क्रान्ति सुब्बा

जुन २३ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,६५०
.स्थानीय केस संख्या : १,५२२
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ५५९
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ९६३ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १२८ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ४८
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :६३
.क्वारेन्टाइन अबधि समाप्ति पश्चात पत्ता लागेको केस : १७

.कुल संक्रमित संख्या : १,२३२,३०६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२००,०००

.४ वटा नर्सिङ होमबाट आएको केस संख्या : ४ ( दुई जना कर्मचारी , २ जना वासिन्दा )
कोभिड परिक्षण गर्ने ठेक्का लिएका टेस्टिङ कन्ट्रयाक्टर कम्पनी  सनराइज डायग्नोस्टिक सेन्टर हङकङ जुहाइ मकाउ ब्रीज( HZMB ) पोर्टको कन्ट्रोल पोइन्टको प्रयोगशालाबाट आएको केसलाई पुन परिक्षण गर्दा थप ३ वटा केस पोजिटिभ आएका थिए जस अन्तर्गतका दुईवटा केस पोजेटिभ नै रहेकोे र एउटा केसको नतिजा सुनिश्चित भएको थिएन ।

.हङकङका १५५ वटा स्कुलबाट १७२ वटा नयाँ केस आएका थिए जसमा १३५ जना विद्यार्थी र ३७ जना शिक्षक परेका थिए । सेन्ट जोसेफ्स एङलो चाइनिज प्राइमरी स्कुलको कक्षा ६सीबाट तीन जना विद्यार्थी संक्रमित भएपछि उक्त कक्षालाई निलम्बन गर्न सिफारिस गरिएको थियो ।
सेन्ट फ्रान्सिस जेवियर्स कलेज बास्केटबल टिमका एक जना सदस्य र एक जना क्लोज कन्ट्याक्ट पोजेटिभ पुष्टि भएका थिए । यो क्लस्टरबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ जसमा ११ जना टिम मेम्बर र एकजना क्लोज कन्ट्याक्ट परेका छ्न।

.ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट थप ३८ जना संक्रमित थपिएका थिए जसमा २५ संक्रमित केस चुन मुन स्थित भिक्टोरिया हार्वर चाइनिज रेस्टुरेन्टसंग संबंधित थिए । रेस्टुरेन्टको ठेगाना हो- सोप नम्बर ३१२, लेवल-३ , चेल्सी हाइटस,शेक पाई ताउ पाथ , चुन मुन , न्युटेरिटोरिज। संक्रमित हुनेमा २४ जना कस्टमर र एक जना कस्टमरको परिवारको सदस्य परेका थिए र सबै जना जुन १६ तारीख बेलुकी खाना खान गएका थिए तर ती एकजना संक्रमित परिवारका सदस्य भने रेस्टुरेन्ट गएका थिएनन। दुई जना संक्रमित चुन मुन स्थित ताइ हिङ स्टेटको हिङ ताइ हाउस निवासी हुन जो भिक्टोरिया रेस्टुरेन्ट गएका  थिए । यो क्लस्टरबाट संक्रमित हुनेमा २६ जना कस्टमर र एक जना क्लोज कन्ट्याक्टमा पतेका छ्न। ७ देखि ८ परिवार संक्रमणको प्रकोपमा परेका थिए ।
जुन १६ तारीख रेस्टुरेन्टमा खाना खान गएका सम्पूर्ण ग्राहक वर्गलाई अनिवार्य कोभिड परिक्षणमा जानुपर्ने आदेश जारी गरिएको थियो भने रेस्टुरेन्टले उपस्थित ग्राहकको भ्याक्सिन पास रेकर्ड पेश गर्नुपर्नेछ भनिएको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ । मृत्यु हुनेमा एक  ८०  वर्षका पुरुष थिए जो उच्च रक्तचाप र कोरोनरी हार्ट डिजिजबाट पीडित थिए जसले दुई मात्रा खोप लगाएका थिए ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५१३
.क्रीटिकल  बिरामीको संख्या : १०
. सिरियस बिरामीको संख्या : १०
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या :७० ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ५८ “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२३,९८५
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,८१२

तपाईको प्रतिक्रिया