क्रान्ति सुब्बा

जुलाई १० तारीख आइतबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,९९२
.स्थानीय केस संख्या : २,७७३
.पिसिआरबाट पुष्टि केस संख्या : १,१९४
.एन्टिजेनबाट पुष्टि केस : १,५७९
.आयातित केस संख्या : २०४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११५ जना
.आयातितमा युकेबाट ५८ जना,सिंगापुरबाट १६ जना,इन्डियाबाट २१ जना, थाइल्यान्डबाट १३ र अमेरिकाबाट २२ जना आएका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ८३
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २१

.कुल संक्रमित संख्या : १,२७१,०५४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४१२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०५,२२८

शाउ केई वानस्थित हङ ची ओइ तुङ होस्टेल (एचएमएमएच) अपांग गृहका ३ जना बासिन्दा र १ जना कर्मचारीमा पोजेटिभ भएका थिए । क्लोज कन्ट्याक्टमा परेका १८ जनालाई क्वारेन्टाइन पठाइने भएको थियो ।

ताइ पो स्थित  हङ ची पाइनहिल नम्बर ३  स्कूलका एकजना विद्यार्थी र उनको परिवारका सदस्यहरु संक्रमित भएका थिए । उक्त  कक्षामा जम्मा ४ जना विद्यार्थी उपस्थित थिए र एक साताको लागि उक्त कक्षा निलम्बन  गर्नुपर्ने अवस्था आएको थियो ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ४६ नयाँ  केस थपिएका थिए जसमा ३४ लोकल केस अज्ञात स्रोतबाट आएका थिए । १२ वटा केसको सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित ९ वटा नयाँ  केस थपिएका थिए जसमा ३ जना स्थानीय संक्रमित केस  अज्ञात स्रोतबाट आएका  थिए । ६ वटा केसको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,१९९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २ जना । वर्ष  ७० र ८५ का एक पुरुष एक महिला मृतक दुवै जना नर्सिङ होम निवासी थिए ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ९२४
.क्रीटिकल  बिरामीको संख्या : २०
.सिरियस बिरामीको संख्या :२७
.आइसियुमा रहेको बिरामीको संख्या : ५
.निको भएको बिरामीको संख्या : १०० (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ९३  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : १८ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,७३१
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,३७५

तपाईको प्रतिक्रिया