क्रान्ति सुब्बा

जुलाई १ तारीख शुक्रबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,३१८
.स्थानीय केस संख्या : २,१६५
.आयातित केस संख्या : १५३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८५
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ४७
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २१

.कुल संक्रमित संख्या : १,२५०,३४२(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०२,१८६

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ३१  केस थपिएका थिए जसमा १९ वटा केस अज्ञात स्रोतबाट आएका थिए ।  ६ जना संक्रमित १९ जना संक्रमित केसका पारिवारिक सदस्य थिए ।

बिए.४ र बिए.५ बाट संक्रमित ३६ वटा नयाँ शांकास्पद   केस थपिएका थिए जसमा १९  वटा  केस आयातित र ९ वटा अज्ञात स्रोतवाला लोकल केस थिए । जस मध्ये तीन केसको संबन्ध ९ वटा अज्ञात केससंग रहेकोे थियो । जस मध्ये ७ जना संक्रमित  क्वुन तङको हटपट फुडी  रेस्टुरेन्टमा जुन २४ तारीख गएको पत्ता लागेको थियो । यो हटपट क्लस्टरबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ। बिरामीमा बिहिवार देखि आइतबारको बीचमा लक्षण देखिएको हो।

.४ वटा नर्सिङ होमबाट आएको केस संख्या : ५ जना जसमा २ जना कर्मचारी र ३ जना वासिन्दा थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना जो एक ८८ वर्षकि नर्सिङ होम निवासी दिर्घ रोगी महिला थिइन । केहि समय अघि उनलाई स्ट्रोक भएको थियो । उनलाई डिमेंसिया (मनोभ्रंस) रोग पनि लागेको थियो ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ६६६
.क्रीटिकल  बिरामीको संख्या : १२
.निको भएको बिरामीको संख्या : ९४ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ७४  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,३८२
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,०७८

जुलाई २ तारीखको केस विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,२२७
.स्थानीय केस संख्या : २,०८४
.पिसिआरबाट पुष्टि केस: ७१४
.एन्टिजेनबाट पुष्टि केस: १३,७०
.आयातित :१४३
.२४ घन्टा भित्र भएको मृत्यु संख्या : ३ जना
.पाँचौ लहरबाट  मृत्यु हुनेको संख्या :९,१९२
.हङकङको कुल मृत्यु संख्या :९,४०५
.ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१बाट संक्रमित कुल केस : ५९९
.ओमिक्रोन सब भेरिएन्ट बिए.४ र बिए.५ बाट संक्रमित हुनेको संख्या क्रमशः ३५ र ७५ रहेको छ।

. चाबा नाम गरेको टाइफुनको गतिले सिग्नल नम्बर ८ समातेपछि  जुलाई २ तारिखको नियमित कोभिड प्रेस ब्रीफिङ स्थगित गरिएको थियो । र विज्ञप्ति मार्फत केस विवरण सार्वजनिक गरिएको थियो ।
.हङकङ सरकारले इस्ताम्बुलबाट आउने टर्किस एयरलाइन्स फ्लाइट नम्बर TK070 लाई जुलाई तीन तारिख देखि ७ तारीख सम्मको लागि हङकङ आउन प्रतिबन्ध लगाएको छ। जुन ३० तारीखको हवाई उडानमा तोकिएको संख्या भन्दा बढी यात्रु संक्रमित भएपछि अवतरणमा प्रतिबन्ध लागाइएको हो।

तपाईको प्रतिक्रिया