क्रान्ति सुब्बा

यसबारे जानकारीको लागि तलको भिडियो हेर्नुहोस

अर्थ मन्त्री पल चान मो-पोका अनुसार जुलाई १६ तारीख शनिबार साँझसम्ममा सचिवालयले करिब ३०,००० उपभोग्य भौचर योग्यताबारे पुनरावलोकन गरिपाउँ भन्ने व्यहोराको निवेदन प्राप्त गरेको बताए। अधिकारीहरूले उपलब्ध निवेदनलाई जनताको हितलाई ध्यानमा राख्दै उद्वार र सहजपुर्वक व्यवस्थापन गरिने कुरामा चानले जोड दिए।

स्मरण रहोस् हङकङ सरकारले प्रत्येक योग्य नागरिकलाई दोस्रो चरणको हङकङ डलर ५ हजार बराबरको इ-नगद कुपन यही अगस्ट ७ मा वितरण गर्ने भएको छ। तर लगभग २४०,००० व्यक्तिहरूले उक्त भौचर प्राप्त गर्न अयोग्य भएको एसएमएस सरकारबाट प्राप्त गरेका छन् । सधैंका लागि हङकङ छोड्छु भनी अवकाश उमेर पुर्व नै एमपिएफ अर्थात संचयकोष निकासीका लागि आवेदन दिएकाहरु अयोग्यताको सुचीमा परेका छ्न। हङकङ स्थाइ रूपमा छोड्ने गरि सपथ लिएको कुरालाई आधार बनाइ सरकारले यो नयाँ प्रावधानलाई अघि सारेको हो।

सरकारले योग्यता सम्बन्धि ल्याएको प्राबधानले निकै ठुलो संख्या प्रभावित भएको छ। तर यो यथार्थमा नै हङकङ छोडेर पनि हकदावी गर्नेलाई बन्देज लगाउन ल्याइएको हो भनेर बुझ्न सकिन्छ । एमपिएफ निकालेर हङकङ मै रहेका र हङकङ फर्की पुन आजिविका धान्न थालेकाले आवश्यक औपचारिकता पुर्ण गरे पश्चात् यो भौचर पाउने कुराले जनमानसमा छाएको असंतुष्टी मत्थर भएको छ।

जनताले गरेको उजुरीको आधारमा सरकारले उजुरी दिनेको बैंक स्टेटमेन्ट, कर विवरण, खानाको बिल,तलब बुझेको प्रमाण, घर भाडा सम्झौताको कागज अथवा भाडा तिरेको रसिद, टेलिफोन बिल, पानी, बिजुली र ग्यासको बिल, मेडिकल रेकर्ड वा अस्पतालका विवरणहरू वा फलो अप रेकर्ड आदिलाई प्रमाणको रूपमा केसलाई पुनरावलोकन गर्ने क्रममा प्रयोग गरिने कुरा  चानले आफ्नो ब्लगमा भनेका छ्न। चानका अनुसार पुर्णकालिन बसोबास हङकङ मै रहेको देखाउन यस्ता प्रमाण खोजिएको हो।
हङकङ सरकारले अगस्ट ७ मा वितरण हुने यो दोस्रो फेजको भौचर प्राप्त गर्नेहरुमा करिब ६३ लाख योग्य परमानेन्ट रेसिडेन्ट र चीनबाट भर्खरै आएकाहरु पर्ने अपेक्षा गरेको छ साथै थप ३ लाख अन्य योग्य वासिन्दा जस्तै विशेषज्ञ , व्यापारी र विद्यार्थी परेका छ्न। तर हङकङबाट अन्यत्र बसाइ सर्ने योजनामा रहेकाहरु यो भौचर प्राप्त गर्न अयोग्य हुनेछ्न।
संबंधित व्यक्ति हङकङ भित्र बाहिर गरेको रेकर्ड अध्यागमन बिभागमा नहेरिने तर उनीहरुको बसाइ हङकङमा नै रहेको प्रमाणीकरण गर्न यस्ता कागजात हेरिने कुरा जुलाई १५ तारिखको एक रेडियो कार्यक्रममा अर्थ मन्त्रालयकि बजेट तथा ट्याक्स पोलिसी युनिटकि प्रमुख जेस्सी वङले बताएकी थिइन।

पुनरावलोकनको दर्खास्त दिनेको भिड

यदि कुनै पनि व्यक्तिले विशेष कारणले आवश्यक  जानकारी दिन नसक्ने अवस्था रहेमा रिभ्यु अर्थात पुनरावलोकन फारममा संबंधित व्यक्तिले कारण देखाउन सक्नेछ र सचिवालयले सोही अनुसार निजको धरातलीय यथार्थको आधारमा केसको व्यवस्थापन गर्नेछ भनिएकोछ । अर्थात सामान्य प्रमाणद्वारा आबेदक हङकङ मै रहेको पुनरावलोकनले पुष्टि गरेमा इलेक्ट्रोनिक भौचर पाँच हजार उनले प्राप्त गर्नेछ्न।

उनले धेरैले हङकङ छोडने सपथ लिएर समय पुर्ब आफ्नो एमपिएफ (MPF ) निकास  गरि विदेशमा बसाई सरेर बसेको  पनि बताए। यदि त्यस्तो व्यक्तिहरूलाई पनि यो उपभोग भौचर प्रदान गरियो भने सरकारको ढुकुटीबाट सयौं मिलियन डलर भन्दा बढी खर्च हुने उनले जानकारी दिए।

कन्सुमर भौचर स्किम सचिवालय र एमपिएफए (MPFA) द्वारा प्रमाणित गरिएको जानकारी अनुसार  वैधानिक रूपमा हङकङ छोड्ने सपथ लिएका मध्ये करिब २ लाख ४० हजार व्यक्तिले भौचरको लागि नाम दर्ता गरेका  छन् । र जुलाई १६ तारीख साँझसम्ममा सचिवालयले विभिन्न स्रोतबाट पुनरावलोकनको लागि करिब ३० हजार आवेदन प्राप्त गरेको थियो ।
एमपिएफ स्किम प्राधिकरणको तथ्यांक अनुसार गत ३ वर्षमा ५० हजार भन्दा बढी व्यक्तिले एमपिएफ निकालेका छ्न।

हदम्याद अर्थात अवकाश प्राप्त उमेर ६५ वर्ष पुर्व नै एमपिएफ अर्थात सेवानिवृती कोष निकाली सकेका व्यक्तिहरु  हङकङ मै यथावत बसिरहेका छ्न वा छैनन जाँच्न  विभिन्न माध्यमहरु प्रयोग गरिनेछ चानले भने । हाल प्रचलित निजि गोपनियता सुरक्षा सम्बन्धि कानुन कडा भएका कारण जाँचबुझ गर्न कठिन भएको यथार्थ पनि उनले औंल्याए।

एमपिएफ अर्थात अवकाश कोष कतिपय व्यक्तिहरुले निकालेर हङकङ बाहिर बसाई सरेता पनि कतिपय वर्षौं अघि फेरि हङकङ फिरेर आएका छ्न र स्वाभाविक रुपले त्यस्ता व्यक्तिहरुले पनि भौचरका लागि नाम दर्ता गरेका छ्न। हो त्यस्ता व्यक्तिहरु जसले सरकारबाट एसएमएस प्राप्त गरेकाछ्न उनीहरुले यदि स्थायी रूपमा हङकङ छोडेका छैनन्  वा भविष्यमा हङकङ छोड्ने  मनसाय पनि नभएको निजले  ठानेमा, तिनीहरूले एसएमएसमा दिइएको निर्देशन पालना गर्दै  एसएमएस प्राप्त भएको १४  दिन भित्र लिखित निवेदन  पेश गर्न सक्नेछन भनेर सरकारी प्रवक्ताले जुलाई १२ तारीख जानकारी दिएका थिए । त्यसपछि सचिवालयले योग्यताको मापदण्ड पूरा भए नभएको अवस्थालाई प्रमाणको आधारमा पुनरावलोकन गर्नेछ सरकारी प्रवक्ताले भनेका थिए ।

केस पुनरावलोकन गर्न इच्छुकले यो स्किम  वेबसाइटबाट “एप्लिकेसन फर्म फर रिभ्यु ” भन्ने फारम डाउनलोड गर्न सक्छन् वा हट लाइन १८५००० मा फोन गरेर उक्त फारम मगाउन  सक्छन्। त्यसपछि त्यो फारम भरेर प्राप्त भएको एसएमएस सूचनाको प्रतिलिपि सहित अन्य सान्दर्भिक कागजातहरू निम्न माध्यमहरू मार्फत सचिवालयमा पठाउन सक्नेछन् ।

(१) पोष्टद्वारा पठाउने ठेगाना : “consumption voucher scheme secretariat ”  P.O. Box 185000, general post office , hongkong,
(2) फ्याक्स द्वारा (नम्बर 3106 0701);
(3) इमेल द्वारा ([email protected]);  वा
(४) आफै गएर बुझाउने हो भने यो ठेगानामा जाने : उपभोग भौचर स्किम सचिवालय – 17/F, pioneer centre , 750 nathan road , mongkok , kowloon.

.जुलाई २३ तारीख देखि रजिस्ट्रेन्टहरूले  कुनै पनि अस्थायी सेवा केन्द्रहरूमा फाराम बुझाउन सक्छन् जसको ठेगाना र कार्यलयको समय  वेबसाइटमा उपलब्ध छन्।

तपाईंले पुनरावलोकन फारम बुझाएपछि  सचिवालयले एसएमएसबाट फारम पाएको खबर पठाउदछ।  सामान्यतया सचिवालयले छ हप्ता भित्र आवेदकलाई पुनरावलोकनको नतिजा लिखित रूपमा सूचित गर्नेछ।

तपाईको प्रतिक्रिया