न्युयोर्क ,अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले  जुलाई १७ तारीख  आइतबार न्यूयोर्कको क्वींसब्रिज पार्कमा वर्षेनी मानाइने सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) भव्य पुर्वक मनायो ।

किरात  याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्राममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार विष्टको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिभिन्न मनोरंजनात्मक खेल जस्तै बिंगो, तानडोरी, छेलो हान्ने आदि पनि समाबेश थिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधित्व गरेर आएका वक्ताहरुले यस्तो कार्यक्रमले लिम्बु जातिको मौलिक रितिरिवाज, भाषा , संस्कार , संस्कृति जगेर्नामा टेवा पुग्ने बताएका थिए ।
अन्तमा चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङले सम्पुर्ण उपस्थित लिम्बु तथा गैरलिम्बुलाई आभार एवं धन्यवाद प्रकट कार्यक्रम समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया