क्रान्ति सुब्बा

जुलाई ६ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,८१५
.स्थानीय केस संख्या : २,६७२
.पिसिआरबाट पुष्टि केस संख्या :१,०२१
.एन्टिजेनबाट पुष्टि केस : १,६५१
.आयातित केस संख्या : १४३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५० जना युकेबाट आएका।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ४९
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १५

.कुल संक्रमित संख्या : १,२५९,०९४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०६ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०३,२९४

.अस्पतालमा भर्ना हुनेको संख्या ७० देखि ८० जना थियोे मे महिनाको शुरूवात तिर र जुन महिनाको शुरूवात तिर यो क्रम घटेर ३० देखि ४० जनामा झरेको थियो । तर केहि हप्ता यता देखि भर्ना हुनेको संख्याले प्रति हप्ता सय नाघेको छ । अस्पताल बस्नेको संख्या समेत बढेर ४०० बाट ८०० पुगेको छ डाक्टर चुवाङ सुक क्वानले बताइन।
यदि यही क्रममा संक्रमित रोगीको संख्यामा वृद्धि आएमा यसले सामान्य मेडिकल सेवालाई असर गर्ने कुरामा उनले चिन्ता प्रकट गरिन।

.हङकङका विभिन्न २०९ वटा स्कुलबाट २३९ वटा पोजिटिभ केस आएका थिए जसमा १९३ जना विद्यार्थी र ४६ जना स्टाफ परेका थिए ।
संक्रमणको कारण एक हप्ताको लागि निलम्बनमा परेका स्कुल हुन- क्यारिटास लोक कान स्कुल ,पेन्टिकस्टल जिन माउ सेङ प्राइमरी स्कुल , बिसप हल जुब्ली स्कुल र सिसिसी येन्चिङ कलेज । यी सबै स्कुलका कम्तीमा एउटा कक्षा निलम्बन भएको थियो ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित १९ केस थपिएका थिए जसमा १६ केस अज्ञात स्रोतबाट ३ वटा  केस पुर्व केस संग संबंधित थिए । 
.उन चाउ स्थित वाइ जि क्रिश्चियन सर्भिस होस्टेल नामक अपांग गृहबाट २ वटा नयाँ केस आएका थिए । ६० जना क्लोज कन्ट्याक्ट क्वारेन्टाइनमा जाने सुचीमा परेका थिए ।

बिए.४ र बिए.५ बाट संक्रमित २२ वटा नयाँ  केस थपिएका थिए जसमा ७ जना संक्रमित अज्ञात स्रोतबाट आएका  थिए । ती  मध्ये २ जना कुन तङ्गको हटपट फुडी रेस्टुरेन्टबाट आएका थिए ।
.हालसम्ममा हङकङमा बिए.२.१२.१ बाट संक्रमित लोकल केसको संख्या ५०५ पुगेको छ र बिए.४ अथवा बिए.५ सबभेरिएन्टबाट संक्रमितको संख्या १०८ पुगेको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना ७१ वर्षीया महिला जसको मृत्यु जुलाई ५ मा भएको थियो ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ८३०
.क्रीटिकल  बिरामीको संख्या : १४
.सिरियस बिरामीको संख्या :१८
.आइसियुमा रहेको बिरामीको संख्या :२
.निको भएको बिरामीको संख्या : १०८ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ९०  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,५९०
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,२५१

जुलाई ५ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,२६८
.स्थानीय केस संख्या : २,०८५
.पिसिआरबाट पुष्टि केस संख्या : ७७१
.एन्टिजेनबाट पुष्टि केस : १,३१४
.आयातित केस संख्या : १८३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०६
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ६१
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १६

.हङकङका विभिन्न  २४३ वटा स्कुलबाट ३२१ वटा पोजिटिभ केस आएका थिए जसमा २६८ जना विद्यार्थी र ५२ जना स्टाफ परेका थिए ।

संक्रमणका कारण निम्न स्कुलका एउटा कक्षा निलम्बनमा परेका थिए – सेल्सियन्स अफ डोन बोस्को ङ्ग सिउ मुई माध्यमिक विद्यालय, TWGHs चियाप हुआ चेङस नर्सरी स्कूल, चुन मुन सरकारी प्राथमिक विद्यालय, जेनेरल च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ तुङ कुन डिस्टृक्ट च्यङ वङ वाइ प्राइमरी स्कूल, हङकङ फेडेरेसन अफ एजुकेसन अफ वर्कर्स  वङ चो बाउ माध्यमिक विद्यालय।
मा थाउ चुङ गभर्मेन्ट प्राइमरी स्कुलका एक जना विद्यार्थी ओमिक्रोन सब भेरिएन्ट बिए.४ अथवा  बिए.५ बाट संक्रमित भएका थिए । सोही कक्षाका अन्य विद्यार्थी भने संक्रमित भएका थिएनन।

सोही  समयमा यिङ वा कलेजको  कक्षा 3A र 2E बाट  पाँच- पाँच वटा केस  साथै कक्षा 4C र 2D बाट  तीन-तीन वटा केस आएका थिए। यी  चार वटा कक्षाहरू पनि एक हप्ताको निलम्बन हुने सुचीमा परेका  थिए।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित १० केस थपिएका थिए जसमा सबै  केस पुर्व केससंग संबंधित थिए । 

बिए.४ र बिए.५ बाट संक्रमित ८ वटा नयाँ केस थपिएका थिए जसमा २ जना संक्रमित अज्ञात स्रोत र एकजना क्वुन तङको हटपट फुडी रेस्टुरेन्टबाट आएका थिए । रेस्टुरेन्टबाट संक्रमित हुनेको परिवारका एक सदस्य पनि संक्रमित भएका थिए । यो रेस्टुरेन्टबाट संक्रमित हुनेमा जम्मा  १६ जना कस्टमर र ३ जना क्लोज कन्ट्याक्ट परेका  छ्न।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ८२८
.क्रीटिकल  बिरामीको संख्या : १३
.सिरियस बिरामीको संख्या :”१९
.आइसियुमा रहेको बिरामीको संख्या : १
.निको भएको बिरामीको संख्या : ८९ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ७८ (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ६ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,५४७
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,२१७

.क्यासल पिक अस्पतालबाट थप एक जना पुरुष बिरामी पोजेटिभ भएका थिए । यो अस्पतालबाट संक्रमित हुनेको संख्या ८ जना पुगेको थियो जसमा ५ जना अस्पतालका बिरामी र ३ जना कर्मचारी परेका थिए ।
.हङकङ बुद्विष्ट अस्पतालबाट आएका संक्रमित संख्या : ४ ( १ जना बिरामी र ३ जना कर्मचारी )
.एलिस हो मुइ लिङ नेदरसोल अस्पतालबाट आएको केस संख्या : ४ ( कर्मचारी )

तपाईको प्रतिक्रिया