यसबारेमा भिडियो हेर्न माथि क्लिक गर्नुहोस्

क्रान्ति सुब्बा

हङकङ सरकारले एमपिएफ झिकेको कारण देखाइ करिब २ लाख ४० हजार नागरिकलाई दोस्रो चरणको हङकङ डलर ५ हजार बराबरको उपभोग भौचर प्राप्त गर्न अयोग्य ठहर्‍याएको थियो। र सरकारले आफ्नो योग्यता पुष्टि गर्न १४ दिन भित्र संबंधित व्यक्तिले रिपोर्ट नालिस गर्न सक्ने विकल्प दिएको थियो । फलस्वरूप कूल १५८,००० जनाले आफू भौचरको लागि योग्य भएको दावी गर्दै केस पुनरावलोकन गर्न निवेदन दिएका थिए । ती उजुर गर्ने मध्ये करिब १ लाख ४ हजार आवेदकको निवेदन सरकारले सफलपुर्वक स्वीकृत गरेको कुरा अगस्ट ३ तारीख बुधबार जनाएको छ। उनीहरुलाई  भौचरको लागि योग्य भएको भनेर एसएमएस पनि पठाइसकिएकोछ।

सरकारको प्रवक्ताले दिएको जानकारी अनुसार अगस्ट १ तारीख सम्ममा सरकारले पुनरावलोकनको लागि १ लाख ५८ हजार वटा निवेदन प्राप्त गरेको छ र जसमा १ लाख ४ हजार जनाको पुनरावलोकन प्रक्रिया पुरा भैसकेको छ। प्रक्रिया पुरा भैसकेका सफल निवेदकले संभवत छिटोमा यही अगस्ट ७ तारीख अन्यथा अगस्ट १६ तारीख उप्रान्त आफ्नो पाउँदर भौचर रकमको पहिलो किस्ता प्राप्त गर्नेछ्न। अन्य आवेदकको एप्लिकेसन भने अझै  रिभ्यु प्रोसेस मै रहेकोछ। आवेदन प्राप्त गरेको ६ हप्ता भित्र भौचर प्राप्त गर्ने कुराको नतिजा अधिकारीले सुचित गर्नेछ्न।

हङकङ डलर ५ हजार बराबरको भौचरको पहिलो किस्ता अर्थात हङकङ डलर २ हजारको कुपन प्राप्त गर्ने योग्य नागरिकको संख्या करिब ६२ लाख ३७ हजार  रहेकोे छ जसको वितरण अगस्ट ७ तारीख आइतबार देखि  हुनेछ ।
भौचरको लागि पहिलो चोटि आफ्नो नाम दर्ता गर्नेको संख्या करिब १ लाख ५० हजार रहेको छ जसमा भर्खरै परमानेन्ट भएका आइडी होल्डर र भर्खरै हङकङ आएकाहरु परेका छ्न। उनीहरुले सरकारले जनही विन्योजन गरेको कुपन रकम हङकङ डलर १०,०० बाट यो अगस्ट ७ तारीख पहिलो किस्ताको रूपमा ३,००० प्राप्त गर्नेछन् ।

हङकङ आएका विशेष क्षेत्रका प्रतिभा ,विज्ञजन , व्यापारी तथा विद्यार्थी जसको योग्यता पुगेको छ उनीहरुले पहिलो किस्ताको रूपमा अगस्ट ७ तारीख हङकङ डलर २ हजारको भौचर प्राप्त गर्नेछन् ।

स्मरण रहोस् कम्तीमा एक लाख आवेदकले यो उपभोग भौचर प्राप्त गर्न अयोग्य हुने अनुमान गरिएको थियो जसले गर्दा सरकारी रकम ६० करोड बचत हुने बताइएको थियो ।

तपाईको प्रतिक्रिया