क्रान्ति सुब्बा

अगस्ट १ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,२५४
.स्थानीय केस संख्या : ४,०१९
.पिसिआरबाट पुष्टि केस संख्या : १,४८६
.एन्टिजेनबाट पुष्टि केस : २,५३३
.आयातित केस संख्या : २३५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १३२ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ८०
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २३

.कुल संक्रमित संख्या : १,३५८,२४८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५०९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२२८,३७४

.शातिन स्थित एउटा नर्सिङ होमका एक जना दुई डोज खोप लगाएका वासिन्दा  पोजिटिभ भएका थिए ।
.५५८ वटा स्कुलबाट ९४० वटा केस आएका थिए । गत शुक्रबार उप्रान्त आएको केस संख्या हो यो जसमा ७८४ जना विद्यार्थी र १५६ जना टिचिङ स्टाफ परेका थिए । कोभिड संक्रमणका कारण ९ वटा स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेको थियो ।

.गत ६ दिन देखि क्रीटिकल अवस्थामा रहेकी २२ महिनाकि संक्रमित बच्चीको सोमबार दिउँसो १२:५६ बजे पामेला योदे नेदरसोल इस्टर्न अस्पतालमा मृत्यु भएको थियो । भाइरसका कारण मस्तिष्कमा जलन आएपछि उनको मृत्यु भएको हो।
.एक जना ३५ महिनाका संक्रमित  बालकलाई पनि जुलाई २९ तारीख ज्वरो आउने र निरन्तर मांसपेशी पल्टिने भएको थियो । ज्वरो घटेपछि अहिले उन स्थिति स्टेबल छ। पुर्व सतर्कताको लागि उनलाई अहिले आइसियुमा राखिएको छ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,२९६
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ६ जना । मृत्यु हुनेमा ५२ वर्ष देखि ८४ वर्ष बीचका ४ जना पुरुष र २ जना महिला परेका थिए जसमा एक जनाले मात्र ३ वटा खोप लाएका थिए । यस पटक मृत्यु हुनेमा कोहि पनि नर्सिङ होमबाट परेका थिएनन् र सबै दीर्घ रोगी थिए ।

.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,५२५
.क्रीटिकल  बिरामीको संख्या : २३
.सिरियस बिरामीको संख्या :२४
.आइसियुमा रहेको बिरामीको संख्या : ११
.डिस्चार्ज भएको बिरामीको संख्या : १०८
. निको हुनेको संख्या :१३०
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ५ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,१०७
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२५,५३९

तपाईको प्रतिक्रिया