क्रान्ति सुब्बा

जुन २८ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,६८५
.स्थानीय केस संख्या : १,५३३
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६०३
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ९३० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १५२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८६
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५४
.क्वारेन्टाइन अबधि समाप्ति पश्चात पत्ता लागेको केस : १२

.कुल संक्रमित संख्या : १,२४३,४३९ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,३९९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०१,४३७

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित २८  केस थपिए जसमा ११ वटा केसको स्रोत खुल्न सकेन। र बिए.४ र बिए.५ बाट संक्रमित १६ वटा नयाँ  केस थपिएका थिए जसमा १२ वटा आयातित र ४ वटा केस लोकल थिए ।


.जुन १६ तारीख जन्मिएको चुन मुन स्थित भिक्टोरिया हार्बर रेस्टुरेन्ट क्लस्टरबाट आज आएको एक ७० वर्षका संक्रमित समेत गरेर संक्रमित हुने कस्टमरको संख्या ४२ पुगेको छ भने ४ जना क्लोज कन्ट्याक्ट संक्रमित भएका छ्न।। करिब २७० जना ग्राहकले कोभिड परिक्षण गरिसकेका छ्न र धेरै जसोको नतिजा नेगेटिभ आइसकेको छ।
चुन मुनको उक्त रेस्टुरेन्टको ठेगाना हो- सोप नम्बर ३१२, लेवल-३ , चेल्सी हाइटस,शेक पाई ताउ पाथ , चुन मुन , न्युटेरिटोरिज।
चुन मुनका दुइ वटा ब्लकबाट ४ वटा केस आएका थिए । सान किङ एस्टेटमा रहेको किङ अन हाउसबाट ३ वटा केस र ताइ हिङ एस्टेटमा रहेको हिङ वाइ हाउसबाट एउटा केस आएको थियो ।


.एउटा नयाँ इन्फेक्सन क्लस्टर मंक कोक स्थित मोकोको जेड गार्डन रेस्टुरेन्टमा  जन्मिएको छ जहाँबाट चार वटा संक्रमित केस आएका थिए ।
सेन्टर फर हेल्थ प्रोटेक्सनले जारी गरेको अनुसन्धान अनुसार चुन मुन रेस्टुरेन्ट क्लस्टरका एक जना संक्रमित जुन १९ तारीख दिउँसो तिर जेड गार्डन रेस्टुरेन्ट गएका परिवारको एक जना सदस्यलाई भेट्न गएका थिए ।
ती संक्रमितले भेटेका एक परिवारका ती सदस्य पनि पछि संक्रमित भएका थिए । त्यसै दिन मङ कोक रेस्टुरेन्टमा खान गएका तीन जना ग्राहक र एक जना वेटर संक्रमित भएका थिए ।

.१७२ वटा  विद्यालयहरूबाट २०२ वटा केस रिपोर्ट गरिएका थिए । गत साता ७९ वटा स्कुल प्रत्येकबाट २ वटा भन्दा बढी केसहरु आएका  थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ । मृत्यु हुनेमा एक जना डबल खोप प्राप्त गरिसकेकी ८८ वर्षीया नर्सिङ होम निवासी महिला परेकी थिइन। एशिया वर्ल्ड एक्स्पोमा क्वारेन्टाइन बसेको बेला उनलाई ज्वरो आएको थियो र एन्टिजेन टेस्टबाट उनको रिजल्ट पोजेटिभ आएको थियो । जुन २५ तारीख शनिबार उनी अस्पताल भर्ना भएकी थिइन र २७ तारीख सोमबार उनको मृत्यु भएको थियो ।


.अस्पतालमा भर्नारत बिरामीको संख्या : ६४५
.क्रीटिकल  बिरामीको संख्या : १३
. सिरियस बिरामीको संख्या : १५
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ७१ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ६४  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ० जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ० जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,२३४
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२३,९६१

क्वारेन्टाइन अबधि अब ५ दिन हुने ?

हङकङ सरकारले तोकिएको क्वारेन्टाइन होटलमा सात दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने प्रावधानलाई घटाएर ५ दिन बनाउने गृहकार्य गरिरहेको कुरा स्रोतले स्थानीय मिडियालाई  जनाएको छ। ५ जोड २ (५+२) स्किम अन्तर्गत आउने यो योजना लागु भएमा विदेशबाट आउने जोकोहीले तोकिएको क्वारेन्टाइन होटेलमा पाँच दिन क्वारेन्टाइन बस्नुपर्नेछ र दुई दिन होम क्वारेन्टाइन बस्नुपर्नेछ।
आवश्यक पुर्व तयारीका सम्पूर्ण जस्तै पिसिआर टेस्ट सिस्टमलाई छिटोछरितो र भरपर्दो तुल्याउने लगायतका कार्य  समाप्त भएपछि सरकारले संबंधित तथ्यांकको थप मुल्यांकन गर्नेछ र क्वारेन्टाइन संबंधी प्रावधानलाई खुकुलो पार्ने कुरा स्रोतले जनाएको छ।

हालको प्रावधान अनुसार दुई खोप प्राप्त  हङकङ भित्रीएका यात्रुले तोकिएको क्वारेन्टाइन होटेलमा सात दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ या त १४ दिन नै होटेल क्वारेन्टाइन बस्दा पनि हुने अन्यथा  क्वारेन्टाइन सकिएपछि अरु सात दिन होम क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था रहेको छ।

हुन त नवनिर्वाचित कार्यकारी प्रमुख जोन लिले केहि समय अगाडि अन्तर्राष्ट्रिय समाजसंग जोडिएका सिमानाहरु कसरी पुन खोल्न सकिन्छ र कोभिड विरुद्धको नियमले आगन्तुक यात्रुमाथि पार्ने असरलाई कसरी कम गर्न सकिन्छ भन्ने उपायको खोजी गम्भिरपुर्वक गरिएको बताएका थिए ।
नवनियुक्त स्वास्थ्य मन्त्री लो चुङ-माउले पनि हङकङमा क्वारेन्टाइन अवधिलाई छोट्याएर पाँच दिन बनाउन सकिने आधार रहेको बताए। हङकङ बाहिरबाट आउने केवल १ प्रतिशत मात्रै यात्रुहरू कोरोनाभाइरसबाट संक्रमित भएको तथ्यको आधारमा उनले यसो भनेका हुन।

लोले जुलाई १ तारीख आफुले पदभार ग्रहण गरेपछि हङकङ भित्रीने यात्रु माथि लागु भएको प्रतिबन्धलाई खुकुलो पार्ने यी नयाँ उपायहरूलाई प्रस्तावको रूपमा सदनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। 

अर्कोतर्फ, मुल भूमि चीनबाट आउनेहरूले हालमा दुई हप्ताको केन्द्रीकृत आइसोलेसन र त्यसपछि घरमा सात दिनको चिकित्सा निगरानीमा बस्नुपर्ने नियम छ जसमा आइसोलेसन अवधिलाई घटाएर सात दिन र चिकित्सा निगरानीलाई घटाएर तीन दिन बनाउने प्रस्ताव गरिएको छ।

जुन २९ तारीख हङकङका माइक्रोवायोलोजिस्ट हो पाक ल्यङले हङकङ भित्रीने यात्रुले व्यतीत गर्नुपर्ने क्वारेन्टाइन अवधि घटाएर तीन दिन बनाउनु पर्ने र चिकित्सा निगरानी सहितको होम आइसोलेसन चार दिनको हुनुपर्ने  कुरामा जोड दिएका छ्न ।

चार दिने मेडिकल सर्भाइलेन्स अर्थात चिकित्सा निगरानी सहित आइसोलेसनमा बसेकाहरुलाइ रेस्टुरेन्ट ,बार,ब्युटी सेलुन र फिट्नेस सेन्टर जान मनाही गर्नुपर्छ उनले भने। तर उनिहरुलाइ जागीरमा जाने छुट दिनुपर्छ तर पोइन्ट टु पोइन्ट सिस्टम लागू गरेर।

तपाईको प्रतिक्रिया