क्रान्ति सुब्बा

जुलाई ४ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,८४१
.स्थानीय केस संख्या : १,६४५
.पिसिआरबाट पुष्टि केस संख्या :२७६
.एन्टिजेनबाट पुष्टि केस : १,३६९
.आयातित केस संख्या : १६८ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४५
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ३७
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १४

.कुल संक्रमित संख्या : १,२५४,०११ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०२,६९०

.बिदेश तिरको अनुभव अनुसार बिए.२ को तुलनामा बिए.४ र बिए.५ छिटो फैलिएको देखिएको छ। हङकङमा संक्रमित गराउने मुल भाइरस यही सबभेरिएन्ट भएको छ। तथापि फरक स्थानमा फरक असर यो भाइरसको पर्न सक्छ । हङकङको स्थितिलाई अधिकारीहरुले नजीकबाट निगरानी गरिरहेछ स्वास्थ्य अधिकारी चुवाङ सुक क्वानले  भनिन।

पाँचौ लहरबाट ४० लाख भन्दा बढी हङकङ वासिन्दा संक्रमित भैसकेका कारण समुदायमा भाइरस प्रतिरोध क्षमताको विकास भैसकेको खोप दरको मात्राले पनि संतोषजनक प्रतिशतलाई क्रस गरिसकेका कारण प्रकोपले विकराल रुप नलिने स्थानीय ज्ञाताहरुको आँकलन रहेको छ।

.हङकङका विभिन्न  ४२१ वटा स्कुलबाट ६०० वटा पोजिटिभ केस आएका थिए जसमा ४८५ जना विद्यार्थी र ११५ जना स्टाफ परेका थिए ।
संक्रमणको कारण एक हप्ताको लागि निलम्बनमा परेका स्कुल हुन- मा थाउ चुङ गभरमेन्ट प्राइमरी स्कुल ,ल्यङ कुइ काउ लुथरियन प्राइमरी स्कुल , तुङ कुन स्कुल ( स्यङ सुइ) र साम शुइ नेटिव्स एसोसिएसन ह्युन किङ वीङ स्कुल ।
मा थाउ चुङ गभर्मेन्ट प्राइमरी स्कुलमा बिए.४ अथवा बिए.५ बाट संक्रमित दुईवटा केस भेटिएको थियो ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ३४ केस थपिएका थिए जसमा २० वटा केस अज्ञात स्रोतबाट आएका थिए । 

.क्वुन तङ स्थित हटपट फुडी क्लस्टरबाट एउटा  केस थपिएको थियो । यो क्लस्टरबाट हालसम्ममा १५ जना ग्राहक र एकजना क्लोज कन्ट्याक्ट संक्रमित भएका छ्न।
रेस्टुरेन्टकि ठेगाना हो – सोप-सी, ग्राउन्ड फ्लोर,मोन्टरी प्लाजा,१५ चिङ यीप स्ट्रीट,क्वुन तङ।

बिए.४ र बिए.५ बाट संक्रमित ११ वटा नयाँ शांकास्पद   केस थपिएका थिए जसमा १ जना संक्रमित हटपट फुडी रेस्टुरेन्टमा खाना खान गएका थिए । 

.३ वटा नर्सिङ होम र २ वटा अपांग आश्रमबाट आएको केस संख्या : ५ जना जसमा ४ जना वासिन्दा  र १ जना स्टाफ थिए ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९२
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ७८७
.क्रीटिकल  बिरामीको संख्या : १३
.सिरियस बिरामीको संख्या :१५
.आइसियुमा रहेको बिरामीको संख्या :३
.निको भएको बिरामीको संख्या : ९७ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ९०  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ४ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,४८१
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,१५२

.क्यारिटास मेडिकल सेन्टरमा एड्मिसनको बखत एक जना महिला पोजिटिभ ठहरिन र ऊनी बसेकै वार्डमा बसेका अरु दुई जना पोजिटिभ भएका थिए । यो संक्रमित संग संबंधित ५ जना महिला क्लोज कन्ट्याक्टमा परेका थिए ।
.क्यासल पिक अस्पतालबाट थप ३ जना पोजेटिभ भएका थिए भने थप ७ जना क्लोज कन्ट्याक्टमा परेका थिए ।

तपाईको प्रतिक्रिया