क्रान्ति सुब्बा

जुन ३० तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,३५८
.स्थानीय केस संख्या : २,१९६
.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ८२३
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,३७३( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )

.आयातित केस संख्या : १६२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७४
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ७०
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १८

.कुल संक्रमित संख्या : १,२४८,११५(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०१,९३७

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ८  केस थपिएका थिए जसमा ६ वटा केस अज्ञात स्रोतबाट आएका थिए ।  बाकी रहेकोे दुई जना संक्रमित ६ वटा केसका पारिवारिक सदस्य थिए । बिए.४ र बिए.५ बाट संक्रमित २८ वटा नयाँ शांकास्पद   केस थपिएका थिए जसमा १५  वटा  केस आयातित र ९ वटा लोकल केस अज्ञात स्रोतवाला थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका प्रीन्सिपल मेडिकल अफिसर अल्बर्ट आउले बिए.४ र बिए.५ संग संबंधित केसहरु अज्ञात स्रोतबाट हालैमा प्रशस्त आएकाले यो सबभेरिएन्ट स्थानीय समुदायमा फैलिसकेको बताए ।

अधिकारीहरुले यथाशीघ्र संबंधित  केसहरुलाई अलग्गै छुट्याउने साथै उनीहरुको परिवारलाई पनि आइसोलेसनको व्यवस्था गर्नेछ ,आउले बताए।

उनले अगाडि थपे- हालमा यो बिए.४ र बिए.५ बाट पुन संक्रमित भएको केस भेटिएको छैन र यसको संक्रमण दर जतिसुकै उच्च भए पनि यसले मानिसलाई गम्भीर रूपमा बिमार वा मृत्युमा लगेको प्रमाण भेटिएको छैन।

.१४८ वटा विद्यालयहरूबाट १९२ वटा केस बुधबार  रिपोर्ट गरिएका थिए र फेङ लिङ काउ यान कलेजको 3LY कक्षा निलम्बनको सुचीमा परेको थियो ।

.संक्रमित नर्सिङ होमको संख्या : २
.संक्रमित अपांग आश्रमको संख्या : ५  
.दुइटै आश्रमबाट आएको केस संख्या : ८

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१८८
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २ जना ८५ र ९८ वर्षका महिला ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ६९२
.क्रीटिकल  बिरामीको संख्या : १२
. सिरियस बिरामीको संख्या : १३
.आइसियुमा कृटिकल बिरामीको संख्या : ३
.निको भएको बिरामीको संख्या : ८९ ( गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ७५  “
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,३४८
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,०५२

तपाईको प्रतिक्रिया