क्रान्ति सुब्बा

जुन २७ तारीख सोमबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,८७३
.स्थानीय केस संख्या : १,७१९
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६०९
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,११० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १५४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७०

.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५८
.क्वारेन्टाइन अबधि समाप्ति पश्चात पत्ता लागेको केस : २६

.कुल संक्रमित संख्या : १,२४१,४३५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०१,१८८

.हङकङमा बिए.२.१२.१ बाट संक्रमित १५ वटा नयाँ  केस थपिएका थिए । ती मध्ये पाँच जना चुन मुनको भिक्टोरिया हार्बर रेस्टुरेन्टसंग संबंधित थिए भने तीन वटा केस अज्ञात स्रोतबाट आएका थिए।
चुन मुनको उक्त रेस्टुरेन्टको ठेगाना हो- सोप नम्बर ३१२, लेवल-३ , चेल्सी हाइटस,शेक पाई ताउ पाथ , चुन मुन , न्युटेरिटोरिज।
यस रेस्टुरेन्टमा गएका ४१ जना ग्राहक हालसम्म संक्रमित भएका छ्न। इलेक्ट्रीकल एन्ड मेकानिकल सर्भिस डिपार्टमेन्टले यस भिक्टोरिया हार्बर रेस्टुरेन्ट निरीक्षण कार्य समाप्त गरिसकेको छ। ताजा हावाको मात्रा यथेष्ट नभएर  र प्रति घण्टा हावा परिवर्तन दर तोकिएको मापदण्ड भन्दा कम भएकोले रेस्टुरेन्टमा यो प्रकोप भएको निष्कर्ष अनुसन्धानले निकालेको थियो ।

. बिए.४ वा बिए.५ बाट संक्रमित ९ वटा केस थपिएका थिए । जसमध्ये छ वटा आयातित केस थिए। संक्रमितमा एक जना खोप नलाएकी ६ वर्षीया वालिका पनि परेकी जो हुङ हमको लगुना भर्डमा बस्थिन  र गुड होप स्कूल (किन्डरगार्टन) मा पढ्थिन। उनी अन्तिम पटक जुन २२ मा स्कूल गएकी थिइन।

.३३५ वटा  विद्यालयहरूबाट ४६४ केस रिपोर्ट गरिएका थिए ।  सात वटा कक्षाहरू निलम्बन हुने सुचीमा परेका थिए ।
प्रभावित कक्षाहरू हुन- युनाइटेड क्रिश्चियन कलेज (काउलुन इस्ट) को कक्षा 4A, S.R.B.C.E.P.S.A. लु क्वङ फाइ मेमोरियल स्कुलको कक्षा 4B , एबीसी पाथवे इन्टरनेशनल किन्डरगार्टनको कक्षा K2B, चाइना लिमिटेडको युन लङ चर्च चर्च अफ क्राइस्ट इन चाइना लिमिटेड चान क्वङ किन्डरगार्टनको कक्षा K3, पुई चिङ मिडिल स्कूलको कक्षा 2F, HHCKLA बौद्ध वाइ क्वङ का फुक किन्डरगार्टनको कक्षा K1B, र  SKH काइन्डली लाइट चर्च होलि कार्पेन्टर किन्डरगार्टनको दिउँसोको एउटा  कक्षा।

तीन  वटा नर्सिङ होमका ४ जना स्टाफ र २ जना वासिन्दा संक्रमित भएका थिए  । ती नर्सिङ होम हुन  –  तुङ सिन तान होम फर द एजड, वोङ ताई सिन स्थित  ओएसिस नर्सिङ होम, र युन लङ पाइन केयर प्लेस,युन लङ ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ० ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ६२५
.क्रीटिकल  बिरामीको संख्या : ११
. सिरियस बिरामीको संख्या : १५
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या :५२ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४४  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : १ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,१९३
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,९३४
.प्रीन्स अफ वेल्सबाट  डिस्चार्ज भएर होम क्वारेन्टाइनमा रहेका एक जना बिरामी आज पोजिटिभ पुष्टि भएका थिए । यो अस्पताल क्लस्टरबाट संक्रमित हुनेको संख्या ९ जना पुगेका छ्न जसमा वार्डका ५ जना बिरामी र ४ जना कर्मचारी परेका थिए ।

तपाईको प्रतिक्रिया