क्रान्ति सुब्बा

अगस्ट २ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,१२३
.स्थानीय केस संख्या : ३,८८९
.पिसिआरबाट पुष्टि केस संख्या : १,४८६
.एन्टिजेनबाट पुष्टि केस : २,४५९
.आयातित केस संख्या : २३४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४२ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ७९
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १३

.कुल संक्रमित संख्या : १,३६२,३७१(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५२० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२३०,२४१

. ३ वटा नर्सिङ होम र एउटा अपांग आश्रमका ३ जना वासिन्दा र थप एकजना कर्मचारी संक्रमित भएका थिए।

.३८३ वटा स्कुलबाट ५४९ वटा केस आएका थिए । गत शुक्रबार उप्रान्त आएको केस संख्या हो यो जसमा ४४३ जना विद्यार्थी र १०९ जना टिचिङ स्टाफ परेका थिए । कोभिड संक्रमणका कारण १४ वटा स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

.३५ महिनाको बालकको अवस्था खतरा मुक्त भएपछि उनलाई आइसियुबाट बाहिर निकालिएको छ।
.स्वास्थ्य बिभागको साइन्टिफिक कमिटीले कोभिड खोप ६ महिनाको शिशुले पनि प्राप्त गर्न सक्ने निर्णय गरेको छ। यो भन्दा अगाडि तीन वर्ष पुरा भएको उमेर समूहलाई  खोप दिइदै आइएको थियो ।
.अगस्ट ४ तारीख बिहीबारबाट ६ महिना देखि ३ वर्ष बीचका शिशुलाई बायोएन्टेक र साइनोभ्याक खोप वितरण गरिने भएको छ। साइनोभ्याक खोपको हकमा शिशुलाई वयस्कले जत्तिकै परिमाणमा खोप दिइने छ भने बायोएन्टेकको हकमा भने शिशुलाई वयस्कलाई दिइने दस भागको एक भाग मात्र खोप दिइनेछ । अगस्ट ४ बाट नै ५० देखि ५९ वर्ष उमेर समुहका तेस्रो खोप ग्रहण गरिसकेका नागरिकले चौथो खोप लिन सक्नेछन।
.हङकङका राज्यपाल जोन लिले यथाशीघ्र क्वारेन्टाइन अबधि छोट्याइने प्रतिबद्धता व्यक्त गरेका छ्न। खसोखास क्वारेन्टाइन अबधि कति हुने कुरा अहिले अन्यमनस्कतामा नै रहेकोछ।
हङकङ युनिभर्सिटीका प्रोफेसर हो पाक ल्यङले बिदेशबाट आउने व्यक्तिलाई होटेल होइन होम क्वारेन्टाइनको प्रबन्ध गरिनुपर्छ भन्दै आएका छ्न।

मृत्यु तथ्यांक
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११ जना । मृत्यु हुनेमा २२ महिना देखि ९६ वर्ष बीचका ४ जना पुरुष र ७  जना महिला परेका थिए जसमा ४ नर्सिङ होमका परेका थिए । २ जना मृतकले मात्र ३ वटा खोप लाएका थिए ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,५३६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५  जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ११ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,१८८
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,६४२

तपाईको प्रतिक्रिया