क्रान्ति सुब्बा

जुलाई ९ तारीख शनिबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,९९५
.स्थानीय केस संख्या : २,७९१
.पिसिआरबाट पुष्टि केस संख्या : १,१०४
.एन्टिजेनबाट पुष्टि केस : १,६८७
.आयातित केस संख्या : २०४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७४ जना जसमा युकेबाट ५६ जना,सिंगापुरबाट २० जना ,थाइल्यान्डबाट १७ जना, क्यानाडाबाट १५ जना र अमेरिकाबाट १५ जना ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १०८
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २१

.कुल संक्रमित संख्या : १,२६८,०६२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४१० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०४,७८२

.२ वटा अपांग आश्रमका ६ वटा केस आएका थिए । २  वटा नर्सिङ होमका एकजना वासिन्दा र एकजना संक्रमित भएका थिए ।
.स्कुल नलागेको भए पनि तो क्वा वान स्थित चि युन स्पेशल स्कुलका एक जना शिक्षक संक्रमित भएका थिए फलस्वरूप १३ जना विद्यार्थीलाई क्वारेन्टाइन अर्डर जारी गरिएको थियो  ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ४३ नयाँ  केस थपिएका थिए जसमा २४ लोकल केस अज्ञात स्रोतबाट आएका थिए । १८ वटा केसको सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित १६ वटा नयाँ  केस थपिएका थिए जसमा ७ जना स्थानीय संक्रमित केस  अज्ञात स्रोतबाट आएका  थिए । ९ वटा केसको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ०
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ८९३
.क्रीटिकल  बिरामीको संख्या : १८
.सिरियस बिरामीको संख्या :२२
.आइसियुमा रहेको बिरामीको संख्या : ४
.निको भएको बिरामीको संख्या : १०३ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ९२  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : २ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,७०८
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,३६०

.हङकङ बुद्विष्ट अस्पतालबाट थप दुई जना ५७ र ५५ वर्षका पुरुष संक्रमित  भएका थिए । यस अस्पतालमा भर्नारत १६ जना बिरामी र ४ जना कर्मचारी हाल सम्ममा संक्रमित भएका छ्न।

तपाईको प्रतिक्रिया