क्रान्ति सुब्बा

जुलाई ८ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,९४५
.स्थानीय केस संख्या : २,७४८
.पिसिआरबाट पुष्टि केस संख्या : १,३५
.एन्टिजेनबाट पुष्टि केस : १,७१३
.आयातित केस संख्या : १९७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७४ जना जसमा युकेबाट आएका ६३ ,१० जना सिंगापुरबाट र १३ जना अमेरिकाबाट ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९७
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २६

.कुल संक्रमित संख्या : १,२६५,०६७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४१० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०४,२८६


.हङकङ सरकारले  फ्लाइट प्रतिबन्ध संयन्त्र खारेज गर्नुको अर्थ कोभिड नियम खुकुलो तुल्याउनु होइन भनेका छ्न स्वास्थ्य मन्त्री लो चुङ माउले।
नवनियुक्त स्वास्थ्य मन्त्री लो चुङ माउ पहिलो चोटि दैनिक कोभिड मिडिया बृफिङमा उपस्थित भएका हुन। हङकङ भित्रिएको तेस्रो दिनमा सबै यात्रुले न्युक्लिक एसिड टेस्ट गर्नुपर्ने कुरालाई प्राथमिकताका साथ उनले स्पष्ट पारेका थिए ।
यात्रुहरुले एयरपोर्टमा उत्रिएपछि न्युक्लिक एसिड टेस्ट गर्नुका अलावा त्यस्तै टेस्ट क्रमशः तेस्रो ,पाँचौ ,नवौं र बाह्रौं दिन गर्नुपर्ने छ। दैनिक रिपोर्ट हुने कुल केसमा औसत २० प्रतिशत केस आयातित हुने गरेको छ। विगतमा फ्लाइट निलम्बन संयन्त्र लागू गर्दा निकै महंगो मुल्य तिर्नुपरेको थियो र सयौं चोटि यो विभिन्न देशबाट आउने फ्लाइटमा लागू भएको थियो । यसले यात्रु वर्ग र फ्लाइट संचालकलाई  धेरै अप्ठ्यारोमा पारेको थियो उनले भने।
यदि एयरपोर्टमा गरिने न्युक्लिक एसिड टेस्टको सठिक तथ्यांक प्राप्त भएमा प्रक्रियामा थप सुधार ल्याउन सकिने उनले बताए । जसले गर्दा जो वास्तविक रूपमा संक्रमित ठहरिन्छ्न उनिहरुलाइ मात्र क्वारेन्टाइनमा जानुपर्ने हुन्छ र अन्य गैर संक्रमितमाथि कुनै असर पर्दैन । दैनिक केस वृद्धि हुने क्रम यथावत रहेका कारण यो समय सामाजिक दुरि सम्बन्धि मापदण्डलाई खुकुलो पार्ने उचित समय होइन। जुन महिनाबाट अस्पताल भर्ना हुनेको संख्या डबल भएको छ उनले सम्झाए।

.२ वटा अपांग आश्रमका पाँच वासिन्दा संक्रमित भएका थिए भने ३ वटा  नर्सिङ होममा संक्रमण देखा परेको थियो ।

.हङकङका विभिन्न १९१ वटा स्कुलबाट २१४ वटा नयाँ  पोजिटिभ केस आएका थिए जसमा १७४ जना विद्यार्थी र ३८ जना स्टाफ परेका थिए ।
संक्रमणको कारण एक हप्ताको लागि २ वटा स्कुलको २ वटा  प्रभावित कक्षा निलम्बनमा परेका थिए ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ४२ केस थपिएका थिए जसमा २८ केस अज्ञात स्रोतबाट आएका थिए । १४ वटा केस सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित २९ वटा नयाँ  केस थपिएका थिए जसमा १८ जना स्थानीय संक्रमित केस  अज्ञात स्रोतबाट आएका  थिए । २ वटा केसको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

ओमिक्रोन सबभेरिएन्ट बिए.४ वा बिए.५ बाट संक्रमित ११ वटा नयाँ  केस आज थपिएका थिए जसमा ३ वटा स्थानीय  केस अज्ञात स्रोतबाट आएका थिए र २ जना क्लोज कन्ट्याक्ट थिए । बाकी रहेका ६ जनाको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३ जना जसमा वर्ष ६४ देखि ८५ बीचका २ पुरुष र १ महिला परेका थिए । सबै मृतक दीर्घ रोगी थिए ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ८५२
.क्रीटिकल  बिरामीको संख्या : १२
.सिरियस बिरामीको संख्या :१५
.आइसियुमा रहेको बिरामीको संख्या : १
.निको भएको बिरामीको संख्या : ११९ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : १०३  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ३ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,६६९
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,३४७

.हङकङ बुद्विष्ट अस्पतालबाट थप दुई जना ५६ र ७३ वर्षका पुरुष संक्रमित  भएका थिए । यस अस्पतालमा भर्नारत १४ जना बिरामी र ४ जना कर्मचारी हाल सम्ममा संक्रमित भएका छ्न।
.एलिस हो मुइ लिङ नेदरसोल अस्पतालबाट दुई जना उपचाररत बिरामी पोजिटिभ भएका थिए । उनी बसेका वार्डमा रहेका ९ जना बिरामी र त्यहाँ काम गर्ने एक जना नर्स संक्रमित भएका थिए ।


जुलाई ७ तारीख बिहीबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,०२८
.स्थानीय केस संख्या : २,८५६
.पिसिआरबाट पुष्टि केस संख्या : ९४८
.एन्टिजेनबाट पुष्टि केस : १,९०८
.आयातित केस संख्या : १७२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ९८ जना युकेबाट आएका, १५ जना सिंगापुरबाट ,१३ जना अमेरिकाबाट ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ५७
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १७

.कुल संक्रमित संख्या : १,२५४,०११ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४०५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०२,६९०

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ४२ केस थपिएका थिए जसमा २८ केस अज्ञात स्रोतबाट आएका थिए । १४ वटा केस सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित १७ वटा नयाँ  केस थपिएका थिए जसमा २ जना संक्रमित अज्ञात स्रोतबाट आएका  थिए ।

ओमिक्रोन सबभेरिएन्ट बिए.४ वा बिए.५ बाट संक्रमित केस दिनानुदिन बढीरहेछ । हालै विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार हालमा बिए.५ ले विश्वव्यापी रूपमा अन्य सबै कोभिड भाइरस स्ट्रेनलाई विस्थापित गरिदिएको अवस्था छ डाक्टर चुवाङ सुक क्वानले भनिन। उनले हङकङमा आगामी १ या २ हप्ताको बीचमा केस बढेर दैनिक ६,००० को दरले दर्ता हुनसक्ने भविष्यवाणी गरिन।

अहिले समग्र संक्रमणको अनुपातको सन्दर्भमा कुरा गर्ने हो भने बिए.५ स्ट्रेन बोक्ने बिरामीहरूको संख्या ३७  प्रतिशतबाट बढेर ५२ प्रतिशत पुगेको छ भने बिए.४ स्ट्रेन बोक्नेको संख्या  ११ प्रतिशतबाट  बढेर १२ प्रतिशत पुगेको छ। तुलनात्मक रुपले हेर्दा बिए.२.१२.१ बाट हुने संक्रमण घटेको देखिएको छ।

.हङकङका विभिन्न १८० वटा स्कुलबाट २०१ वटा पोजिटिभ केस आएका थिए जसमा १६३ जना विद्यार्थी र ३८ जना स्टाफ परेका थिए ।
संक्रमणको कारण एक हप्ताको लागि प्रभावित कक्षा निलम्बनमा परेका स्कुल हुन- कनान किन्डरगार्डन (हङकङ ) र एबर्डिन स्थित मा ओन सान लिङ ल्याङ प्राइमरी स्कुल।

.एउटा अपांग आश्रमका एक जना स्टाफ र एउटा नर्सिङ होमबाट २ जना वासिन्दा र १ जना स्टाफ संक्रमित भएका थिए । नर्सिङ होमका करिब २१ जना वासिन्दा क्वारेन्टाइनमा जानुपर्ने भएको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना खोप नलाएकी  ७९ वर्षीया महिला जसको मृत्यु जुलाई ६ तारीख भएको थियो ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ८६१
.क्रीटिकल  बिरामीको संख्या : १२
.सिरियस बिरामीको संख्या :१५
.आइसियुमा रहेको बिरामीको संख्या : १
.निको भएको बिरामीको संख्या : ९९ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ८६  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,६३२
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,३१४

.हङकङ बुद्विष्ट अस्पतालबाट थप दुई जना ४० र ५१ वर्षका पुरुष संक्रमित  भएका थिए । यस अस्पतालमा भर्नारत १२ जना बिरामी र ४ जना कर्मचारी हाल सम्ममा संक्रमित भएका छ्न।
.एलिस हो मुइ लिङ नेदरसोल अस्पतालबाट एकजना उपचाररत बिरामी पोजिटिभ भएका थिए । उनी बसेका वार्डमा रहेका ६ जना बिरामी र त्यहाँ काम गर्ने एक जना नर्स संक्रमित भएका थिए । जसमा पाँच जनालाई क्वारेन्टाइन चलान गरिएको थियो भने अन्यलाई  होम क्वारेन्टाइनमा बस्ने आदेश दिइएको थियो ।

तपाईको प्रतिक्रिया