क्रान्ति सुब्बा

जुन २९ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,००४
.स्थानीय केस संख्या : १,८४९
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ७८८
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,०६१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १५५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६५
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ६३
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २७

.कुल संक्रमित संख्या : १,२४५,७९७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०१ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०१,६८८

अस्पताल प्राधिकरण गुणस्तर तथा मापदण्ड विभागका प्रमुख प्रबन्धक लाउ का-हिनले  युनिभर्सिटी अफ हङकङले प्रक्षेपण गरेको अनुमानलाई अगाडि सार्दै  कोभिड–१९ को यो लहर जुलाईको आरम्भदेखि  मध्य जुलाईसम्ममा उत्कर्षमा पुग्ने बताए । यही स्तरको संक्रमण दरलाइ धान्न  २ हजार बेड आवश्यक पर्ने अपेक्षा गरिएको छ ।

अहिलेको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण मुद्दा भनेको नै अतिरिक्त बेडको ढुवानी संबंधित ठाउँमा गर्न सक्नु हो उनले  भने।
उनले अस्पताल प्राधिकरणसंग ४८ घण्टामा २ हजार र दुई हप्तामा ११ हजार ५ सय शय्या बढाउन सक्ने क्षमता रहेको जानकारी दिए।

अधिकारीहरूले सर्वप्रथम  नर्थ लान्ताउ अस्पतालमा ती बेडलाई प्रयोगमा ल्याउनेछन् र बेडको उपयोग दर ५० प्रतिशतभन्दा बढी भएमा आइसोलेसन केन्द्रहरु पुन खोल्ने बिषय उपर विचार गरिनेछ र संभवत  एसियावर्ल्ड-एक्सपो पनि  पुन संचालनमा आउनेछ भनिएको छ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित २५  केस थपिएका थिए जसमा १३ वटा केस अज्ञात स्रोतबाट आएका थिए । यी १३ वटा अज्ञात स्रोतवाला केस संग संबंधित अरु १० वटा क्लोज कन्ट्याक्ट संक्रमित केस आएका थिए । बिए.४ र बिए.५ बाट संक्रमित १५ वटा नयाँ  केस थपिएका थिए जसमा ३ वटा केस आयातित थिए भने ४ वटा केस लोकल अज्ञात स्रोतवाला थिए ।

.१८६ वटा  विद्यालयहरूबाट २१७ वटा केस रिपोर्ट गरिएका थिए र अरु तीन वटा कक्षाहरु निलम्बनको सुचीमा परेको थियो ।
प्रभावित कक्षाहरूमा तिन शुई वाइ सरकारी माध्यमिक विद्यालयको कक्षा 4C, आवर लेडी अफ लुर्डेस क्याथोलिक किन्डरगार्टनको बिहानको कक्षा र होप यात चर्च चान पाक वाङ मेमोरियल किन्डरगार्टनको एउटा कक्षा समावेश थिए ।

. तीनवटा नर्सिङ होमबाट नयाँ केसहरू आएका थिए । ती नर्सिङ होम हुन शा तीन स्थित न्यू लाइफ साइकियाट्रिक रिह्याबिलिटेसन एसोसिएसन, साई कुङ स्थित सेज तुङ लिन कोक युन होम फर एल्डर्ली  र साउदर्न डिस्ट्रीक्ट स्थित  सेज गुआन क्वान केयर एन्ड एटेन्सन फर एल्डर्ली होम।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ० ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ६७१
.क्रीटिकल  बिरामीको संख्या : १३
. सिरियस बिरामीको संख्या : १४
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ८० ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ६५  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ३ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,२९८
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,०१२

तपाईको प्रतिक्रिया