क्रान्ति सुब्बा

जुन २४ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,८६०
.स्थानीय केस संख्या : १,७२१
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६१०
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,१११ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १३९ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६७
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५७
.क्वारेन्टाइन अबधि समाप्ति पश्चात पत्ता लागेको केस : १५

.कुल संक्रमित संख्या : १,२३५,९६० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२००,५३३

सरकारले जुन २३ तारीख  बिहीबार राति नवनिर्वाचित कार्यकारी प्रमुख जोन ली का-चिउ प्रशासनका भावी  मुख्य सचिव एरिक चान क्वोक-की र संवैधानिक तथा  मुल भूमि मामिलाका  नवनियुक्त  सचिव एरिक चाङ क्वोक-वाइ कोभिड-१९ बाट संक्रमित भएको जानकारी दिएको थियो । र अहिले उनीहरु क्वारेन्टाइनमा रहेको बताइएको थियो ।

जब पत्रकारले चान र चाङको संक्रमणमा ओमिक्रोन सबवेरिएन्ट समावेश छ वा छैन र यो संक्रमणको सम्बन्ध कुनै निजी जमघटसंग जोडिएको छ कि भनेर सोध्दा चुआंगले केही विशेष व्यक्तिको बारेमा जानकारी खुलासा नगर्ने बताइन।

जुलाई १ तारीख हुन गइरहेको हङकङ हस्तान्तरणको २५ औं वर्षगाँठ र लीको मन्त्रिपरिषदको उदघाटन समारोहमा उपस्थित हुन चान र चाङको क्वारेन्टाइन आदेश खुल्ला गरिन्छ वा गरिन्दैन भन्ने प्रश्नलाई पनि उनले पन्छाएकी थिइन।

उनले क्लोज कन्ट्याक्ट अर्थात “निकट सम्पर्क” भन्ने  शब्दले कस्तो अर्थ बोक्छ भन्नेमा कुरालाई पनि स्पष्ट पारेकी थिइन। संक्रमित पुष्टि भएका बिरामीसँग उठबस गर्ने र मास्क बिना संक्रमितहरु संलग्न भएका गतिविधिहरूमा भाग लिने व्यक्तिहरूलाई नै निकट संपर्कमा रहेको व्यक्ति भनिन्छ उनले भनिन।

.४ वटा नर्सिङ होमबाट केहि केस आएका थिए ।
.ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ द्वारा संक्रमित जम्मा २१ वटा केस थपिएका थिए जसमा ६ वटा केसको संक्रमण स्रोत खुलेको थिएन।

.हङकङका १६३ वटा स्कुलबाट १९९ वटा नयाँ केस आएका थिए जसमा १६४ जना विद्यार्थी र ३५ जना शिक्षक परेका थिए ।
युन लङ स्थित एस के एच बिसप बेकर सेकेन्डरी स्कुलको कक्षा सीबाट ३ वटा केस आएको थियो फलस्वरूप उक्त कक्षाको पढाइ एक हप्ताको लागि बन्द गरिएको थियो ।
चुन वान स्थित सेन्ट फ्रान्सिस जेवियर्स कलेज बास्केटबल टिमका एक जना सदस्य र स्टेन्ली स्थित सेन्ट स्टेफन्स कलेजबाट एक जना संक्रमित थपिएका थिए  ।

. चुन मुन स्थित भिक्टोरिया हार्वर चाइनिज रेस्टुरेन्ट आउटब्रेक क्लस्टरबाट सात जना कस्टमर र ३ जना  क्लोज कन्ट्याक्ट गरि जम्मा १० वटा नयाँ केस थपिएको थियो । रेस्टुरेन्टको ठेगाना हो- सोप नम्बर ३१२, लेवल-३ , चेल्सी हाइटस,शेक पाई ताउ पाथ , चुन मुन , न्युटेरिटोरिज। यो क्लस्टरबाट संक्रमित हुनेको कुल संख्या ३७ पुगेको छ। जसमा ६ वर्ष देखि ६९ वर्ष बीचका २० जना पुरुष र १३ जना महिला गरि ३३ जना ग्राहक र ४ जना क्लोज कन्ट्याक्ट परेका थिए । यहाबाट संकलन गरिएको १९ थान पर्यावरणीय नमुना सबैको रिपोर्ट नेगेटिभ आएको थियो । जुन १६ तारीख त्यहाँ खाना खान गएका २७० भन्दा बढी कस्टमरलाई अनिवार्य क्वारेन्टाइनमा पठाइएको थियो ।


हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ० ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५५२
.क्रीटिकल  बिरामीको संख्या : १०
. सिरियस बिरामीको संख्या : ११
.आइसियुमा कृटिकल बिरामीको संख्या : २
.निको भएको बिरामीको संख्या :६१ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ५४ “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : १ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,०२१
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,८२१

तपाईको प्रतिक्रिया