क्रान्ति सुब्बा

जुलाई ३ तारीख आइतबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,८२८
.स्थानीय केस संख्या : १,६८१
.पिसिआरबाट पुष्टि केस संख्या :४३७
.एन्टिजेनबाट पुष्टि केस : १,२४४
.आयातित केस संख्या : १४७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८०
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ५८
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ९

.कुल संक्रमित संख्या : १,२५२,१७० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०२,४५३

.स्वास्थ्य अधिकारी अल्बर्ट आउले हस्तान्तरण समारोहमा उपस्थित भएका संक्रमित केसको विवरण दिन चाहेनन। केसबारे सामान्य छानबिन हुने उनले बताए ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित २३ केस थपिएका थिए जसमा २० वटा केस अज्ञात स्रोतबाट आएका थिए । 
.क्वुन स्थित हटपट फुडी क्लस्टरबाट तीन वटा केस थपिएका थिए र ती सबै कस्टमर थिए । यो क्लस्टरबाट हालसम्ममा १४ जना ग्राहक  संक्रमित भएका छ्न। संक्रमितहरु ८ वटा टेबुलमा बसेका थिए । रेस्टुरेन्टले महामारी नियन्त्रण संबंधी नियम उलंघन गरेको थिएन । सबै स्टाफ तथा पर्यावरणीय नमुनाको नतिजा नेगेटिभ आएको थियो ।
रेस्टुरेन्टको भेन्टिलेसनले संबंधित मापदण्ड पुरा गरेको थियो र रेस्टुरेन्टमा संक्रमित हुनेमा ओमिक्रोन सबभेरिएन्ट बिए.४ र बिए.५ को संलग्नता रहेको हुन सक्ने आउले बताए। र यो अरु सब भेरिएन्ट भन्दा बढी संक्रामक मानिन्छ। यो सब भेरिएन्ट रेस्टुरेन्टमा प्रशारण भएको यो पहिलो चोटि थियो ।
रेस्टुरेन्टकि ठेगाना हो – सोप-सी, ग्राउन्ड फ्लोर,मोन्टरी प्लाजा,१५ चिङ यीप स्ट्रीट,क्वुन तङ।

बिए.४ र बिए.५ बाट संक्रमित २८ वटा नयाँ शांकास्पद   केस थपिएका थिए जसमा ३ वटा  केस आयातित र २५ वटा अज्ञात स्रोतवाला  र केहि ती अज्ञात केसको संसर्गमा रहेका लोकल केस थिए ।

अधिकारीहरुले छानबिनको क्रममा युन लङको चिउ लुत साउ मेमोरियल सेकन्डरी स्कुलको कक्षा 5A का दुई जना विद्यार्थी बिए.४ वा बिए.५ बाट संक्रमित भएको भेटिएको थियो । फलस्वरूप उक्त कक्षा एक हप्ता निलम्बन गर्न सिफारिस गरिएको थियो ।
जुन २७ देखि ३० को अवधिमा हङकङका विभिन्न स्कुलबाट १,०७३ केस आएका थिए जसमा ८९९ जना विद्यार्थी र १७४ जना स्टाफ परेका थिए ।

.४ वटा नर्सिङ होमबाट आएको केस संख्या : ५ जना जसमा ४ जना कर्मचारी र १ जना वासिन्दा थिए ।
.क्यासल पिक अस्पतालमा एक जना बिरामी सहायक सेवक पोजिटिभ भएका थिए । यो अस्पतालका जहाँसम्म ३ जना बिरामी सहायक सेवक र एक जना बिरामीमा संक्रमण पुष्टि भएको जनाइएको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ७६१
.क्रीटिकल  बिरामीको संख्या : ११
.सिरियस बिरामीको संख्या :१३
.आइसियुमा रहेको बिरामीको संख्या :२
.निको भएको बिरामीको संख्या : ४४ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ३९  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ३ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,४३६
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,१०२

तपाईको प्रतिक्रिया