरामीको संख्या : १५
. सिरियस बिरामीको संख्या : १०
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या :७३ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ६० “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ६ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,९४८
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,७८९

तपाईको प्रतिक्रिया