क्रान्ति सुब्बा

जुन २५ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,७९४
.स्थानीय केस संख्या : १,६८०
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६२०
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,०६० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : ११४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६०
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :४८
.क्वारेन्टाइन अबधि समाप्ति पश्चात पत्ता लागेको केस :६

.कुल संक्रमित संख्या : १,२३७,८७७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२००,७६१

.अस्पताल प्राधिकरणकि पेसेन्ट सेफ्टी एन्ड रिस्क म्यानेजमेन्ट प्रमुख सारा होले हालमा वृद्धि भएको कोभिड बिरामीको संख्यालाई व्यवस्थापन गर्न अहिलेको अस्पताल संयन्त्र सक्षम छ , कुनै पनि अस्पताललाई छुट्टै कोभिड अस्पतालमा रुपान्तरण गर्न जरुरी छैन भनिन।
शनिबार बिहानको एक रेडियो कार्यक्रममा अर्का स्वास्थ्य अधिकारी लाउ का हिनले ५० प्रतिशत  कोभिड संक्रमितले ओगटेको अस्पताललाई अब कोभिड अस्पतालमा बदल्नु पर्छ भन्ने  सुझाव दिएपछि सारा होले यस्तो प्रतिक्रिया दिएकी थिइन।



. चुन मुन स्थित भिक्टोरिया हार्वर चाइनिज रेस्टुरेन्ट आउटब्रेक क्लस्टरबाट थप ३ जना कस्टमर संक्रमित भएका थिए ।  रेस्टुरेन्टको ठेगाना हो- सोप नम्बर ३१२, लेवल-३ , चेल्सी हाइटस,शेक पाई ताउ पाथ , चुन मुन , न्युटेरिटोरिज। यो क्लस्टरबाट संक्रमित हुनेको कुल संख्या ४० पुगेको छ। जसमा २ जना फु ताइ एल्डर्ली होम नामक नर्सिङ होमका स्टाफ परेका थिए ।
नर्सिङ होमका ती दुई स्टाफ जून १६ तारीख उक्त रेस्टुरेन्ट गएका थिए । संक्रामक रोग शाखाकि प्रमुख चुवाङ सुक क्वानले यी दुइ जना पहिला रेस्टुरेन्टमा संक्रमित भए र उनीहरुबाट नै नर्सिङ होम क्लस्टरमा थप संक्रमण बढेको शंका गरिन। अधिकारीहरु अझै रेस्टुरेन्टको भेन्टिलेसन सिस्टम निरिक्षण गरिरहेको जानकारी च्वाङले दिइन।
फु ताइ एलडर्ली होममा संक्रमित जनको संख्या १२ पुगेको छ जसमा ७ जना वासिन्दा र ५ जना स्टाफ परेका छ्न। साथै अर्को एउटा नर्सिङ होम र तीन वटा अपांग आश्रम पनि संक्रमित भएका थिए र प्रत्येक गृहबाट एकेक वटा केस आएका थिए ।


हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ० ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ५५८
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : १२
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या :३०( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ७१  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ८ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,१२५
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,९०९

तपाईको प्रतिक्रिया