क्रान्ति सुब्बा

जुन २६ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,९१७
.स्थानीय केस संख्या : १,७९९
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६४२
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,१५७ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : ११८ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६२
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :४८
.क्वारेन्टाइन अबधि समाप्ति पश्चात पत्ता लागेको केस :३

.कुल संक्रमित संख्या : १,२३७,८७७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२००,७६१

.शातिनको प्रीन्स अफ वेल्स अस्पतालबाट दुइटा  केस आएका थिए जसमा एक जना नर्स र क्लिनिकल अनकोलोजी डिपार्टमेन्टका सेवा सहायक परेका थिए ।दुबै जनाको अवस्था अहिले खतरा बाहिर रहेकोे छ।

उक्त अस्पतालको क्लिनिकल ओन्कोलोजी क्लस्टरमा जम्मा आठ जना पोजिटिभ पुष्टि भएका छ्न।  र संक्रमण बढेपछि अहिले नयाँ बिरामी र भिजिटर आउनमा रोक लगाइएको छ र वार्डलाई निलम्बन गरिएको छ।  वार्डलाई राम्ररी सफा र कीटाणुरहित गरिएको छ। अस्पताल प्राधिकरणले बिरामीहरूको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेछ, र स्वास्थ्य संरक्षण केन्द्रसँग आवश्यक  संपर्क कायम गर्नेछ भनिएको छ।

औरा नर्सिङ होमका दुई जना बासिन्दा र दुई जना कर्मचारी  साथै कल्चर होम्स एल्डरली लिभिङ (हुङ हम) का नाइट सिफ्ट स्टाफ  संक्रमित भएका थिए र  करिब ७० जना प्रभावित व्यक्तिलाई  क्वारेन्टाइनमा राखिएको थियो।

फु ताई एल्डरली होमबाट तीनवटा केस थपिएका थिए र ती सबै बासिन्दा हुन। यो क्लस्टर अन्तर्गत  हालसम्म १० बासिन्दा र पाँच जना  कर्मचारी संक्रमित भएका छ्न।

डिस्ट्रीक्ट बिजनेस वेल्फेयर एसोसिएसन स्कुल (FDBWA) सेटो हो माध्यमिक विद्यालयको कक्षा 3C बाट  चार वटा केस  रिपोर्ट गरिएको थियो । र एक हप्ताको लागि निलम्बन गरिनेछ भनिएको थियो ।

आइतवार सेन्ट स्टीफन्स कलेजको अर्को महिला छात्रावासमा तीन विद्यार्थी र एक कर्मचारी पोजेटिभ भएका थिए फलस्वरूप  एउटै तल्लामा रहेका नौ जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने आदेश जारी गरिएको थियो ।

पुष्टि भएका तीन विद्यार्थीहरू कक्षा 4 डी मा थिए र सोही कक्षाका अर्का विद्यार्थी पनि संक्रमित थिए।  कक्षा एक साताका लागि स्थगित हुने भएको थियो ।

यसअघि चुन मुनको का चोई लेनमा BA.4 वा BA.5 बाट संक्रमित  संदिग्ध केसहरू थिए, जसका परिवारका सदस्यहरू क्वारेन्टाइनमा थिए र क्वारेन्टाइनमा भएको बेला उनीहरु पनि पोजेटिभ भएका थिए ।

हङकङमा बिए.२.१२.१ बाट संक्रमित ११ वटा केस थपिएका थिए । ती मध्ये दुई जना चुन मुनको भिक्टोरिया हार्बर रेस्टुरेन्टका ग्राहक थिए। आज थपिएका केस समेत गरेर चुन मुन रेस्टुरेन्ट क्लस्टरबाट ३८ ग्राहक र चार जना  नजिकका सम्पर्कमा रहेकाहरू संक्रमित भएका थिए। जसमा पाँच वटा केस अज्ञात स्रोतका रहेका  थिए।
रेस्टुरेन्टको ठेगाना हो- सोप नम्बर ३१२, लेवल-३ , चेल्सी हाइटस,शेक पाई ताउ पाथ , चुन मुन , न्युटेरिटोरिज।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८५
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ० ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ६०१
.क्रीटिकल  बिरामीको संख्या : ११
. सिरियस बिरामीको संख्या : १२
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या :५१ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ४८  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ० जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ० जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,१५४
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,९१२

तपाईको प्रतिक्रिया